नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) जिल्ला कमिटी बर्दियाले विभागीय जिम्मेवारी निर्धारण गर्दै संगठन विस्तार र सुदृढीकरणमा विशेष जोड दिएको छ । नेकपा एस जिल्ला कमिटी बर्दियाको पहिलो पदाधिकारी बैठकबाट पदाधिकारीहरूबीच विभागीय जिम्मेवारी निर्धारण गर्नुका साथै संगठन सुदृढीकरण र विस्तारमा विशेष जोड दिईएको हाे । बैठकले अध्यक्ष बखतबहादुर खड्कालाई पार्टी स्कुल विभाग, उपाध्यक्ष प्रताप कुमार गौतमलाई प्रचारप्रसार तथा जनकार्य विभाग, बमबहादुर रावललाई सामाजिक विभागको जिम्मेवारी दिएको छ । यसै गरी सचिव इन्द्रबहादुर रावल संगठन विभाग, उपसचिव अग्निप्रसाद अर्याल उद्योग, वाणिज्य, आपूर्ति तथा कृषि विभाग, दानबहादुर बुढा युवा, विद्यार्थी तथा खेलकुद विभाग र गंगा चालिसे महिला विभागमा जिम्मेवारी पाएका छन्…
राजेश कुर्मि नेपाली कांग्रेस बर्दियाको मधुवन नगर समिति सचिव लक्ष्मण पाण्डेका नाममा दुई वर्षअघि नै जिल्ला अदालत बर्दियाले पक्राउ पुर्जी जारी गरेको खुलेको छ । मधुवन नगरपालिका वडा नं. ३, विपतपुर निवासी ३१ वर्षीय पाण्डेमाथि सालको काठ चोरी गरेको अभियोगमा २०८० सालमा मुद्दा दर्ता भएकाे थियो । सिद्धा कुमारी शाहीको जाहेरीले नेपाल सरकारलाई वादी र पाण्डेलाई प्रतिवादी बनाइएको कुरा अदालतद्वारा जारी पक्राउ पुर्जीमा उल्लेख गरिएकाे छ । पक्राउ पुर्जीमा मुद्दा नं. ०८०-c२-०००३ का प्रतिवादी पाण्डेलाई अदालतले दिएकाे उपस्थिती म्याद सकिएपछि म्यादवाला व्यक्ति वा निजको एकाघरको उमेर पुगेका परिवारको सदस्य समेत घरमा फेला नपरेकोले दैलाेमा सबैले देखे गरि पक्राउ पुर्जी टाँस…