काठमाडौँ । ललितपुर महानगरले शुक्रबार सार्बजनिक बिदा दिएको छ । महानगरले शुक्रबार राति मछिन्द्रनाथको रथजात्रा तान्नेक्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहुर्त परेको अवसरमा सार्बजनिक बिदा दिएको जानकारी दिएको छ ।
रौतहट । मधेश प्रदेशका सांसद तथा पूर्व मन्त्री केशव राय चौधरीको पहलमा गृहजिल्ला रौतहटको गुजरा नगरपालिका अन्तर्गत ७० लाखको लागतमा दुर्इवटा योजनाको काम सुरु भएको छ।पूर्व मन्त्री चौधरीको पहलमा क्षेत्र ३(क) अन्तर्गत गुजरा १ मनर्हवा सडक स्तरउन्ती तथा आरसिसि ढलान निर्माण कार्य बिहीवार देखी सुरु भएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेश मार्फत विनियोजीत ४५ लाख रुपैयाँको लागतमा निर्माण हुने सडक ढलानको बिहीवार प्रमुख अतिथि प्रदेश सांसद चौधरीले शिलान्यास गरेसंगै काम सुरु भएको छ। त्यस्तै प्रदेश सांसद चौधरीको बिशेष पहलमा मधेश प्रदेशको युवा, खेलकुद तथा समाज कल्याण मन्त्रालयबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा गुजरा ८ स्थित कब्रीस्तान घेरावेरा…
काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् ।बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले नीति तथा कार्यक्रममा भ्रष्टाचार, कुशासन, विधिबिहिनता र दण्डबिहिनतालाई निर्ममता पूर्वक नियन्त्रण गर्ने कुराको प्रतिबद्धता देखाउन नसकेको भन्दै आलोचना गरेका हुन् । उनले नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको विषयमा नीति तथा कार्यक्रम केन्द्रीत हुनुपर्ने भन्दै यस्तो कुराको प्रतिबद्धता र इच्छाशक्तिको कमि भएको बताए ।उनले भने, ‘हाम्रो जस्तो देशमा नीति तथा कार्यक्रम सिमान्तकृत र गरिबीको रेखा मुनि रहेका नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको कार्यक्रममा नै केन्द्रीत हुनुपर्छ । मुलुक ऋणको भारि…
काठमाडौँ । मे ७, २०२५ मा भ्याटिकनमा सुरु भएको पोप सम्मेलनको पहिलो दिन नयाँ पोप निर्वाचित हुन सकेनन् । पहिलो चरणमा १३३ कार्डिनलहरूले मतदान गरे, तर कुनै पनि उम्मेदवारले आवश्यक दुई तिहाइ बहुमत (८९ मत) प्राप्त गर्न सकेनन्।रोमन क्याथोलिक चर्चको सिस्टिन चैपलको चिम्नीबाट कालो धुवाँ निस्किरहेको थियो, जसले नयाँ पोप अझै छनोट नभएको संकेत गरेको थियो । सम्मेलन अब मे ८, २०२५ मा सरेको छ । आज चार चरणको मतदान हुनेछ, बिहान दुई र दिउँसो दुई । यो प्रक्रिया नयाँ पोप निर्वाचित नभएसम्म जारी रहनेछ ।सिस्टिन चैपलमा औपचारिक जुलुस र प्रत्येक कार्डिनलले गोपनीयताको शपथ ग्रहण गरेपछि, पहिलो चरणको मतदान राति…
काठमाडौँ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।एरोट्रान्स कम्पनीको हेलिकप्टर आज बिहान सहस्त्रधारा हेलिप्याडबाट हर्षिलका लागि उडेको बताइएको छ ।हेलिकप्टरमा पाइलट सहित सात जना सवार थिए, जसमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते छन् । विमानमा सवार चार जना मुम्बईका र दुई जना आन्ध्र प्रदेशका रहेको बताइएको छ ।उत्तराखण्डमा हाल चारधाम यात्रा चलिरहेको छ। केदारनाथ, बद्रीनाथ र गंगोत्री-यमुनोत्रीको दर्शन गर्न ठूलो संख्यामा तीर्थयात्रीहरू आइपुगेका छन् । केही मानिसहरू पैदल हिँडेर निस्किएका छन् भने धेरैजसो हेलिकप्टर सेवाबाट पुगिरहेका छन् ।
काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने सडकमा आज बिहान तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन् ।उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार आज बिहान साढे बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१-०२६च २९२७ भ्यान र बा.प्र.२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए । बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी तामाङ गम्भीर घाइते भएकी थिइन् ।…
काठमाडौँ । प्रधानमन्त्री शाहबाज शरीफले भारतसँग बदला लिने दाबी गरेको छन् । बुधबार पाकिस्तानको संसदमा बोल्दै प्रधानमन्त्री शरीफले भारतले कायरतापूर्ण आक्रमण गरेको बताउदै यसको उचित समयमा बदला लिने बताएका हुन् । उनले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको समेत दाबि गरेका छन् ।संसदमा प्रधानमन्त्री शरीफले ५ वटा भारतीय लडाकु विमान खसालेको, जसमा ३ वटा राफेल लडाकु विमान रहेको बताएका छन् । उनले भारतको कारबाहीका कारण पाकिस्तानले जित हासिल गरेको बताए । उनले पाकिस्तानका तीनै सेनाले धेरै दिनदेखि तयारी गरिरहेका थिए, जसका कारण उनीहरूले भारतीय विमानहरूलाई खसाल्न सफल भएको संसदमा बताए ।यसअघि, शाहबाज शरीफ राष्ट्रिय सुरक्षा परिषद्…
काठमाडौँ । म्यानमारबाट १२ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । अनलाइन स्क्यामिङ्ग कार्यमा लगाइएका नेपाली नागरिकहरुलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुदै थाइल्याण्ड ल्याई एक जना महिला र ११ जना पुरुषहरुलाई नेपाल फर्काएको हो ।नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा दुताबासले अनुरोध समेत गरेको छ ।
काठमाडौँ । जारी आईपीएलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या र सम्पूर्ण टोलीलाई यस सिजनमा दोस्रो पटक जरिवाना गरिएको छ । मंगलबार राति सम्पन्न खेलमा मुम्बईका अलावा गुजरात टाइटन्सका मुख्य प्रशिक्षक आशिष नेहरालाई पनि म्याच फिको २५ प्रतिशत जरिवाना गरिएको छ ।ढिलो ओभर रेटका कारण मुम्बईका कप्तान हार्दिक पाण्ड्यालाई २४ लाख भारु जरिवाना गरिएको छ भने प्लेइङ एघारका सबै खेलाडीलाई ६ लाख भारु जरिवाना गरिएको छ ।गुजरात टाइटन्सका मुख्य प्रशिक्षक आशिष नेहरालाई आईपीएल आचारसंहिता उल्लङ्घन गरेको आरोपमा उनको म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ र एक डिमेरिट अंक पनि प्राप्त भएको छ । उनले धारा २.२० अन्तर्गत लेभल १ को…
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाउनु भएको हो ।कायम मुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन् । अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने बताए ।