बिर्तामोड पुस १४ । इलाममा ब्लेडले आफ्नै घाँटी रेटेर एकजना महिलाले आत्महत्या गरेकी छन् । इलाम माई नगरपालिका वडा नं २ डाँडागाउँ बस्ने शेरबहादुर लिम्बूकी श्रीमती अन्दाजी ४६ वर्षीया गोमा लिम्बूले आज बिहान ११ बजे ब्लेडले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी हुन् । ब्लेडले घाँटी रेटेर घाइते अवस्थामा रहेकी उनलाई उपचारको लागि अस्पताल पठाउने तयारी गर्दैगर्दा घरमा नै उनको मृत्यु भएको स्थानियले जनाएका छन । उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन । उनी जण्डिसको बिरामी थिइन । दिउँसो ३ः५० बजे प्रहरी चौकी दानाबारीमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी…
स्वास्थ्य चर्चा ।। जब तपाईँको सुत्ने बानी खराब हुन्छ, यसले हृदयाघात वा हृदयसँग सम्बन्धित रोगहरूको जोखिम बढाउने एक अध्ययनले पत्ता लगाएको छ । खराब सुत्ने बानीको अर्थ बारम्बार निद्रामा अवरोध वा अनिद्रा वा कम निद्रा हो। अध्ययनका अनुसार खराब सुत्ने बानीले मुटुलाई मात्र हानि गर्दैन यसले मधुमेह पनि बढाउँछ । यसको मतलब यसले सम्पूर्ण शरीरलाई असर गर्छ। बारम्बार निद्रामा गडबड हुनु स्वास्थ्यको लागि कुनै पनि हिसाबले राम्रो होइन। त्यसैले निद्राको ढाँचा सुधार गर्न धेरै महत्त्वपूर्ण छ। डाक्टरहरूका अनुसार अनियमित सुत्ने बानी र कम निद्रा वा गुणस्तरहीन निद्राले मुटुको रोग बढाउन सक्छ। अर्थात् यदि तपाईँ विभिन्न समयमा लगातार सुत्नुहुन्छ, बारम्बार…
बिर्तामोड, १९ मंसिर :बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा'एक घर एक बत्ती अभियान' सुरुवात भएको छ । जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँडडुल गर्न सहज होस् भन्ने उदेश्यले 'एक घर एक बत्ती अभियान' सुरु गरीएको हो । यस वडामा २४ वटा टोल रहेका छन् । यी मध्ये हालसम्म हात्तीबाट बढी प्रभावित रहेका बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, स्रिजंघा, फक्तालुङ लगायतका टोलमा १५० भन्दा बढी सडक बत्ती जडान गरीएको वडाअध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिनुभयो । उहाँले यो अभियानलाई प्राथमिकताको साथ अघि बढाईने बताउनु भयो । अहिले बत्ती जडान कार्य धमाधम भईरहेको र सबै ठाउँमा आवश्यकता अनुसार…
बिर्तामोड मंसिर १८ ।। ३० औं अन्तरास्ट्रिय अपाङ्गता दिवस तथा विद्यालयका संस्थापक हरि प्रसाईंको स्मृति दिवसको अवसरमा न्युटन्स् बाल क्लबले अपाङ्गता भएका दुई शिक्षकलाई सम्मान गरेको छ । बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेसन एकेडेमीमा रहेको बाल क्लबले समावेशी तथा दिगो भविष्यको आधार, अपाङ्ग भएका व्यक्तिहरुको प्रवल नेतृत्वको आधार भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा दुर्गा माध्यमिक विद्यालयका शिक्षकद्वय पदम अधिकारी र चन्द्र भट्टराईलाई दोसल्ला, टोपी र मायाको चिनोले सम्मान गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले जानकारी दिनुभयो। बाल क्लबका अध्यक्ष अन्स न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालयका डाईरेक्टर आशिष प्रसाईं रहेका थिए । उक्त अवसरमा बालबालिका तथा शिक्षा संचार…
बिर्तामोड, १५ मंसिर ।। बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका ७ वटा योजनाको काम धमाधम भइरहेको छ । शहरी विकास मन्त्रालयबाट बिर्तामोडमा महिला मेयर भएकै कारण आएको १३ करोड रुपैयाँ बजेटबाट ६ वटा सडकको स्तरोन्नति र एउटा भवन निर्माणको काम भईरहेको हो । योजनाहरु वडा नम्बर १,२,३,६ र ८ मा सञ्चालनमा छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा प्लम निर्माण भईसकेको छ । उक्त सडकमा अहिले बिजुलीका पोल व्यवस्थापन गर्ने काम भईरहेको छ । यस्तै वडा नम्बर १ कै अतिथि सदन रोडमा आगामी हप्तादेखि काम सुरु हुने जनाईएको छ…
बिर्तामोड मङ्सिर १५।। सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजदेखि झापासहित पूर्वका तीन जिल्लामा टाइमकार्ड लागु हुने भएको छ । तीव्र गतिका कारण झापामा दुर्घटना अत्यधिक भइरहेको छ । ट्राफिक प्रहरीले दुर्घटना कम गर्नेभन्दा राजश्व असुलीमा मात्रै ध्यान दिइरहेको बेला नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा बसहरुको समयसीमा निर्धारण गर्न लागिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अगुवाइमा सुर हुन लागेको टाइमकार्डको शुभारम्भ आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले काँकडभिट्टामा गर्दैछन् । मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरी जिल्लामा टाइमकार्ड लागु गर्न खोजिएको हो । मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई टाइमकार्ड…
बिर्तामोड मंसिर १२ ।। झापाको शिवसताक्षीस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज बिहान ०५ः०० बजे शिवसताक्षी-१ कमल पुलमा पिकअप र मोटरसाइकल आपसमा जुध्दा शिवसताक्षीका ललितबहादुर थापाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी-८ का ३८ वर्षीय थापाको उपचारको क्रममा बिएन्डसी अस्पताल बितामोडमा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट जाँदै गरेको मे. ६ प २५१४ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए । बोलेरोको ठक्करबाट थापा गम्भीर घाइते भएका थिए । उनको अहिले बिहान ०६ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी…
बिर्तामोड, ११ मंसिर ,।। बिर्तामोड नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार कार्यक्रम गरेको छ । नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको अभियान अन्तर्गत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा बिर्तामोडमा कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले मर्यादित समाज निर्माणको लागि कोहि कसैले अर्कोमाथि हिंसा गर्न नहुने धारणा राख्नु भयो । उहाँले लैङ्गिक विभेद सामाजिक अपराध रहेकोले सबै सचेत हुनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश बिष्ट, मेची महाकाली बुहारी संयुक्त आवाज…
बिर्तामोड, १० मंसिर ।। बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारी स्थित सरस्वती माध्यमिक विद्यालयमा 'लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवन विरुद्द सचेतनामुलक कार्यक्रम' सम्पन्न भएको छ । निर्माणधिन बुट्टाबारी- प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा सडकमा काम गर्ने प्राविधिक, मजदुर, शिक्षक र विद्यार्थीको सहभागितामा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले लागुऔषधमा लागेर समाजमा धेरै युवाहरुले आफ्नो जीवन बर्बाद बनाएको बताउनु भयो । उहाँले लागुऔषध, मादकपदार्थ तथा सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै जागरुक हुनु पर्ने बताउनु भयो । यस्तै नगर उप प्रमुख नगेन्द्र प्रसाद…
बिर्तामोड, ६ मंसिर ।। बिर्तामोडमा सामुदायिक कुकर बन्ध्याकरण शिविर सुरु भएको छ । नगरपालिकाको आयोजनामा २ दिने शिविर आजदेखि पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय वडा नम्बर ४ मा सुरु भएको हो । एक संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडाबाट सामुदायिक कुकुर संकलन गरेर बन्ध्याकरण गर्न निर्देशन दिनु भयो । छाडा कुकुरकाकारण विभिन्न प्रकारका दुर्घटना, रेबिज, अन्नबालीमासमेत क्षति हुनेगरेकोले यसको नियन्त्रणका लागि यो शिविर महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले यस कार्यमा सबै जनप्रतिनिधि तथा स्थानीय टोलविकास संस्थाहरुले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो । यस पटक २ सय वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरीने…