नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) जिल्ला कमिटी बर्दियाले विभागीय जिम्मेवारी निर्धारण गर्दै संगठन विस्तार र सुदृढीकरणमा विशेष जोड दिएको छ ।
नेकपा एस जिल्ला कमिटी बर्दियाको पहिलो पदाधिकारी बैठकबाट पदाधिकारीहरूबीच विभागीय जिम्मेवारी निर्धारण गर्नुका साथै संगठन सुदृढीकरण र विस्तारमा विशेष जोड दिईएको हाे ।
बैठकले अध्यक्ष बखतबहादुर खड्कालाई पार्टी स्कुल विभाग, उपाध्यक्ष प्रताप कुमार गौतमलाई प्रचारप्रसार तथा जनकार्य विभाग, बमबहादुर रावललाई सामाजिक विभागको जिम्मेवारी दिएको छ ।
यसै गरी सचिव इन्द्रबहादुर रावल संगठन विभाग, उपसचिव अग्निप्रसाद अर्याल उद्योग, वाणिज्य, आपूर्ति तथा कृषि विभाग, दानबहादुर बुढा युवा, विद्यार्थी तथा खेलकुद विभाग र गंगा चालिसे महिला विभागमा जिम्मेवारी पाएका छन् ।
बैठकले साउन ३ गते बिहान १० बजे जिल्ला कमिटीको बैठक बस्ने निर्णय गर्दै, कमिटीले आठवटै स्थानीय कमिटीलाई साउन महिनाभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण पूरा गर्न निर्देशन दिएको कुरा उपाध्यक्ष गाैतमले बताउनुभयाे ।
उपाध्यक्ष गौतमले आफुलाई कमिटिले भूमि समस्या समाधान आयोगसँग समन्वय गरी भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको तथ्यांक संकलन गर्न जिम्मेवारी दिएको जानकारी गराउनुभयाे । उहाँले सरकारी सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र सेवाग्राहीप्रति उदासीनताको विषयमा पनि कमिटिले गम्भीर ध्यानाकर्षण गर्दै निर्णय गरेकाे छ, भन्नुभयाे ।





