Babai News

समाज

बिर्तामोड ३ स्थित लिङ्कन मोन्टेश्वरीमा सरस्वती पूजाको अवसरमा निःशुल्क भर्ना

बिर्तामोड ३ स्थित लिङ्कन मोन्टेश्वरीमा सरस्वती पूजाको अवसरमा निःशुल्क भर्ना

  बिर्तामोड माघ १६ ।। बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड ३ स्थित लिङ्कन मोन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना अभियान संचालन गर्ने भएको छ । माघ २१ गते सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानीबाबुहरुलाई निःशुल्क भर्ना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । उनले त्यस अवसरमा आफ्ना नानीबाबुहरुलाई अक्षराम्भ गराउँदै निःशुल्क भर्नाको मौका लिन अभिभावकहरुलाई आग्रह गरेका छन् । यो सुविधा माघको तेस्रो हप्तादेखि चैतको पहिलो हप्तासम्म रहने विद्यालयले जनाएको छ । त्यस मोन्टेश्वरीमा पीजीदेखि युकेजीसम्म पढाइ हुने गरेको छ । सुसंस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा गीत, नृत्य, चित्रकला लगायतका…
Read More
डिकमान विरही  स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार  सुब्बालाई

डिकमान विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार सुब्बालाई

बिर्तामोड  माघ १६ ।। डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ बाट झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई परस्कृत गरिने भएको छ । अग्रज पत्रकार स्व. डिकमान विरही सुनुवारको स्मृतिमा फोनिजले प्रदान गर्दै आएको पुरस्कार यो पटक सुब्बालाई प्रदान गर्ने निर्णय भएको फोनिज झापाकी अध्यक्ष भुमिका सुब्बा फियाकले जानकारी दिनुभयो । झापाको दमकलाई कर्मथलो बनाई विगत अढाई दशक लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहनु भएका राष्ट्रिय समाचार समिति (रासस) सम्वाददाताका रूपमा कार्यरत सुब्बालाई पुरस्कार छनोट समितिको सिफारीसमा निर्णय गरिएको अध्यक्ष फियाकले बताउनुभयो । पूर्वअध्यक्ष गणेशमान मुखीयाको संयोजकत्वमा रहेको फोनिज झापाको ५ सदसीय पुरस्कार छनोट समितिले सुब्बाको नाम सिफारिस गरेको हो…
Read More
बर्खा स्मृति अन्तरपालिका क्रीकेट : गौरादह र कचनकवल क्वाटर फाइनलमा

बर्खा स्मृति अन्तरपालिका क्रीकेट : गौरादह र कचनकवल क्वाटर फाइनलमा

बुद्धशान्ति , माघ १४ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगितामा गौरादह र कचनकवल गाउँपालिका क्वाटर फाइनलमा प्रबेश गरेका छन् । आज भएको पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्दै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको गौरादहले बुद्धशान्तिलाई  २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा बुद्धशान्तिले ८ विकेटको क्ष्यतिमा १७८ रन बनायो । गौरादहलाई जितका लागि सुरज न्यौपाने ५४,अर्जुन यादब ५० रन बनाएका थिए भने बुद्धशान्तिका लागि  आदि हाङ फागोले ४०, कप्तान अर्पण कार्किले ३४ र पारस निरौलाले ३२…
Read More
बाहुणडाँगी जेसीजद्वारा आयोजित “प्रि इन्डक्सन र लोम अफिसर” तालिम सम्पन्न

बाहुणडाँगी जेसीजद्वारा आयोजित “प्रि इन्डक्सन र लोम अफिसर” तालिम सम्पन्न

  मेचीनगर। बाहुण्डाँगी जेसीज बर्ष २०२५ ले आफ्नो दोस्रो कार्यक्रमका रुपमा आफ्ना कार्यसमिति सदस्य तथा पुर्व अध्यक्षहरुलाई समेत संलग्न गराउँदै “pree- induction & lom officer ” तालिम सम्पन्न गरेको छ। आज शनिबार बाहुणडाँगी स्थित भिरपाखा रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो । जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जेसी सामुल रायाले गरेका थिए । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रोफेसर हेमराज कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमका प्रशिक्षक चारआली जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी उत्तम पकुवाल रहेका थिए। तालिमले व्यक्तित्व विकासमा टेवा पुर्‍याउने र नयाँ सीप र ज्ञान बढाएको सहभागीहरुले बताएका छन्। जेसीजका नयाँ सदस्यहरुले…
Read More
झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट आजबाट : उद्घाटन खेलमा भद्रपुर र दमक भिड्दै ।

झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट आजबाट : उद्घाटन खेलमा भद्रपुर र दमक भिड्दै ।

  बुद्धशान्ति, ११ माघ । दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिका खेल्दै छन् । त्यसैगरी भोलि बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ भने सोही दिन कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्नेछ । त्यस्तै, माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् । माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ । खेल बुद्धशान्ति-३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुनेछ भने प्रतियोगितामा झापाका १५ वटै पालिका सहभागी रहेको बर्खा प्रतिष्ठानका…
Read More
बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण सम्पन्न, पाँच दिवसीय अनुष्ठान हुने

बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण सम्पन्न, पाँच दिवसीय अनुष्ठान हुने

 बिर्तामोड ।।  झापाको बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण भएको छ । बिर्तामोड – ५ स्थित अग्रसेन भवन  नजिकै स्थानीय दाता परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको अढाई करोड रुपैयाँको लागतमा  गायत्री माताको मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्न भए संगै  बिर्तामोड नगरपालिकामा नै पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको पत्रकार भेटघाटको क्रममा बताइयो।  आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने  कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिनुभयो । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलको भनाई छ । प्राण प्रतिष्ठानको पूर्वसन्ध्यामा…
Read More
ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण

ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण

  झापा बुद्धशान्ति गाउँपालिका–७ का ८० बर्ष माथिका ५५ जना ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । जाडोको समयमा ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा कुनै समस्या नहोस् भन्ने उद्धेश्यले कम्बल बितरण गरिएको हो । जसमा ८० बर्ष मुनिका केही विपन्न, एकल र दलित परिवारका ज्येष्ठ नागरिक पनि रहेका छन । बुद्धशान्ति–७ वडा कार्यालयले आर्थिक बर्ष २०८१/०८२ का लागि बिनियोजित बजेट ५० हजार रुपैंयाबाट कम्बल खरिद गरि सोमबार एक कार्यक्रमको आयोजना गरि बितरण गरिएको हो । वडाध्यक्ष चन्द्र भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य खगेन्द्र गड्तौला, डिकुरा घिमिरे, शष्ट कुमार रार्इ, राष्ट्रिय बिजय माबि।का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन लावती, पूर्व…
Read More
अन्तरपालिका पुरुष क्रिकेट प्रतियोगिताका लागि बुद्धशान्ति गाउँपालिकाको खेलाडी छनोट

अन्तरपालिका पुरुष क्रिकेट प्रतियोगिताका लागि बुद्धशान्ति गाउँपालिकाको खेलाडी छनोट

  झापाको बुद्धशान्तिमा यहि माघ ११ गते देखि हुन लागेको दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका पुरुष क्रिकेट प्रतियोगिताका लागि बुद्धशान्ति गाउँपालिकाको खेलाडी छनोट गरिएको छ । आज खेल मैदान स्थलमा भएको छनोट खेलमा १५ जना खेलाडी छानिएको खेलकुद बिकास समिती बुद्धशान्तिका संयोजक पर्शुराम चेम्जोङले जानकारी दिएका छन् । अर्पण कार्किको कप्तानिमा पारस निरौला (उपकप्तान) , मन्जिल पौडेल , आदिहाङ फागो, प्रकाश खनाल,पर्शुराम पौडेल , प्रबिन कोइराला , रिजन आङ्देम्बे, टेकेन्द्र कार्की, पंकज तिम्सिना , सचिन लिम्बू, रिकेस आङदम्बे, आगल्स अधिकारि, असिम रिजाल, कौशल ढकाल छानिएको मुख्य प्रशिक्षक गोकुल पौडेलले जानकारी दिए । त्यसैगरी वैकल्पिकमा साजन गदाईली, प्रीन्स गुप्ता र आदर्श…
Read More
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु

  सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु भएको छ। उक्त सडकखण्डको ८ किलोनजिकै मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको जलेर ज्यान गएको प्रहरीले जनाएको छ। दोलखाबाट काठमाडौं जाँदै गरेको ०३-००२ ख ०५३४ नम्बरको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करपछि मोटरसाइकलमा लागेको आगो सल्किँदा सिन्धुपाल्चोककै लिसंखुपाखर-७ डाँडापाखर निवासी युवक दावाछिरिङ तामाङको जलेर निधन भएको हो । ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको थियो । मोटरसाइकलको पेट्रोलबाट आगोले एकै पटक विशाल रुप लिँदा तामाङ घटनास्थलमै जल्न पुगे । स्थानीयले पानी खन्याएर…
Read More
बीमा रकमको लागि प्रेमीसँग मिलेर श्रीमानको हत्या

बीमा रकमको लागि प्रेमीसँग मिलेर श्रीमानको हत्या

  झापा माघ ३ ।। कञ्चनपुरमा एक महिलाले बिमाको रकमका लागि भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अनुसन्धानबाट खुलेकाे छ । गत १३ मंसिरमा कञ्चनपुरकाे बेलौरी नगरपालिका- ६ भूराकोटका ४९ वर्षीय सियाराम राना आफ्नै घरमा मृत भेटिएका थिए । रानाको मृत्यु नभएर हत्या गरिएको आशंकापछि प्रहरीले मंसिर १४ गते उनकी श्रीमती जनककुमारी रानालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सो क्रममा जनककुमारीले सियारामको बिमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रुपमा हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । रानाको हत्यामा भारतीय नागरिकको संलग्नता देखिएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर…
Read More