काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
डम्बर चौलागाइ , दोलखा २५ जेठ । आर्थिक लेनदेनका कारण भीमेश्वर नगरपालिका–१ क्षमावतीमा एक बृद्धको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ । भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्मा बाट एक बर्ष अघि दुई लाख ऋण ऋण लिएकाे र मारेपछि तिर्नै नपर्ने भनी छिमेकी ५२ बर्षिय गणेश घिमिरेले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले हत्या आरोपीलाई सार्वजनिक गर्दै बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका घिमिरे लाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाेलखाको हत्यारा पत्ता लगाउने…
छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दैछन्। । भर्खरै सम्पन्न १८ औँ लोकसभा निर्वाचनमा बहुमत ल्याएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् । कार्यवाहक प्रधानमन्त्रीका रुपमा रहेका मोदीले आइतबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिँदै छन् । आफ्नो शपथ ग्रहण समारोहमा उनले नेपालसहित छिमेकी देशका सरकार प्रमुखलाई आमन्त्रण गरिसकेका छन् । विभिन्न राष्ट्रका प्रमुखलाई बुधबार फोनमार्फत आमन्त्रण गर्दा शनिबारका लागि शपथ ग्रहण समारोह आयोजना गरिने भनिएको थियो । तर, शुभ मुहुर्त जुराउने क्रममा आइतबार उचित समय निस्किएपछि मोदीले एक दिनपछि शपथ लिने…