Skip to main content

Babai News

Breaking News 1

भारत पाकिस्तान युद्धविरामका लागि सहमत, सबै आक्रमण तत्कालदेखि रोकिने

भारत पाकिस्तान युद्धविरामका लागि सहमत, सबै आक्रमण तत्कालदेखि रोकिने

काठमाडौँ । भारत पाकिस्तान युद्धविरामका लागि सहमत भएका छन् । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भारत र पाकिस्तानका सैन्य अप्रेशनका महानिर्देशकबीच आज अपराहन्न कुरा भएपछि दुवै देश सबै प्रकारका जमिन, हवाई र समुद्रबाट गर्न आक्रमण रोक्न सहमत भएको बताएका छन् । उनले भने- 'पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले आज दिउँसो १५: ३५ बजे भारतीय सैन्य अपरेशन महानिर्देशकलाई फोन गरे । उनीहरूबीच दुवै पक्षले भारतीय समय अनुसार ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै गोलीबारी र सैन्य कारबाही बन्द गर्ने सहमति भएको छ । आज, यो समझदारीलाई प्रभावकारी बनाउन दुवै पक्षलाई निर्देशन दिइएको छ । सैन्य अपरेशन महानिर्देशकहरूले मे १२ मा…
Read More
भारत र पाकिस्तानबीचको तनाव कम गर्न साउदी अरेबियाले थाल्यो कुटनीतिक प्रयास

भारत र पाकिस्तानबीचको तनाव कम गर्न साउदी अरेबियाले थाल्यो कुटनीतिक प्रयास

काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धको अवस्था शुरु भएपछि साउदी अरबले यसलाई रोक्न कुटनीतिक फल शुरु गरेको छ । साउदी अरेबियाले शनिबार बिहान भारत र पाकिस्तानबीचको तनाव कम गर्ने प्रयास गरिरहेको बताएको हो । साउदी अरेबियाले कूटनीतिक माध्यम र वार्ता मार्फत दुई देशबीच जारी सैन्य द्वन्द्व अन्त्य गर्न आह्वान समेत गरेको छ । साउदी अरेबियाको विदेश मन्त्रालयले शनिबार एक संक्षिप्त विज्ञप्ति जारी गर्दै मन्त्री अल-जुबैरले साउदी नेतृत्वको निर्देशनमा मे ८ र ९ मा भारत र पाकिस्तानको भ्रमण गरेको र यो भ्रमण भारत र पाकिस्तान बीचको तनाव कम गर्न र दुई देशलाई वार्तामा संलग्न हुन प्रोत्साहित गर्न साउदी अरेबियाको प्रयासको एक…
Read More
सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ- प्रधानमन्त्री ओली

सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन सम्बर्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरुको महत्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताए । 'हरियो वन नेपालको धनको नारा पुरानै  भए पनि धनको रुपमा वनको सदुपयोग भएको थिएन तर अहिले हामीले एउटा संकल्प लिएका छौँ किन वनको विनास हुन नदिएर सौर्यमण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ…
Read More
भारतमा ‘जार’ को उच्च माग

भारतमा ‘जार’ को उच्च माग

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'जार'को भारतमा उच्च माग भएको छ । पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको यो चलचित्रप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित शहरका मल्टिप्लेक्सहरूले शो थप गरेका छन् । सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै निर्धारित शोजमा बढोत्तरी गरेको कार्यकारी निर्माता ज्योती क्षेत्रीले बताइन् । यस्तै दार्जीलिङमा पनि चलचित्रको शोज थप भएको छ । हाल प्रदर्शनमा आएका सबै शहरमा चलचित्रको उच्च माग देखिएको छ, सम्बन्धित हलहरूले शो थपको लागि सम्पर्क गरिरहनु भएको छ, क्षेत्रीले भनिन्, 'दर्शकले 'जार'प्रति देखाउनु भएको प्रेमले उत्साहित छौं ।' दोश्रो चरणमा नेपाली भाषीहरूको बाहुल्य…
Read More
प्रधानमन्त्री शरिफले बोलाए परमाणु हतियार बारे निर्णय लिने अथोरिटीको बैठक

प्रधानमन्त्री शरिफले बोलाए परमाणु हतियार बारे निर्णय लिने अथोरिटीको बैठक

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शबाज शरिफले नेशनल कमाण्ड अथोरिटीको बैठक बोलाएका छन् । पिटीभी न्यूजका अनुसार प्रधानमन्त्री शरिफले शनिबार नेशनल कमाण्ड अथोरिटीको बैठक बोलाएका हुन् । पाकिस्तानले भारतविरुद्ध आक्रमण शुरु गरेको घोषणा गरेसँगै प्रधानमन्त्री शरिफले  अथोरिटीको बैठक बोलाएका छन् । अथोरिटीले पाकिस्तानको परमाणु हरियारको कमाण्ड, कन्ट्रोल र अप्रेशन बारे निर्णय लिने गर्दछ । यस अथोरिटीको अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने पाकिस्तानी विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, रक्षा मन्त्री र रक्षा उत्पादन मन्त्री सदस्य रहने गर्दछन् । त्यस्तै यस अथोरिटीमा सेनाका ज्वाइन्ट चिफ स्टाफ, सेना प्रमुख, नाभी प्रमुख र चिफ अफ एयर स्टाफ सदस्य रहने गर्दछन् । त्यस्तै सेनाका स्ट्राटेजिक प्लान डिभिजनका निर्देशक र पाकिस्तानको…
Read More
बिहीबार राति पाकिस्तानले ३००-४०० ड्रोनबाट आक्रमण गर्‍यो- भारत

बिहीबार राति पाकिस्तानले ३००-४०० ड्रोनबाट आक्रमण गर्‍यो- भारत

काठमाडौँ । भारतले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारे जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले पाकिस्तानले गरेको आक्रमण बारे जानकारी दिदै पाकिस्तान तर्फबाट ३०० देखि ४०० ड्रोन प्रहार गरेको बताएकी छन् । कुरेशीले भनिन्, 'पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो ।' कर्नेल सोफियाले भनिन्, 'लेहदेखि सर क्रिकसम्मका ३६ स्थानमा ३००-४०० ड्रोनहरूले घुसपैठ गर्ने प्रयास गरे । भारतीय सुरक्षा बलले काइनेटिक र गैर-काइनेटिक माध्यम प्रयोग गरेर यी धेरै ड्रोनहरूलाई खसाले । यति ठूलो मात्रामा हवाई घुसपैठको सम्भावित उद्देश्य वायु रक्षा प्रणाली परीक्षण गर्नु र गुप्तचर जानकारी सङ्कलन…
Read More
नेपाली बजारमा होम एप्लायन्सेस ब्राण्ड ‘नोबेल’ को प्रवेश

नेपाली बजारमा होम एप्लायन्सेस ब्राण्ड ‘नोबेल’ को प्रवेश

काठमाडौँ । नोबेल ब्रान्ड नेपालमा लन्च गरिएको छ । शुक्रबार नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालि र एनबीएससी प्रालिले नेपालमा नोबेल ब्रान्डको औपचारिक सुरुवात गरेको हो । युएईको दुबईबाट शुरु भएको नोबेल ३५ वर्षभन्दा बढीको नवप्रवर्तनको इतिहास सहित विशेष गरी मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट-इन एप्लायन्सहरूको उत्पादनमा परिचित छ । २५० भन्दा बढी प्रकारका उत्पादन सहित नोबेल ब्रान्ड २६ भन्दा बढी देशहरूमा आफ्ना उपभोक्ताहरूलाई गुणस्तर र भरपर्दो सेवा दिँदै नयाँ मापदण्ड स्थापित गर्दै आएको छ । 'परिवारलाई एकसाथ ल्याउने' नारा रहेको नोबेलले सधैँ गुणस्तरीय, भरपर्दो सेवा र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकता दिएको छ । युरोप, चीन, भारत, टर्की…
Read More
‘अप्रेशन सिन्दूर’ को नाममा फिल्म बनाउन बलिवुड निर्माताको होडबाजी, दर्जनौं निवेदन दर्ता

‘अप्रेशन सिन्दूर’ को नाममा फिल्म बनाउन बलिवुड निर्माताको होडबाजी, दर्जनौं निवेदन दर्ता

काठमाडौँ । पाकिस्तानसँग युद्ध बलिवुडका लागि सिनेमा बनाउने लोकप्रिय विषय हो । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच अघोषित युद्ध जारी रहेका बेला भारतले पाकिस्तानविरुद्ध गरेको अप्रेशनको नाम 'अप्रेशन सिन्दूर' चर्चामा रहेको छ । भारतीय सेनाले पहलगाममा आफ्ना पति गुमाएका पहिलाहरुलाई समर्पित गर्दै पाकिस्तानविरुद्धको कारवाहीलाई 'अप्रेशन सिन्दूर' नाम दिएको छ । यसैबीच बलिवुडका फिल्म निर्माता र निर्देशकहरुले 'अप्रेशन सिन्दूर' को नामबाट सिनेमा बनाउन होडबाजी चलिरहेको छ । भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म विभिन्न राज्यमा पाँच दर्जन भन्दै 'अप्रेशन सिन्दूर' नामका लागि निवेदन दिएको उल्लेख छ । त्यस्तै 'मिशन पहलगाम' का लागि पनि कैयौं निवेदन परेको मिडिया रिपोर्टमा उल्लेख छ । इन्डियन मोसन…
Read More
पर्याप्त इन्धन उपलब्धता रहेको इन्डियन आयल कर्पोरेशनको स्पष्टोक्ति

पर्याप्त इन्धन उपलब्धता रहेको इन्डियन आयल कर्पोरेशनको स्पष्टोक्ति

काठमाडौँ । भारतको सबैभन्दा ठूलो तेल कम्पनी, इन्डियन आयल कर्पोरेशनले देशमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यास एलपीजीको पर्याप्त उपलब्धता रहेको जानकारी दिएको छ । भारतका विभिन्न शहरहरुमा पेट्रोल पम्प बाहिर मानिसहरुको ठुलो लाइन हुन थालेपछि इन्डियन आयल कर्पोरेशनले यस्तो बयान दिएको हो । पाकिस्तानसँग सीमा जोडिएका राज्यहरूमा, विशेष गरी पेट्रोल र डिजेलको बारेमा धेरै त्रास छ र मानिसहरू इन्धन किन्न पेट्रोल पम्प बाहिर लाइनमा बसिरहेको देखिएको छ । आयल कर्पोरेसनले शान्त रहेर र अनावश्यक भीडभाडबाट बचेर सेवा प्रदान गर्न मद्दत गर्न समेत आग्रह गरेको छ । इन्धनको आपूर्ति लाइनहरू निर्बाध रूपमा सञ्चालनमा रहने र सबैका लागि निर्बाध इन्धन पहुँच…
Read More
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्वीप

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाका अनुसार आइतबार निर्णयार्थ पेश हुने सरकारको नीति तथा कार्यक्रमको पक्षमा अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको हो ।ह्वीपमा भनिएको छ- ‘सरकारको वार्षिक नीति तथा कार्यक्रम’ लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ ।
Read More