Skip to main content

Babai News

टेस्ट क्रिकेटबाट रोहित शर्माको सन्यास घोषणा

Advertisement

काठमाडौँ । भारतीय कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । हाल मुम्बई इण्डियन्सबाट आइपिएल खेलिरहेका रोहितले तुरुन्तैदेखि लागु हुनेगरी टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।भारतले आगामी जुनमा इङल्याण्डमा टेस्ट सिरिज खेल्दैछ । सो सिरिजका लागि टिम छनौटको तयारी भइरहेका बेला रोहितले सन्यासको घोषणा गरेका हुन् । उनले एकदिवसीय क्रिकेट भने खेल्ने बताएका छन् । उनले गत बर्ष टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रियबाट पनि सन्यास लिइसकेका छन् ।सन्यासको घोषणा गर्दै रोहितले भनेका छन्- ‘म टेस्ट क्रिकेटबाट सन्यास लिइरहेको छु । मेरो देशको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि पूर्ण सम्मानको कुरा हो । वर्षौंदेखिको सबै माया र समर्थनको लागि धन्यवाद । म एकदिवसीय ढाँचामा भारतको प्रतिनिधित्व गरिरहनेछु ।’३८ बर्षिय रोहितले भरतका लागि ६७ टेस्ट खेलेका छन् । जसमा उनले १२ शतक र १८ अर्धशतकसँगै ४३०१ रन बनाएका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...