Babai News

विपी स्मृति अस्पताललाई फोहोरो व्यवस्थापन नगरेपछि महानगरको जरीवाना

Advertisement

काठमाडौँ । अस्पतालबाट उत्पादन भएको हानीकारक फोहर निर्मलीकरण नगरी  सामान्य फोहरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुञ्जेल फोहर राख्ने जस्ता लापर्वाही गरेपछि काठमाडौँ महानगरपालिकाले बसुन्धरामा रहेको वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

स्थानीयले महानगरपालिकाको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएकोले नियन्त्रण गर्न अनुरोध गरेका थिए । स्थानीयको गुनासोपछि महानगरको वातावारण विभागका वरिष्ट अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी वलका प्रतिनिधिसहित अनुगमन गरिएको थियो । अनुगमनमा फोहर व्यवस्थापनको अभ्यास हेर्ने क्रममा अस्पतालले फोहोर व्यवस्थापन नगरेको पाइएको थियो ।

यो अस्पतालमा अनुगमन गरिएको पहिलो पटक भने होइन । यसअघिका अनुगमनमा पनि मापदण्ड बुझाउँदै महानगरपालिकाले चाहेको वातावरणीय अवस्थाका विषयमा वुझाइएको थियो । यो अस्पताल मात्र होइन । दोहोर्याएर अनुगमन गर्दा हरेकजसो अस्पतालले पहिलो पटक टोली पुगेको जस्तो, आफू अनभित्र भएको जस्तो अभिव्यक्ति दिने गरेका छन् ।

अस्पतालको फोहर टोखाबाट सञ्चालित हिमालयन प्रा. लि. ले संकलन गर्ने गरेको छ । अनुगमनका क्रममा वरिष्ठ अधिकृत महर्जनले, महानगरपालिकाले हुन्छ नभनेसम्म फोहर संकलन नगर्न निर्देशन दिए । ऐनबमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानीकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सकिन्छ ।

यही कसुर दोहोर्याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ । फोहरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको संकलन कक्षसम्म सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु अस्पतालहरुले हानीकारक फोहर व्यवस्थापनमा गरेका लापर्वाही देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श...
विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धन...
नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जित...
सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्...