Babai News

Breaking News 2

प्रतिक्रियावादी र अवसरवादीहरुले घेराबन्दी र भ्रम छरिरहेका छन्- प्रचण्ड

प्रतिक्रियावादी र अवसरवादीहरुले घेराबन्दी र भ्रम छरिरहेका छन्- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले यथास्थिति भत्काउने र रुपान्तरणसहित समाजवादी क्रान्तिको तयारीलाई अगाडि बढाउने बताएका छन् । निर्मल लामाको २५औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले गरिरहेको काममा प्रतिक्रियावादी र अवसरवादीहरुले घेराबन्दी गरिरहेको र भ्रम छरिरहेको बताए । उनले भने- ‘जब हामी हाम्रो वर्गतिर फर्कने संकल्प गर्छौं, क्रान्तिलाई अगाडि बढाउने, हाम्रो विचार र मुद्दाहरुतिर फर्किने, इतिहासका राम्रा कुराहरुबाट सिक्ने र फेरि त्यहाँबाट प्रेरणा लिएर अगाडि जाने संकल्प गर्छौं, त्यो पार्टी र लिडरसीपमाथि प्रतिक्रियावादी र अवसरवादीहरुले अनेक किसिमका हमला गर्छन् । हामी सबै त्यसमा सचेत हुनुपर्छ ।'  
Read More
भारतले भन्यो- पाकिस्तानले लडाकु विमान, ड्रोन र मिसाइल हमला गरिरहेको छ, हामी तनाव चाहदैनौं

भारतले भन्यो- पाकिस्तानले लडाकु विमान, ड्रोन र मिसाइल हमला गरिरहेको छ, हामी तनाव चाहदैनौं

काठमाडौँ । भारतले पाकिस्तानसँग जारी युद्ध बारे पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालय सचिव विक्रम मिश्रीले पाकिस्तानले द्वन्द्वलाई उक्साउने र बढाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । भारतले पाकिस्तानको कारबाहीको जवाफ दिइरहेको बताउदै सचिव मिश्रीले पाकिस्तानले भ्रम फैलाउन गलत सुचना दिइरहेको आरोप समेत लगाएका छन् । पाकिस्तानले भारतको वायुरक्षा प्रणाली एस-४०० ध्वस्त गरेको भन्ने झुटो सुचना फैलाएको बताउदै यस्ता गलत सूचनाको विश्वास नगर्न मिश्रीले अनुरोध गरेका छन् । भारत र पाकिस्तानबीच जारी द्वन्द्व जारी रहेका बेला शुक्रबार राति जम्मू कश्मीर, पञ्जाब र राजस्थानदेखि गुजरातसम्मका २६ क्षेत्रमा ड्रोन आक्रमण सुरु गरेको जानकारी दिइएको छ ।…
Read More
आजको राशिफल: २०८२ वैशाख २७ गते शनिबार

आजको राशिफल: २०८२ वैशाख २७ गते शनिबार

आजको राशिफल बि.सं २०८२ वैशाख २७ गते शनिबार ई.सं २०२५ मे १० नेपाल सम्बत ११४५ बछलाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल त्रयोदशी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सिद्धि योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २० मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ५८ मिनेट…
Read More
माओवादी केन्द्रको मध्य–पहाडी लोकमार्ग जागरण अभियानको तालिका सार्बजनिक

माओवादी केन्द्रको मध्य–पहाडी लोकमार्ग जागरण अभियानको तालिका सार्बजनिक

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी जेठ महिनादेखि सञ्चालन गर्न लागेको मध्य–पहाडी लोकमार्ग केन्द्रीत जागरण अभियानको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार आगामी जेठ १ गते बेलुका डडेलधुरामा २ गते बैतडीको पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद कार्यक्रम राखिएको छ । त्यसैगरी, जेठको ३ गते अछामको मङ्गलसेनमा जनसंवाद, ४ गते दैलेखको सदरमुकाम दुल्लुमा र ५ गते, जाजरकोट खलङ्गा जनसंवाद कार्यक्रम तय भएको छ । ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा, ८ गते बागलुङ जनसंवाद, ९ गते पर्वत कुस्मा जनसंवाद र १० गते कास्कीको पोखरामा जनसभा तय भएको…
Read More
काठमाडौंमा राजावादीको मोटरसाइकल र्‍याली

काठमाडौंमा राजावादीको मोटरसाइकल र्‍याली

काठमाडौं । राजावादीहरूले शुक्रबार राजधानी काठमाडौंमा मोटरसाइकल र्‍यालीको आयोजना गरेका छन् । संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्रसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै उनीहरूले मोटरसाइकल र्‍यालीको आयोजना गरेका हुन् । संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो ।
Read More
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेका थिए ।सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भर्त्सना…
Read More
जनमतसँग छिट्टै एकता गर्छौं- रञ्जिता श्रेष्ठ

जनमतसँग छिट्टै एकता गर्छौं- रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिट्टै एकता हुने प्रतिक्रिया दिएकी छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै अध्यक्ष श्रेष्ठले स्थगित भएको एकता प्रक्रिया छिट्टै टुंगाउने बताएकी हुन् । उनले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको व्यवस्तताको कारण एकता घोषणाको नयाँ मिति सार्वजनिक नभएको स्पष्टीकरण दिएकी छन् । साथै श्रेष्ठले रेशम चौधरीको गैरकानुनी गिरफ्तारीको बारेमा गृहमन्त्री रमेश लेखकले संसद्मा जवाफ दिइसकेको भन्दै उनले अहिले सरकार छाड्ने र समर्थन फिर्ता नलिने बताएकी छन् । यहि बैशाख १७ गते काठमाडौँको प्रज्ञा भवनमा एकताको कार्यक्रम शुरु हुनु अघि रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि एकता प्रकृया रोकिएको…
Read More
नेपालको ‘आतंकवादका  विरुद्धको अडान’ को रास्वपाद्वारा स्वागत

नेपालको ‘आतंकवादका विरुद्धको अडान’ को रास्वपाद्वारा स्वागत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक नेपाली नागरिक सहित २६ जनाको ज्यान लिने गरी पहलगाम, काश्मिरमा भएको आतंकवादी हमलाप्रति कडा निन्दा गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले पहलगाम आक्रमणको निन्दा गर्दै आतंकवादले कसैको पनि हित नगर्ने बताएका हुन् । उनले पहलगाम आक्रमणपछि भारत र पाकिस्तान  विच  तनावको अवस्था देखिएको उल्लेख गर्दै आफ्नो छिमेकि मात्र हैन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनु पर्ने बताएका छन् । उनले भने- परराष्ट्र मन्त्रालयाले ढिलै गरेर भएपनि , हिजो साँझ व्यक्तव्य मार्फत सार्वजनिक गरेको "आतंकवादका  विरुद्धको अडान" को स्वागत गर्दे, भारत-पाकिस्तान वीच…
Read More
भारत-पाकिस्तान तनाव: कस्तो रह्यो जम्मू-कश्मीरमा रातभरको अवस्था ?

भारत-पाकिस्तान तनाव: कस्तो रह्यो जम्मू-कश्मीरमा रातभरको अवस्था ?

काठमाडौँ । भारतीय अधिकारीहरूले पाकिस्तानले जम्मू कश्मीरको उधमपुर, कश्मीरका धेरै क्षेत्रहरू र पञ्जाबको पठानकोटमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्, जसलाई निष्क्रिय पारिएको छ।भारतले लगाएका यी आरोपहरूलाई पाकिस्तानले अस्वीकार गरेको छ । बिहीबार राति अबेर, भारतीय सैन्य प्रवक्ताले एक विज्ञप्तिमा पाकिस्तानले १६ भारतीय रक्षा प्रतिष्ठानहरूमा रकेट र क्षेप्यास्त्रले आक्रमण गरेको दाबी गरे, जसलाई आधुनिक उपकरणको सहयोगमा निष्क्रिय पारिएको थियो ।नियन्त्रण रेखा नजिकै पुंछ क्षेत्रमा गए राति पनि भारी गोलाबारी जारी रह्यो, जसमा एक जनाको मृत्यु भयो र एक महिला घाइते भइन् । स्थानीय पुँछका प्रहरी अधिकारीले बताएअनुसार गोलीबारीमा लोहल बेलाका नागरिक मुहम्मद अब्रारको मृत्यु भएको छ भने बेलियनकी शाहिदा…
Read More
कर्णालीको बजेटमा रणनितिक योजनाहरुलाई प्राथमिकतामा राखिने

कर्णालीको बजेटमा रणनितिक योजनाहरुलाई प्राथमिकतामा राखिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट केही बढाउने लक्ष्यसहित बजेट निर्माणमा जुटेको छ । सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बजेटसंग सम्बन्धित निकाय, मन्त्रालयका सचिव र कर्मचारीहरुसंग छलफल अघि बढाएको छ । बजेटको तयारीका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले ३१ अर्ब ५९ करोडको अनुमानित सिलिङ मन्त्रालयहरूमा पठाइसकेको बताए । हरेक मन्त्रालयलाई चालु आर्थिक वर्षको बजेटभन्दा शून्य दशमलव ५ देखि ३ प्रतिशतसम्म बढाएर सिलिङ वितरण गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ ।यस पटक कर्णाली प्रदेश सरकारले संघीय सरकारबाट राजश्व बाँडफाड र वित्तीय समानीकरणतर्फको अनुदान बढेपछि सरकारकाले…
Read More