काठमाडौँ : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ चारवटै वायुसेवा कम्पनीले उडान स्थगन गरेका छन्। लोड नभएको (यात्रु उपलब्धता कम भएको) भन्दै जजिरा एयरवेज, थाइ एयर एसिया, कतार एयरवेज र फ्लाई दुबईले मंगलबार (अप्रिल १) देखि उडान स्थगन गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यहाँका व्यवसायीलाई अहिले उडान गर्दै आएका विमान कम्पनीहरूले समेत उडान स्थगित गरेपछि अर्को चिन्ता थपेको हो । कात्तिकदेखि कतार, थाई एयर एसिया, जजिरा, फ्लाइ दुबई र नेपाल एयरलाइन्स गरी पाँच वटा वायुसेवाले नियमित उडान थालेका थिए।
बाँके। बिहीबार विभिन्न संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ। बैठकमा कानूनी, सामाजिक र आर्थिक विषयमा महत्त्वपूर्ण छलफल हुने जनाइएको छ। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ, जसमा नेपाल ऐनलाई संशोधन गर्न बनाइएको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ। अर्को बैठक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हुनेछ, जसको बैठक पनि बिहान ११ बजे तय गरिएको छ। बैठकमा कृषि नीति सम्बन्धी आवश्यक सुझाव संकलन र छलफल हुनेछ। महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे हुनेछ। यस बैठकमा सामाजिक परिचालिएकाहरूको व्यवस्थापन विषयमा छलफल गरिनेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे…
बाँके। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ९५ अंकले घटेर दुई हजार ६७६ दशमलव १७ विन्दुमा पुग्दा बजारमा समग्र गिरावट देखिएको छ। ३२० कम्पनीका एक करोड छ लाख ७० हजार ६४९ कित्ता शेयर ५६ हजार ५४८ पटक खरिदबिक्री भएको आजको कारोबारमा रु पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० बराबरको लेनदेन भएको छ। व्यापार समूह ३.८० प्रतिशतले वृद्धि गर्दा अन्य सबै समूहको उपसूचक घटेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बिमा र अन्य समूह सबैमा गिरावट देखिएको छ। गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको शेयर…
बाँके। नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबारको दिन सुनको मूल्य प्रतितोला रू एक लाख ७६ हजार २ सय मा कारोबार भएको थियो भने आज तोलामा रू ६ सय ले वृद्धि भएर रू एक लाख ७६ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला रू १५ घटेर रू दुई हजार २५ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ
बाँके। विश्व बैंकले नेपालका रणनीतिक सडक सञ्जालमा रहेका पुलहरूको मर्मत र सुधारका लागि १५ करोड अमेरिकी डलर (करिब २० अर्ब ४० करोड रुपैयाँ) को वित्तीय सहायता प्रस्ताव स्वीकृत गरेको छ। यस निर्णयसँगै, दुर्गम र सहरी क्षेत्रका समुदायलाई जीवनोपयोगी सेवाहरूको पहुँच वृद्धि गर्ने उद्देश्य राखिएको छ। बैंकको कार्यकारी निर्देशक बोर्डले यो वित्तीय सहयोग अनुमोदन गरेको हो, जसको माध्यमबाट नेपालको प्रमुख पुल संरचनाहरूलाई प्राकृतिक जोखिमहरू—जस्तै बाढी, पहिरो र भूकम्प—सामना गर्न सक्षम बनाइनेछ। यस पहलले स्थानीय बासिन्दाहरूलाई आधारभूत सेवासँग जडान सुधार्दै आर्थिक अवसरहरू पनि प्रदान गर्नेछ। वासिङ्टन डिसीस्थित विश्व बैंकको मुख्यालयले यो जानकारी सार्वजनिक गर्दै भनेको छ कि, नेपालका पुलहरूले आर्थिक र सामाजिक…
काठमाडौं। कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट शुक्रबार राजवादीद्वारा लुटपाट भएपछि शनिबारदेखि नियमित सञ्चालनमा आएको छ। भाटभटेनीको सीओओ पानु पौडेलले भने कि, रातभरको सरसफाइ कार्यपछि सुपरमार्केट बिहानदेखि पुनः खुला भएको छ। उनले थपे, "क्षतिको मूल्यांकन गरिएको छ र फुटेका सिसा केही दिनमा पुनःनिर्माण गरिनेछ।" शुक्रवार तीनकुनेमा भएको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वर स्थित भाटभटेनीमा प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल र जुसजस्ता सयौँ वस्तु लुटपाट गरेका थिए। उक्त घटना पश्चात भाटभटेनीले विश्वास व्यक्त गरेको छ कि लुटपाट र क्षति पुर्याउने व्यक्तिहरूलाई सरकार छिट्टै कानुनी दायरामा ल्याउनेछ।
काठमाडौं । पहिलेदेखि नै घरेलु सुस्त आर्थिक वृद्धि र चीनबाट बढ्दो प्रतिस्पर्धाको समस्यामा रहेका युरोपेली अटोमोबाइल निर्माताहरूले बिहीबार अमेरिकी आयात करलाई बोझका रूपमा घोषणा गरेका छन् । उनीहरूले यसले अटलान्टिकका दुवै तर्फका उपभोक्ता र कम्पनीहरूलाई समान रूपम सजाय दिने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गरेको नयाँ २५ प्रतिशत आयात कर ‘विश्वव्यापी अटोमोबाइल निर्माताहरू र अमेरिकी उत्पादनलाई एकैसाथ चोट पुर्याउने’, युरोपेली अटोमोबाइल निर्माता संघले एक विज्ञप्तिमा बताएको छ । जर्मनीको अटो उद्योग संघ, भिडिएका प्रमुखले करहरूले कार निर्माताहरू र गहिरो अन्तरसम्बन्धित विश्वव्यापी आपूर्ति शृङ्खलामा प्रत्येक कम्पनीलाई ‘उत्तर अमेरिकासहित उपभोक्ताहरूका लागि सबै भन्दा बढी नकारात्मक परिणामहरू ल्याउने’ बताए ।
बाँके। बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाली बजारमा सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँ पुगेको छ। बुधबारको दिनमा यो मूल्य १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर २ हजार २ सय अ२० रुपैयाँ पुगेको छ। यो वृद्धि बजारमा सुन र चाँदीको मागमा बढोत्तरी भएको संकेत हो। व्यवसायीहरूले भने, विश्व बजारमा सुन र चाँदीको मूल्यमा उतारचढ़ावका कारण स्थानीय बजारमा पनि प्रभाव परेको बताएका छन्। सुन र चाँदीको मूल्यमा यसरी भएको वृद्धि आम…
काठमाडौँ , नबिल बैंकको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन्।यसअघिका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएपछि यसअघि बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कायममुकायम सीईओ बनाइएको हो। आज (बुधबार) बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको हो।
काठमाडौँ , नबिल बैंकको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन्।यसअघिका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएपछि यसअघि बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कायममुकायम सीईओ बनाइएको हो। आज (बुधबार) बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको हो।