Skip to main content

Babai News

आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

Advertisement

डम्बर चौलागाइ , दोलखा २५ जेठ । आर्थिक लेनदेनका कारण भीमेश्वर नगरपालिका–१ क्षमावतीमा एक बृद्धको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ ।

भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्मा बाट एक बर्ष अघि दुई लाख ऋण ऋण लिएकाे र मारेपछि तिर्नै नपर्ने भनी छिमेकी ५२ बर्षिय गणेश घिमिरेले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले हत्या आरोपीलाई सार्वजनिक गर्दै बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका घिमिरे लाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाेलखाको हत्यारा पत्ता लगाउने ईतिहासमा हत्याएको सबै भन्दा छिटो समयमा बर्तमान नेतृत्वले हत्या आरोपीलाई पक्राउ गरि सार्वजनिक गरेकाे नागरिक समाज दाेलखाले जनाएको छ।

घिमिरेले एक बर्ष अघि बिकवाट ऋण स्वरुप २ लाख रुपैयाँ लिएको र उक्त ऋणवाट मुक्त हुने नियतले बृद्धको हत्या गरिएको प्रारम्भिक अनुषन्धानवाट खुलेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिनु भएकाेछ ।
क्षमावती घर भई काठमाडौंको हाँडिगाउँ बस्दै आएका घिमिरे दिवालीलागि गाउँ आएका बेला बृद्धको हत्या गरेका हुन् घिमिरेले भन्नुभयो “जेठ १७ गते बिकलाई हत्या गरी घरपरिवारमा कसैलाइ नभनी काठमाडौं फर्किएका र उनले जेठ १७ गते विहान आफ्नो घरवाट हथौडा लिएर गई पछाडिवाट टाउकोमा प्रहार गरी हत्या गरेका हुन।”शवलाई मकैबारीभित्र ढुँगाले थिचेर राखी फरार भएको प्रहरी नायव उपरीक्षक खड्काले दावि गर्नुभयो ।

श्रीमती बिरामी भएर उपचारकालागि काठमाडौं गएको र छोराछोरी समेत काठमाडौंमै भएकाे अबस्थामा एक्लै बस्दै आएका बिकलाई घिमिरेले फलामे हम्मरले हानी ढुङ्गाले थिचेर हत्या गरेकाे प्रहरी अनुसन्धान देखिएकाे प्रनाउ खड्काले बताउनुभयो ।

जेठ १९ गते स्थानीयले बिकको घरको ढोका ३ दिनदेखि नखुलेको र चौपाया समेत कराइरहेको प्रहरीलाई खवर गरेका थिए । त्यसको भोलिपल्ट बिकको शव घर नजिकैको मकैवारीमा ढुँगाले थिचिएको र सडेगलेको अवस्थामा फेला परेको थियो ।

प्रहरी हिरासतमा रहेका घिमिरेलाई कर्तव्य ज्यान सम्वन्धी मुद्धामा दोलखा जिल्ला अदालतवाट ५ दिन म्याद थप गरी अनुषन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिनुभयो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...