बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच भएको युद्धविराम टिप्पणी गरेका छन् । सोमबार लुम्बिनीमा आयोजित २५६९औँ बुद्ध जयन्ती मूल समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले केही दिन अगाडि मात्रै हाम्रा छिमेकबीच हात हालाहालको स्थिति बनेको र त्यो हात हालाहाल बढ्न नपाएको टिप्पणी गरेका हुन् । उनले नेपालले सुरुदेखिनै लडाई विस्तार हुन नपाओस् है भनेर भनेको उल्लेख गर्दै लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गरेको बताए । साथै प्रधानमन्त्री ओलीले उनीहरुसँग कुरा गरेको र दुवै देशले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे । उनले भने- 'केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर…
काठमाडौँ । आज २५६९ औं बुद्ध जयन्ती मनाइदै छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचाको बिचमा भएको थियो । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको मानिन्छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाले ठुलो महत्त्व छ । उनको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो । शाक्यमुनिको जन्म विषयमा र मितिको हिसाबका लागि सिंहली र केन्टोनिज…
काठमाडौं । डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । डा. पौडेलले आइतबार समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् । नेपाली कांग्रेसले गभर्नरमा डा. पौडेललाई सिफारिस गर्न प्रस्ताव गरे पछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् । अब सरकारले उनको ठाउँमा अर्को सदस्य राख्न नियुक्ति गर्नुपर्छ । पौडेलको राजीनामा स्वीकृत गर्न र उनको स्थानमा अर्को सदस्य राख्न मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने पर्छ भने त्यसपछि मात्रै पौडेललाई गभर्नरमा सिफारिस गर्ने बाटो खुल्नेछ । गभर्नर सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा हुने गर्छ, जसमा एक विज्ञ सदस्य र एक पूर्वगभर्नर राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पौडेल विज्ञ सदस्यको रुपमा…
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो । त्यस क्रममा उहाँले नीति तथा कार्यक्रम सुशासन प्रवद्र्धन र विकासको गतिलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित प्रस्तुत भएको बताउनुभयो ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ऐना हेरेर गाली गलौचको भाषा प्रयोग नगर्न सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले आफैँ ऐना हेरेर आफ्नै अनुहार देखेर पनि गाली गर्ने काम नगर्न प्रचण्डलाई सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेताज्यू र विपक्षी दलका माननीयज्यूहरूले टिप्पणी भन्दा पनि गाली गलौचको भाषा बोल्नुभएको थियो । म त्यतापट्टि जान चाहिन । ऐना अगाडि राख्ने, ऐनामा हेर्ने अनि यस्तो रैछस्, उस्तो रैछस् भनेर गाली…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले विकास–निर्माणको ढाँचा, सुस्त गति र ‘वर्क इन प्रग्रेस’ संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने दोहोर्याउँदै आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने बताए । 'त्यसैले प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमीकमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो । यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिबद्धता पनि नयाँ हो…
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा अब्दुल हुसने खाँ सर्वसम्मत चयन हुनुभएको छ। शनिबार सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट अब्दुल हुसेन अध्यक्षमा निर्वाचित हुनुभएको हो। पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भूसाल, उपमहासचिव मेटमणि चौधरी, सचिव सोम पाण्डेलगायतका पार्टीका शीर्ष नेताहरुले अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो। उपाध्यक्षमा रामप्रसाद चौधरी र कमल भण्डारी, सचिवमा नारायण शर्मा, उपसचिवमा सुदन खनाल, माया बिक र दुर्गा प्रसाद अधिकारीलाई चयन गरेको अधिवेशनले एक सय ३५ सदस्सीय प्रदेश कमिटी घोषणा गरेको छ।
काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौताको घोषणा भएपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले शनिबार राति राष्ट्रका नाममा सम्बोधन गरेका छन् । शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई नाम लिएर बधाई दिँदै यो पाकिस्तानको लागि ऐतिहासिक विजय भएको बताएका छन् । शरीफले आफ्नो सम्बोधनको सुरुवात गर्दै भने, 'यदि कसैले हाम्रो स्वतन्त्रतालाई चुनौती दियो भने, हामी आफ्नो रक्षाको लागि जे पनि गर्नेछौं ।' उनले सम्बोधनमा आफ्नो देशविरुद्ध लगाइएका आरोपहरू आधारहीन भएको दाबी गरेका थिए । भारतले शाहबाज शरीफको सम्बोधनमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि, यसको केही समय अगाडि भारतीय विदेश सचिव विक्रम मिश्रीले एक विशेष प्रेस ब्रिफिङमा पाकिस्तानले सम्झौताको…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदको दुवै सदनमा आज जवाफ दिदै छन् । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि बस्ने तालिका छ । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ गते संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बैशाख २२ गतेदेखि लगातार छलफल भएको थियो ।