काठमाडौँ । ललितपुर महानगरले शुक्रबार सार्बजनिक बिदा दिएको छ । महानगरले शुक्रबार राति मछिन्द्रनाथको रथजात्रा तान्नेक्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहुर्त परेको अवसरमा सार्बजनिक बिदा दिएको जानकारी दिएको छ ।
काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) र उनका स्वकीय सचिव भुपदेव साहमाथि ३५ वटा एम्बुलेन्स खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको छ। उक्त मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ। सी–०४०५६९ दर्ता नम्बर भएको उजुरीपत्रमा भनिएको छ कि बालेन साहको निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका विभिन्न पालिकालाई एम्बुलेन्स वितरण गर्ने योजना अघि सारिएको थियो। उजुरीमा भनिएको छ, "यस योजनामा ३५ वटा एम्बुलेन्स खरिद गर्न स्पेसिफिकेशन निर्माण र लागत अनुमानको चरणमै भ्रष्टाचार गर्ने नियत देखिन्छ।" उजुरीमा बालेन साहसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा संलग्न अन्य कर्मचारीहरूमाथि पनि कडा कारबाही गर्न माग गरिएको छ।
काठमाडौं। लामो समयदेखि प्रशासकीय प्रमुखविहीन भएको काठमाडौ महानगर पालिकामा बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद गुरागाईं जिम्मेवारी पद सम्हानल पुगेका थिए । तर काठमाडौ महानगरपालिका प्रमुख मेयर बालेन्द्र साहले उनले कार्यालय पस्न अवरोध खडा गरे। मेयर बालेनले गुरागाइँलाई प्रवेश निशेध गर्न महानगर प्रहरी तैनाथ गरेका हुन् । संघीय सरकारले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरोजप्रसाद गुरागाईलाई निरन्तरता दिने निर्णय गरेको हो। गुरागाईको कार्यालयमा हाजिर हुने तयारीसँगै महानगरपालिका कर्मचारी र नगरपालिकाको नेतृत्वबीच गहिरो टकरावको स्थिति सिर्जना भएको छ। कर्मचारीहरुले गुरागाईलाई स्वागत गर्न गेटमा जम्मा भएपछि वडाध्यक्षहरु समेत उनको स्वागत गर्न उपस्थित भएका छन्। महानगरका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन…
काठमाडौ। काठमाडौ महानगरपालिकाले एसइइ परीक्षा केन्द्रबाट घर फर्किन समस्या भएका विद्यार्थिहरूका लागि सहायता प्रदान गर्ने सूचना जारी गरेको छ। महानगरपालिकाले अभिभावकलाई सूचित गरेको छ कि यदि विद्यार्थीलाई परीक्षा केन्द्रबाट घर फर्कन सवारी साधनको समस्या आइपरेको छ भने, निम्न फोन नम्बरमा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सकिनेछ। परीक्षामा खटिएका केन्द्राध्यक्ष र शिक्षकहरुलाई पनि विद्यार्थीहरुलाई घर फर्काउन सहजीकरण गर्न र आवश्यक परे आफैँ सुविधा लिन अनुरोध गरिएको छ। सम्पर्क नम्बरहरु: बानेश्वरतर्फका लागि नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल, फोन नं. ९८५१०६८०९६ रत्नपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, फोन नं. ९८५१०९३१७६ नयाँ बसपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट, फोन नं. ९८५१२३३६३३ टेकुतर्फका…
बिर्तामोड, ३१ साउन : बिर्तामोडमा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ। हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६,७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको हो । वडा नम्बर ६ को देउनिया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टासम्मको ९ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको कोषले जनाएको छ ।तारबार निर्माण कार्यको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिहीबार (आज) शिलान्यास गर्नु भयो । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने बताउनु भयो । उहाँले बढ्दो मानविय क्षति कम गर्नका लागि विद्युतिय तारबार…
सुरुङ्गा साउन १५।। झापाको कनकाई नगरपालिकाले विद्युतीय गाडी खरीद गरेको छ । कामको सिलसिलामा भाडाको गाडी प्रयोग गर्दै आएको नगरपालिकाले सोको अन्त्यका लागि गाडी खरीद गरेको हो । इन्धन खपतमा न्यूनीकरण गर्ने र विद्युतीय गाडीको प्रबद्धन गर्ने सरकारी योजना अनुरुप नै नगरले विद्युतीय गाडी खरीद गरेको नगरपालिकाले जनाएको छ । नगरको कामका लागि गाडी अपुग भएर भाडामा ल्याउनु पर्ने भएपछि त्यसको अन्त्यका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको करिब ७ वर्षपछि पहिलो पटक सानो विद्युतीय गाडी किनिएको नगरका रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालले बताउनुभयो । आर्थिक वर्षको सुरुवाति चरणमा गाडी नचाहिने भए पनि आर्थिक वर्षको अन्त्यतिर २–३ महिनामा…
बिर्तामोड आसर ८।। जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित बिर्तामोड नगरपालिकाले छ वर्षका अवधिमा सडक पूर्वाधारको क्षेत्रमा विभिन्न योजना सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतराले सडक कालोपत्रे, ग्राभेलिङ, पेवर्स बिछ्याउने, पुल, कल्भर्ट बनाउने काम जारी रहेको बताएककी छीन् । उनका अनुसार छ वर्षको अवधिमा ९१ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । नगरमा दुई सय ८७ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ गरी स्तरोन्नति गरिएको छ । हामीले सुरुमा सडक, पुल, कल्भर्ट जस्ता भौतिक पूर्वाधारको कार्यलाई प्राथमिकतामा राखेर काम गर्यौँ उनले भनीन, अबको हाम्रो लक्ष्य शिक्षा, स्वास्थ्य र कृषिलाई अघि बढाउने भन्ने छ ।’ नगर क्षेत्रमा एक…
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…