Babai News

स्वास्थ्य

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको  खोप थप

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप थप

  काठमाडौं ।।  राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ । सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो । एघार वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपिभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ । राष्ट्रिय खोप…
Read More
तपाईँ कसरी सुत्नुहुन्छ, तपाईंको सुत्ने बानीले पनि हृदयघात निम्त्याउन सक्छ।

तपाईँ कसरी सुत्नुहुन्छ, तपाईंको सुत्ने बानीले पनि हृदयघात निम्त्याउन सक्छ।

  स्वास्थ्य चर्चा ।। जब तपाईँको सुत्ने बानी खराब हुन्छ, यसले हृदयाघात वा हृदयसँग सम्बन्धित रोगहरूको जोखिम बढाउने एक अध्ययनले पत्ता लगाएको छ । खराब सुत्ने बानीको अर्थ बारम्बार निद्रामा अवरोध वा अनिद्रा वा कम निद्रा हो। अध्ययनका अनुसार खराब सुत्ने बानीले मुटुलाई मात्र हानि गर्दैन यसले मधुमेह पनि बढाउँछ । यसको मतलब यसले सम्पूर्ण शरीरलाई असर गर्छ। बारम्बार निद्रामा गडबड हुनु स्वास्थ्यको लागि कुनै पनि हिसाबले राम्रो होइन। त्यसैले निद्राको ढाँचा सुधार गर्न धेरै महत्त्वपूर्ण छ। डाक्टरहरूका अनुसार अनियमित सुत्ने बानी र कम निद्रा वा गुणस्तरहीन निद्राले मुटुको रोग बढाउन सक्छ। अर्थात् यदि तपाईँ विभिन्न समयमा लगातार सुत्नुहुन्छ, बारम्बार…
Read More
मेची आँखा अस्पतालमा अब कानको पनि उपचार  हुने

मेची आँखा अस्पतालमा अब कानको पनि उपचार हुने

बिर्तामोड । बिर्तामोड नगरपालिका ३ मा अवस्थित मेची आँखा अस्पतालमा कानको उपचार सेवा थप गरिएको छ । लामो समयदेखि आँखाको उपचार गर्दै आएको समुदायद्वारा सञ्चालित मेची आँखा अस्पताल सैनिकमोडमा कानको उपचार सेवा समेत थप गरिएको हो। कान उपचार सेवाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईंले शुभारम्भ गर्नुभयो । आँखा अस्पतालभित्रै कानको उपचार गर्ने प्रबन्ध मिलाइएको अस्पतालका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो । उहाँले सर्बसाधारणले सुलभ शुल्कमा उपचार सेवा लिउन् भन्ने उदेश्यले कानको उपचार सेवा थप गरिएको जानकारी दिनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पुरुषोत्तम जोशीले प्रत्येक १ हजार जनामा ८२ जनाको आँखामा समस्या आउने गरेको बताउनुभयो । त्यसैगरी १ हजार…
Read More
डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

  बिर्तामोड, २८ भदौ : बिर्तामोड नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको सभाहलमा आज (शुक्रबार) स्वास्थ्य कार्यालय झापा र सहारा नेपाल विश्वास परियोजनाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले संक्रमण नियन्त्रणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट जुट्नु पर्ने बताउनु भयो । वडा कार्यालय तथा टोलविकास संस्थाहरुसंगको समन्वयमा जनचेतनामुलक, रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई तत्काल अघि बढाइने बताउनु भयो । बिर्तामोडमा डेंगु संक्रमितको संख्या ९८ जना पुगेको छ ।यसमध्ये वडा नम्बर ४ का एक बालकको मृत्यु भएको स्वास्थ्य शाखा बिर्तामोडका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय झापाका…
Read More
दैनिक कति पानी पिउने ,यस्ता छन् पानी पिउँदाका फाइदा

दैनिक कति पानी पिउने ,यस्ता छन् पानी पिउँदाका फाइदा

  प्रायः मानिस, शरीरलाई चाहिने पर्याप्त मात्रामा पानी पिउँदैन । अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३.७ लिटर र महिलाहरूले २.७ लिटर पानी खान सुझाएको छ । सुझावमा शरीरमा पर्याप्त मात्रामा पानी नभए नकारात्मक प्रभाव पर्ने बताइएको छ । शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुख्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै पनि काम गर्न जाँगर हुँदैन । यसैगरी स्मरण शक्ति बोधो हुने र मुड पनि ताजा हुन पाउँदैन । साथै एकाग्रता पनि हुदैन । शरीरमा पानी पुगे नपुगेको हामीले तिर्खा र पिसाबो रंगबाट थाहा पाउन सकिन्छ । तिर्खा लागेन र पिसाबको रंग सफा भए हाम्रो शरीरमा…
Read More
एमबीबीएस अध्यापनका लागि बि एण्ड सी ले पायो ५० सिट

एमबीबीएस अध्यापनका लागि बि एण्ड सी ले पायो ५० सिट

  बिर्तामोड ।। चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ।आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। पूर्वी नेपालमा सञ्चालनमा आएको बिएन्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो। कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो। कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो।
Read More
डेंगूको सङ्क्रमणबाट इलाममा एक व्यक्तिको मृत्यु

डेंगूको सङ्क्रमणबाट इलाममा एक व्यक्तिको मृत्यु

  इलाम । डेंगूको सङ्क्रमणबाट इलाममा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् । उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको मृतकका भाइ नरेन्द्र ढकालले जानकारी दिए । ढकालका अनुसार मृतक नारायणलाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवल शिक्षण अस्पताल पुर्याइएको थियो । तर, प्लेटलेटको सङ्ख्या ह्वात्तै घटेर उनको निधन भएको हो । श्रीमती मुना र दुई छोरी सलिना र समीक्षा ढकाल रहेका छन् ।
Read More
बिर्तामोड नगर अस्पतालमा प्रसूती गराउनेको संख्या बढ्यो

बिर्तामोड नगर अस्पतालमा प्रसूती गराउनेको संख्या बढ्यो

  बिर्तामोड, ४ भदौ : बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूती) गराउनेको संख्या ८३ पुगेको छ । अस्पतालप्रति सेवाग्राहीको विश्वसनियता बढेसंगै प्रसुती गराउनेको संख्या पनि थपहुँदै गएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा ७० जना र चालु आर्थिक वर्षको साउन यता १३ जना गरी ८३ जनाले नर्मल डेलिभरी सेवा लिएको अस्पतालकी सिनियर अनमी निरीक्षक दिपा श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार साउनमा १० जना र भदौमा ३ जनाले सेवा लिएका हुन्। नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि न्यानो झोलासमेत प्रदान गरिदै आएको छ । झोलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी)…
Read More
झापा हल्दिबरीकी  एक महिलाको डेंगी संक्रमणबाट मृत्यु

झापा हल्दिबरीकी एक महिलाको डेंगी संक्रमणबाट मृत्यु

  बिर्तामोड साउन २५।। झापाको हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीय शिक्षिका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा आज दिउँसो मृत्यु भएको हो । विगत १३ वर्षदेखि सो विद्यालयमा शिक्षण पेशामा रहेकी दाहालका पति, एक छोरा र एक छोरी रहेका छन् । सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि बिएन्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज मृत्यु भएको हो ।
Read More
विश्व स्तनपान सप्ताह, शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह

विश्व स्तनपान सप्ताह, शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह

  शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरिएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा  आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन्। विश्व स्तनपान सप्ताहका अवसरमा  आयोजित ‘स्तनपानको महत्त्व: चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन।   उनले भनिन, ‘आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन।’उनले बच्चाको माया ममता पनि कम हुदै जाने बताइन। उनले भनिन, ‘स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन।’ स्तनपान गराउँदा आमा र शिशु…
Read More