Skip to main content

Babai News

भारतसँग उचित समयमा बदला लिन्छौं- प्रधानमन्त्री शरीफ

Advertisement

काठमाडौँ । प्रधानमन्त्री शाहबाज शरीफले भारतसँग बदला लिने दाबी गरेको छन् । बुधबार पाकिस्तानको संसदमा बोल्दै प्रधानमन्त्री शरीफले भारतले कायरतापूर्ण आक्रमण गरेको बताउदै यसको उचित समयमा बदला लिने बताएका हुन् । उनले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको समेत दाबि गरेका छन् ।संसदमा प्रधानमन्त्री शरीफले ५ वटा भारतीय लडाकु विमान खसालेको, जसमा ३ वटा राफेल लडाकु विमान रहेको बताएका छन् । उनले भारतको कारबाहीका कारण पाकिस्तानले जित हासिल गरेको बताए । उनले पाकिस्तानका तीनै सेनाले धेरै दिनदेखि तयारी गरिरहेका थिए, जसका कारण उनीहरूले भारतीय विमानहरूलाई खसाल्न सफल भएको संसदमा बताए ।यसअघि, शाहबाज शरीफ राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को बैठकमा उपस्थित भएका थिए । यस बैठकमा भारतको आक्रमणलाई पाकिस्तानको सार्वभौमसत्ताको उल्लङ्घनको रूपमा लिइयो । बैठकमा सेना प्रमुख, आईएसआई प्रमुख र धेरै केन्द्रीय मन्त्रीहरू उपस्थित थिए । बैठकमा शरीफले यो कार्यबाट भारतले हामीलाई युद्धको लागि उक्साएको आरोप लगाएका थिए ।पाकिस्तानी अखबार डनको रिपोर्ट अनुसार राष्ट्रिय सुरक्षा परिषद्को बैठक समाप्त भएपछि, पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले आधिकारिक विज्ञप्ति जारी गर्दै हामीलाई समय, स्थान र हामीले रोजेको तरिकाले प्रतिक्रिया दिने अधिकार रहेको बताएका थिए ।उनले ८० वटा भारतीय जहाजले पाकिस्तानका ६ शहरहरूमा आक्रमण गरेको बताउदै यसमा पीओकेका दुई क्षेत्रहरू पनि समावेश रहेको बताए । भारतीय वायुसेनाले मंगलबार राति १:०५ बजे पाकिस्तान र पीओके अर्थात् पाकिस्तान प्रशासित कश्मीर भित्र हवाई आक्रमण गरेको थियो। यस आक्रमणमा ९ वटा आतंककारी लुकेका ठाउँहरूलाई निशाना बनाइएको छ। यसमा १०० भन्दा बढी आतंककारीहरू मारिएको बताइएको छ ।भारतले गरेको यो बदला लिने कारबाही पहलगाम आक्रमणको १५ दिनपछि गरिएको थियो र यसलाई ‘अपरेशन सिन्दूर’ नाम दिइएको थियो। यो नाम ती महिलाहरूलाई समर्पित गरको छ, जसका पतिहरू २२ अप्रिलमा पहलगाममा आतंककारीहरूले मारेका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...