Skip to main content

Babai News

Breaking News 1

चौधरी पक्राउ परेपछि स्थगित भयो जनमत : नाउपा एकता

चौधरी पक्राउ परेपछि स्थगित भयो जनमत : नाउपा एकता

काठमाडौँ :जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित भएको छ। नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि प्रज्ञाप्रतिष्ठानमा आयोजना भएको एकता कार्यक्रम स्थगित भएको जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले जनाएको छ। ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ। नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आजका लागि तय भएको एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।  
Read More
रेशम चौधरी पक्राउ काठमाडौँ प्रहरीको नियन्त्रणमा

रेशम चौधरी पक्राउ काठमाडौँ प्रहरीको नियन्त्रणमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनलाई कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । चौधरीलाई त्यहाँबाट डिल्लीबजार कारागार लगिएको छ । रेशमका भाइ मीठूलाल चौधरीले रेशम पक्राउ परेको जानकारी दिए । जनमत पार्टी र नागरिक उन्मुक्तिबीच बुधबार एकता गर्ने तयारी थियो । त्यसकै लागि चौधरी कमलादी पुगेका थिए ।
Read More
बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

काठमाडौं । सत्तापक्षीय दलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा बालुवाटारमा केही बेरअघिबाट सत्तापक्षीय दलको बैठक सुरु भएको हो। सरकारले यही वैशाख १९ गते संसद्‍मा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफलका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक बोलाएका हुन्। प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, काङ्ग्रेसका सभापति  शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन् ।
Read More
भारतले केही घण्टामा आक्रमण गर्ने सूचना पाएको पाकिस्तानी मन्त्रीको दाबी

भारतले केही घण्टामा आक्रमण गर्ने सूचना पाएको पाकिस्तानी मन्त्रीको दाबी

काठमाडौं । भारत र पाकिस्तानबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ । जम्मू–कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले थप सैन्य कारबाहीको योजना बनाइरहेको पाकिस्तानले आरोप लगाएको छ । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले रोयर्टससँगको अन्तर्वार्तामा कुनै पनि बेला ठूलो कदम भारतले चाल्न सक्ने भएकाले आफ्नो सेना तयारी अवस्थामा राखिएको बताएको बीबीसीले जनाएको छ । उहाँले केही रणनीतिक निर्णयहरू गरिएको समेत दाबी गर्नुभएको छ । यी सबैको बीचमा प्रश्न उठिरहेको छ कि के भारत र पाकिस्तान युद्धको नजिक उभिएका छन् र के भारतले आगामी केही दिनमा पाकिस्तानमाथि कुनै प्रकारको कारबाही गर्न सक्छ ? यस्तै संकेत पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आफ्नो पछिल्लो बयानमा…
Read More
माओवादीले सरकार र शिक्षकबीचको वार्ता भाँड्न चाहेको एमालेको आरोप

माओवादीले सरकार र शिक्षकबीचको वार्ता भाँड्न चाहेको एमालेको आरोप

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र शिक्षक र सरकारबीच हुन लागेको वार्ता भाँड्न उद्धत रहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको अभिव्यक्तिबाट उहाँहरू सरकारसँगको वार्ता संसद्‍मार्फत् भाँड्न चाहनुहुन्छ भन्ने पुष्टि हुन्छ ।’ ‘सरकार समस्या समाधानका लागि वार्ता गर्न तयार हुने, विषयवस्तु छिटो हल गर्न मेहनत गर्ने, अनि उहाँहरू मन्त्री किन संसद्‍मा हाम्रो प्रस्तावमा छलफल गर्न आएन भनेर भ्रम छर्न खोज्ने,’ उनले भने, ‘निष्कर्ष उन्मुख बनेको वार्ताको वातावरणलाई संसद् भित्र ल्याएर राजनीति गर्न खोज्ने उहाँहरूको प्रयत्नप्रति हामी दुःख व्यक्त गर्न चाहन्छौँ ।’
Read More
काठमाडौँको तीन तले घरमा बस्नेको भत्ता कटाएर विपन्नलाई दिन प्रस्ताव

काठमाडौँको तीन तले घरमा बस्नेको भत्ता कटाएर विपन्नलाई दिन प्रस्ताव

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सम्पन्न परिवारका मान्छेलाई ४ हजार सामाजिक सुरक्षा भत्ता दिनुको अर्थ नभएको बताएका छन्। विपन्न वर्गको उत्थान र विकाससम्बन्धी काँग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पन्न मान्छेलाई ४ हजार भत्ता बाँडेर विपन्नलाई माथि उठान नसकिने बताए। ‘अहिले २० प्रतिशत विपन्न वर्ग छ। त्यसलाई शून्यमा झार्नुपर्छ। अहिले एकदमै धनी मानिसलाई पनि उही, गरिबलाई पनि उही सेवा दिइन्छ। अहिले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ। धनी र गरिब सबैको बा आमाले उही पाइराखेको अवस्था छ’ उनले भने, ‘काठमाडौंमा तीन तले घरमा बस्छन् ४ हजार सामाजिक सुरक्षा भत्ता लिन पुगिरहेका हुन्छन्, ७०…
Read More
प्रधानमन्त्री ओलीको राजीनामा माग

प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीलाई नैतिक रूपमा कुर्सीमा बस्ने अधिकार नभएको बताए। देशमा शिक्षक, स्वास्थ्यकर्मी, सहकारी पीडितहरू सडक आन्दोलनमा रहँदा पनि सरकार रमिते बनिरहेको टिप्पणी गरे।सरकारले आफ्ना असक्षमताहरू लुकाउन सबै कुराहरू प्रतिपक्षीमाथि दोष थुपारेर नहुने बताए।
Read More
दाउन्नेमा वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ

दाउन्नेमा वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ

नवलरासी  ।  नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ः०० देखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म आवागमन बन्द गरिने भएको हो । “दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारीसाधन सञ्चालन…
Read More
जनकपुरमा जानकी जन्मोत्सव सुरु

जनकपुरमा जानकी जन्मोत्सव सुरु

धनुषा । पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए। सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते…
Read More
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक साँझ ६:३० बजेका लागि निर्धारित भए पनि डेढ घण्टा ढिलो सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा मन्त्रालयका नियमित प्रस्ताव, शिक्षकका माग र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलगायत विषयमा छलफल र निर्णय हुने सम्भावना रहेको एक मन्त्रीले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई जानकारी दिएका छन्।
Read More