बिर्तामोड, ८ फागुन : बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिनेछ । नगरका ४ वटा स्थानमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १मा फागुन ११ गते, वडा नम्बर १० मा फागुन १२ गते, वडा नम्बर ९ मा फागुन १३ गते र बिर्तामोड नगरअस्पतालमा १५…
बिर्तामोड, ५ फागुन : झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई ३-० गोलअन्तरले पराजित गर्दै कनकाई अन्तरपालिका महिला फुटबलको च्याम्पियन बनेको हो । कनकाईको जितमा सिम्रन राई र पूर्णिमा राईले गोल गरेकी हुन् । पहिलो हाफको ७ मिनेटमै कनकाईकी सिम्रन राईले गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप दुई गोल भएको थियो । खेलको ५३औँ मिनेटमा कनकाईकी पूर्णिमा राईले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् । यसैगरी, सिम्रन राईले ६०औँ मिनेटमा व्यक्तिगत दुई गोल…
मेचीनगर । बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ मा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले आफ्नो विद्यालयमा सिसि क्यामारा जडान गरिदिएका छन् । २०२६ सालमा स्थापना भएको यो विद्यालयमा २०८० सम्म अध्ययन गरेका पूर्व विद्यार्थीहरुले उक्त सिसि क्यामारा जडान गरिदिएका हुन् । सुरक्षित समाजका लागि सिसि क्यामारा जडान अभियान नै सन्चालन गरेर २ लाख २९ हजार मुल्य बराबरको १४ वटा क्यामारा जडान गरेका हुन् । यस विद्यालयमा अध्ययन गरि अहिले बैदेशिक रोजगारीका शिलशिलामा विभिन्न देशमा रहेका पूर्व विद्यार्थीहरुले उक्त रकम संकलन गरेका थिए । यसै विद्यालयमा रहेको पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्पण बलम्पाकी मगरको नेतृत्वमा उक्त अभियान सन्चालन गरिएको थियो । आइतवार…
झापा । प्रत्येक वर्ष फेब्रुअरी १४ तारिखका दिन विश्वभर प्रणय दिवस (Valentine’s Day) उत्साहका साथ मनाइन्छ। नेपालमा पनि पछिल्ला वर्षहरूमा युवापुस्तामाझ यो दिवसको लोकप्रियता बढ्दै गएको छ। प्रणय दिवस प्रेम, आत्मीयता र विश्वासको प्रतीकका रूपमा लिइन्छ। यस दिन विशेषगरी प्रेमी-प्रेमिकाहरूले एकअर्कालाई उपहार, फूल र चकलेट आदानप्रदान गर्दै आफ्नो सम्बन्धलाई थप मजबुत बनाउने गर्छन्। प्रणय दिवसको सुरुवातको इतिहास रोमन साम्राज्यतर्फ फर्किन्छ। सन् २६९ तिर रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिक युवाहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए। तर, सन्त भ्यालेन्टाइन (Saint Valentine) नामक एक इसाई पादरीले भने अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्यता राख्थे । यी दुवैजनाको…
झापा माघ २९ ।। पाथीभरमा केबलका निर्माणको विरोधमा उत्रिएको समूह र सरकार बीचको वार्तामा सहमति नजुटेपछि आन्दोलनरत समूहले पुन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। यही शनिबार र आइतबारको वार्ताले कुनै निष्कर्ष निकाल्न नसकेपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएको समूहले ललितपुरबाट फेरि आन्दोलन घोषणा गरेको हो । केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भो आवद्ध ११ वटा संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् । सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले माघ २९ गतेदेखि अर्को चरणको आन्दोलन घोषणा गरेका हुन् । उनीहरूले माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आईएमई बैंकसहित चन्द्र ढकाल नेतृ्त्वको…
बिर्तामोड माघ २० ।। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्विरोध निर्वाचित भएका छन् । यसअघि नेपाल पत्रकार महासंघ झापाका सहसचिव भइसकेका राजवंशी लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् । फोनिजको उपाध्यक्षमा तिलक योञ्जन तामाङ सचिवमा सन्तोष वेघा, सहसचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरूङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेश आले मगर, सुजन राई, शौरभ मुखिया, रविकिरण वान्तवा राई, विष्णु कुल श्रेष्ठ, मिना नेम्वाङ जिके सेमा, सुमन वेघा चयन भएका छन् । अधिवेशनको बन्दसत्रले संघीय महाधिवेशन प्रतिनिधिमा दिपीन राई, भूमिका फियाक, रमेश राई, गणेशमान मुखिया, विशाल नेम्वाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ दिलकुमार लावती र…
बिर्तामोड माघ २० ।। झापामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको हो । सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बाँस्तोलालाई घटना लगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बिर्तामोड माघ १८ ।। जिल्ला प्रशासन कार्यालय झापाले चौतर्फी विरोध भएपछि झापामा हाउजी बिङ्गो तम्बोला खेल खेलाउन प्रतिबन्ध लगाएको छ । जुवाजन्य खेलकै रुपमा पैसा कमाउन हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि कार्यालयले अबदेखि खेलाउन नदिने भएको हो । माघ ८ गतेदेखि बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हाउजी खेलाउन लाग्दा प्रहरी प्रशासनले रोक लगाएको हो । महोत्सवको दोस्रो दिन हाउजीका लागि माइकिङ गरेदेखि नै विरोध सुरु भएको थियो । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले तेस्रो दिन हाउजी खेलाएकोमा त्यसपछि प्रहरी प्रशासनले खेलाउन प्रतिबन्ध लगाएको हो । त्यसैगरी, आगामी फागुन ७ देखि १७ गतेसम्म बिर्तामोड १० सैनिकबजारमा आयोजना गर्नेगरी…
झापा माघ १६ ।। ताप्लेजुङबाट पाथिभरासम्म केवलकार निर्माणको विषयमा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले आह्वान गरेको बन्दका कारण आज पनि मेची राजमार्गमा यातायातका संचालन हुन सकेका छैनन् । झापाबाट मेची राजमार्ग हुँदै इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधनहरु पूर्ण रुपमा ठप्प रहेका छन् । त्यस्तै इलाम,पाँचथर र ताप्लेजुङमा पनि यातायातका साधनहरु चल्न सकेका छैनन् । तर, बजार पसल, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरु भने खुला रहेका छन् । माघ १२ गते ताप्लेजुङको फुङलिङ –११ स्थित बलुडाँडामा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले हिजोदेखि…
भारतको प्रयागराजको महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। उक्त घटनामा कयौं घाइते भएका छन् ।उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडमा अझै कयौँ व्यक्ति हताहत भएको आशंका गरिएको छ । मौनी अमावस्यामा अमृत स्नान गर्न संगम किनारामा मंगलबार रातिदेखि भक्तजनको भीड लागेको थियो । सोही भीडका कारण भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु र केही घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । भागदौडमा मृत्यु हुने र घाइते हुनेको आधिकारिक जानकारी भने प्राप्त भएको छैन। भागदौडपछि अमृत स्नान कार्यक्रम स्थगित गरिएको छ । १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको…