Babai News

Day: २०८२ भाद्र ४, बुधबार

बर्दियामा जुवाको खालबाट नगद र तास सहित १० जना नियन्त्रणमा

बर्दियामा जुवाको खालबाट नगद र तास सहित १० जना नियन्त्रणमा

बर्दिया– बर्दियामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद र तास सहित १० जनालाई नियन्त्रणमा लिएको छ । बर्दियाको बाँसगढी वडा नं.३ शान्तिपुर स्थित खिम बहादुर महतको घरबाट प्रहरीले ५४ हजार ३ सय १५ रूपैयाँ र २ गड्डी तास सहित १० जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत रहेको इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटि गएका प्रहरी टोलीले गोप्य सूचनाका आधारमा राति १२ः१५ बजे छापा मार्दा निज महतको घरबाट नगद, तास र ५ थान मोबाइल फोन बरामद गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर डमरपाल जानकारी दिनुभयो । उहाँले पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालय बर्दियाबाट ७ (सात) दिनको म्याद…
Read More