Skip to main content

Babai News

बर्दियामा जुवाको खालबाट नगद र तास सहित १० जना नियन्त्रणमा

Advertisement

बर्दिया–

बर्दियामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद र तास सहित १० जनालाई नियन्त्रणमा लिएको छ ।

बर्दियाको बाँसगढी वडा नं.३ शान्तिपुर स्थित खिम बहादुर महतको घरबाट प्रहरीले ५४ हजार ३ सय १५ रूपैयाँ र २ गड्डी तास सहित १० जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत रहेको इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटि गएका प्रहरी टोलीले गोप्य सूचनाका आधारमा राति १२ः१५ बजे छापा मार्दा निज महतको घरबाट नगद, तास र ५ थान मोबाइल फोन बरामद गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर डमरपाल जानकारी दिनुभयो ।

उहाँले पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालय बर्दियाबाट ७ (सात) दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मोतिपुरमा राखी थप अनुसन्धान गरिरहेको बताउनुभयो ।

डिएसपी डमरपालका अनुसार पक्राउ पर्नेहरूमा बाँसगढी न.पा. ३ शान्तिपुरका १८ वर्षीय सौगात खड्का, वर्ष २८ का अनुप खड्का, वर्ष ३३ का लोक बहादुर खड्का, वर्ष ६० को खिम बहादुर महत, वर्ष ३९ को भुपेन्द्र डाँगी, वर्ष ५१ को रामु खड्का, वर्ष ३० को वियज कुमार खड्का, वर्ष २५ धिरज कुमार खत्री, लखनाका वर्ष ४१ राम शरण थारू र गौरीका वर्ष ३१ को साजित गुजर रहेका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...