काठमाडौँ । कार दुर्घटनामा इन्डियन आइडल सिजन १२ का बिजेता गायक पवनदीप राजनको स्वास्थ्यमा सुधार भएको छ । उनका साथीले सामाजिक सञ्जालमा स्वास्थ्य अपडेट दिदै पवनदीप हाल आइसीयुबाट बाहिर आएको जानकारी दिएका हुन् ।मे ५ मा भएको कार दुर्घटनामा पवनदीपलाई धेरै गम्भीर चोटपटक लागेको र हात र खुट्टा भाँचिएको थियो । जसमध्ये केही फ्र्याक्चरको शल्यक्रिया गरिएको छ, जबकि बाँकी चोटपटकको उपचार आगामी केही दिनमा गरिने उल्लेख बताइएको थियो । रिपोर्टका अनुसार पवनदीप चढेको कार चम्पावतबाट दिल्ली आउँदैगर्दा उत्तरप्रदेशको अमरोहामा दुर्घटनामा परेको हो । राजमार्गमा रोकिएको क्यान्टरमा पछाडिबाट कार ठोक्किएको प्रहरीले बताएको रिपोर्टमा उल्लेख छ ।अहिले उनको नोयडास्थित फोर्टिस अस्पतालमा उपचार…
काठमाडौँ । प्रहरीले गत चैत्र १५ गते तीनकुनेमा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षक माथि आक्रमण र दुर्व्यवहार गर्ने तथा सरकारी गाडी तोडफोड, आजगनी गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गुल्मी, रुरुक्षेत्र गाउँपालिका ६ घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका १० मनमैजु बस्ने ३९ बर्षिय मन बहादुर कालामगर रहेका छन् । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ।का शीर्ष नेता तथा नेपाल–भारत प्रवुद्ध समूहका भारततर्फका तत्कालिन संयोजक भगतसिंह कोश्यारीले भेटवार्ता गरेका छन् ।नेपाल भ्रमणमा आएका कोश्यारीले आजदेखि उच्चस्तरीय राजनीतिक भेटवार्ता थालेका हुन् । उनी धार्मिक कार्यक्रमको लागि काठमाडौं आएको बताईएको छ ।नेपाल मामिलाका जानकार मानिने कोश्यारीले नेपाल बसाईको क्रममा केही उच्चस्तरको राजनीतिक भेटवार्तासमेत गर्ने बताइएको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता भएको हो ।भेटवार्तामा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल पनि उपस्थित थिए ।
पोखरा । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा हावाहुरीका कारण स्टयाण्डिङ्ग डबल प्याडल बोट पल्टिदा तालमा फसेका ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार गरेको छ ।बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण बोट तालको बिच भागमा पल्टिदा भारत घर बताउने २५ वर्षिय सोनु बर्मा, २२ वर्षिया नेहा शेखावत, २१ वर्षिय अरुण चौधरी, २४ वर्षिय पुनम चौधरी, २५ वर्षिय प्रविण दिक्षित, २४ वर्षिय श्याम प्रजापति र पोखराको गुरुङ्ग गाउँ बस्ने नेन्दबहादुर गुरुङ्ग फेवातालमा फसेका थिए ।सो लगत्तै उनीहरुको उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोरसहितको सुरक्षा फौज खटिएको हो ।…
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त ल्याब एकाइ स्थापना गरिएको छ । ल्याबको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरेको भन्दै प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । यस प्रयोगशालालाई पूर्ण क्षमताको केन्द्रीय प्रयोगशालाका रुपमा विकास गर्नु आवश्यक छ, उनले भने, यसमा हाम्रो सहयोगी भूमिका रहनेछ ।मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सहयोगी दाताहरुलाई प्रयोगशाला व्यवस्थित बनाउनका लागि सहकार्यका लागि समेत आग्रह गरे ।मन्त्री पौडेलले नेपालमा परीक्षण सम्भव नभएका क्यान्सरका जटिल परीक्षणका लागि प्रयोगशालामा गर्ने व्यवस्था मिलाएका…
काठमाडौँ । भारतले सबै ओटीटी प्लेटफर्महरू, मिडिया स्ट्रिमिङ प्लेटफर्महरूलाई पाकिस्तानमा बनेका कुनै पनि सामग्रीलाई तत्काल प्रभावबाट स्ट्रिम गर्न बन्द गर्न निर्देशन दिएको छ । भारतको सूचना तथा प्रसारण मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा बनेका वेब सिरिज, चलचित्र, गीत, पोडकास्ट वा कुनै पनि प्रकारको सामग्री बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयले स्ट्रिमिङ प्लेटफर्महरूलाई सबै प्रकारका पाकिस्तानी कन्टेन्ट बन्द गर्न निर्देशन दिएको छ । भारत र पाकिस्तानबीच जारी तनाव र भारतद्वारा सञ्चालित अपरेशन सिन्दूरको बीचमा भारत सरकारले यो निर्णय गरेको हो ।यस अघि भारतले बिभिन्न पाकिस्तानी सेलिब्रेटीका युट्युबसहित अन्य सामाजिक सञ्जाल एकाउन्ट बन्द गरेको थियो ।
काठमाडौँ । अमेरिकाले पाकिस्तानमा रहेका आफ्ना कर्मचारीहरूलाई 'सुरक्षित स्थानमा' सर्न निर्देशन दिएको छ ।पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरुलाई भारतको हवाई आक्रमणलाई ध्यानमा राख्दै कर्मचारीहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएको हो । दुताबासले भनेको छ- 'वाणिज्य दूतावासले पनि प्रारम्भिक रिपोर्टहरू प्राप्त गरेको छ, पाकिस्तानी अधिकारीहरूले लाहोरको मुख्य विमानस्थल नजिकैका क्षेत्रहरू खाली गर्न सक्ने भएकाले यी क्षेत्रहरूमा रहेका अमेरिकी नागरिकहरूले सम्भव भएसम्म त्यहाँबाट अन्य ठाउमा जान सल्लाह दिइन्छ । 'अमेरिकाले सुरक्षित स्थानहरूमा सर्न, अमेरिकी सरकारी सहायतामा निर्भर नभएकाहरू त्यहाँबाट बाहिरिने योजना बनाउन, यात्रा कागजातहरू तयार राख्न र पाकिस्तानी अधिकारीहरूसँग सहकार्य गर्न आग्रह गरेको छ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउ सम्बन्धमा सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा गृह मन्त्रालयको कार्यक्षेत्रसँग सुम्वन्धीत विषयमा उठेका विषयहरुको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले यस अघि अदालतबाट हुने गरेको पत्राचारलाई कार्यान्वयन गरेझै उक्त घटनामा पनि सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नरहेको व्यहोरा सदन समक्ष जानकारी गराउँदै भविष्यमा यसप्रकारका घटना नदोहोरिने तर्फ सबैलाई सजग र सचेत बनाएको बताए । उनले सर्वोच्च अदालतमा कार्यरत एक जना अधिकृतले सामान्य समझ र विवेक बाहिर गई गरेको अनधिकृत पत्र व्यवहारका कारण नागरिक…