Babai News

अर्थ

विद्युत प्राधिकरणको आर्थिक अवस्थाको जानकारी गराउन माओवादी केन्द्रको माग

विद्युत प्राधिकरणको आर्थिक अवस्थाको जानकारी गराउन माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउनको लागि माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको विवरणले आम जनतामा अन्यौल सिर्जना भएको भन्दै समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ् होस् भनि सभामुख समक्ष माग गरेका हुन् । उनले भने, ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडिया मार्फत जानकारी गराउनु भएका विद्युत प्राधिकरणका आम्दानी र खर्चका विवरणले आम जनतामा र सबैमा अन्यौल सिर्जना गरेको छ त्यसैले…
Read More
राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन पेश

राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन पेश

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाउनु भएको हो ।कायम मुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन् । अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने बताए ।  
Read More
कोशी प्रदेश सभाको बजेट अधिवेशन जेठ ४ गतेदेखि

कोशी प्रदेश सभाको बजेट अधिवेशन जेठ ४ गतेदेखि

विराटनगर । कोशी प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ४ गतेदेखि शुरु हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद बैठकले जेठ ४ गतेदेखिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।कोशी प्रदेश सभाको अघिल्लो अधिवेशन गत चैत्र ७ गतेदेखि अन्त्य भएको थियो ।
Read More
सरकारको नीति तथा कार्यक्रममाथि छलफल यथावत्ः बैठक आज पनि बस्दै

सरकारको नीति तथा कार्यक्रममाथि छलफल यथावत्ः बैठक आज पनि बस्दै

काठमाडौँ । संघीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न १२: १५ बजे बस्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को  वार्षिक नीति तथा कार्यक्रममाथि ती दुवै सदनमा छलफल जारी छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ आफ्नो भनाइ राख्ने कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त  बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । सोमबारको प्रतिनिधि सभाको बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल…
Read More
प्रचण्ड र अर्थमन्त्रीबीच खुमलटारमा भेटवार्ता

प्रचण्ड र अर्थमन्त्रीबीच खुमलटारमा भेटवार्ता

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणलाई लिएर अर्थमन्त्री विष्णु पौडेल सक्रिय परामर्शमा जुटेका छन् । मंगलबार बिहान उनले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारस्थित निवासमा भेटवार्ता गरेका छन् । बजेटले समेट्ने प्राथमिकता, समावेशी विकास, राजस्व संरचना, सामाजिक सुरक्षा, कृषि, रोजगारी र संघीयताको प्रभावकारी कार्यान्वयन जस्ता विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।
Read More
रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

बाँके । कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको छ । सबस्टेसन निर्माण सम्पन्न भएपछि रास्कोटसहित छिमेकी पालिका र बाजुरा जिल्लासम्म गुणस्तरीय विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरणका प्राविधिक रमेश शाहीले बताए।‘प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुने छैन’ शाहीले भने, ‘कालीकोटको रास्कोटमा मात्र नभएर बाजुराको पूर्वी क्षेत्रमा पनि विद्युत् पहुँच विस्तार हुनेछ ।’ रास्कोटमा हाल ११ केभिए प्रसारण लाइन छ । उक्त प्रसार लाइनका कारण गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभिए…
Read More
एकजुट भएर अगाडि बढ्न एनआरएनलाई परराष्ट्रमन्त्री डा. राणाको आग्रह

एकजुट भएर अगाडि बढ्न एनआरएनलाई परराष्ट्रमन्त्री डा. राणाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई एकजुट भई अगाडि बढ्न आग्रह गरेकी छन् । आज आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा सम्बोधन गर्दै उनले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न आग्रह गरिन् । उनले भनिन्, “एनआरएनए राजनीति गर्ने संस्था होइन, तपाईँहरू आफू आबद्ध पार्टीमा राजनीति गर्न सक्नुहुन्छ, संस्थाको पवित्र उद्देश्य पूरा गर्न नि:स्वार्थ भावनाका एकताका लागि जुट्न म तपाईँहरूलाई आग्रह गर्दछु ।” उनले भनिन् एनआरएनको उद्देश्य पूरा गर्नका लागि एकबद्ध भई सक्रियतापूर्वक लाग्न र त्यसका लागि आफू र परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
Read More
कोशी प्रदेश लगानी सम्मेलन सुरु

कोशी प्रदेश लगानी सम्मेलन सुरु

विराटनगर । ‘लगानी गर्न समयानुकूल वातावरण छ ’ भन्ने सन्देश दिने ध्येयले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ आजदेखि यहाँ सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
Read More
सुनको मूल्यमा भारी गिरावट, एकैदिनमा ४६ सयले घट्यो

सुनको मूल्यमा भारी गिरावट, एकैदिनमा ४६ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर १ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको १ लाख ८८ हजार १ सयमा कारोबार भएको थियो ।
Read More
८.१४ अंकले घट्यो सेयर बजार

८.१४ अंकले घट्यो सेयर बजार

काठमाडौँ । बुधबार सेयर बजार ८.१४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६२३ अंकमा झरेको छ । दिनभर कारोबारका क्रममा आजको अधिकतम अंक २६४२ रह्यो । बजारको परिसूचक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३७ करोडको भयो । १०७ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने एउटाको स्थिर रहेको छ। अधिकांश सेक्टरका सूचक घटेका छन् ।
Read More