Skip to main content

Babai News

Breaking News 3

धनकुटा बस दुर्घटनाका मृतक तीनको परिचय खुल्यो, ११ जना घाइते

धनकुटा बस दुर्घटनाका मृतक तीनको परिचय खुल्यो, ११ जना घाइते

काठमाडौं । धनकुटाको गोठगाउँमा सोमबार भएको यात्रुबाहक बस दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धरानबाट भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका-६ स्थित कोशी लोकमार्गमा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो । दिउँसोको समयमा भएको यस दुर्घटनामा घटनास्थलमै एक जनाको मृत्यु भएको हो भने दुई जनाले उपचारका क्रममा ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा बस चालक सुनसरी धरान उपमहानगरपालिका-१३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर नगरपालिका-११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका-६ की ७३ वर्षीया…
Read More
आज दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

आज दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

काठमाडौँ- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको…
Read More
लघुकथा : जनैको साँचो

लघुकथा : जनैको साँचो

 " समयले  नेटो काट्यो , अब कति बाँचुला र खै ? जहान पनि खसेर गई ।  " गनगनाए पण्डित  पण्डित्याई गरेर जसोतसो गुजारा चलाएको छु ।" म मरेपछि के हाल होला, केही गर्न खोज्दैनन् ? " फेरि फत्फताए ।  जेठो छोरो  अल्छी छ ,  सुतिरहन्छ । माहिलो छोरो घरमा एकछिन बस्ने होइन, डुलिरहन्छ । कान्छो सानै छ । खै के गरी खालान् ?" विरक्तिए पण्डित घरको यत्रो जिम्मेवारी छ । लिनै खोज्दैनन् , " यी तीनजना मध्ये कसले गर्छ  ? त्यो पनि मलाई थाहा छैन । "  एकदिन तीनैजना छोराहरूलाई बोलाएर  खाली कोठा देखाउँदै भने,  "तिमीहरुको स्व: विवेकले त्यो कोठामा…
Read More
मन्त्रिपरिषद् बैठक स्थगित

मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । आज बिहान बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक अन्तिम समयमा आएर अचानक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले १० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । सिंहदरबारमा हुने भनिएको मन्त्रिपरिषद् बैठकसँगै नव नियुक्त राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको हाे। प्राप्त जानकारी अनुसार विशेष कारण बस बैठक स्थगित भएको हो ।  
Read More
कोशी प्रदेश लगानी सम्मेलन सुरु

कोशी प्रदेश लगानी सम्मेलन सुरु

विराटनगर । ‘लगानी गर्न समयानुकूल वातावरण छ ’ भन्ने सन्देश दिने ध्येयले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ आजदेखि यहाँ सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
Read More
इन्टर मायमी च्याम्पियन्स कपको सेमिफाइनलबाटै बाहिरियो

इन्टर मायमी च्याम्पियन्स कपको सेमिफाइनलबाटै बाहिरियो

एजेन्सी : अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा जोर्डी अल्बाले खेलको सुरुवाती समयमा गोल गर्दै खेलमा इन्टर मायमीलाई फर्काएका थिए । तर मिडफिल्डर सबास्टियन बेर्हाल्टरले उत्कृष्ट प्रदर्शन गर्दै १ गोल र २ असिस्ट दिएपछि भान्कुभर जित दर्ता गर्न सफल रह्यो ।
Read More
८.१४ अंकले घट्यो सेयर बजार

८.१४ अंकले घट्यो सेयर बजार

काठमाडौँ । बुधबार सेयर बजार ८.१४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६२३ अंकमा झरेको छ । दिनभर कारोबारका क्रममा आजको अधिकतम अंक २६४२ रह्यो । बजारको परिसूचक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३७ करोडको भयो । १०७ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने एउटाको स्थिर रहेको छ। अधिकांश सेक्टरका सूचक घटेका छन् ।
Read More
धनगढीबाट बैतडी जाँदै गरेको हाइस दुर्घटना, एकको मृत्यु,६ घाइते

धनगढीबाट बैतडी जाँदै गरेको हाइस दुर्घटना, एकको मृत्यु,६ घाइते

डोटी : डोटीमा बिद्युतीय हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मंगलबार राति करिब ११ :३० बजेतिर जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा  दुर्घटनामा भएको हो । कैलालीको धनगढीबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको सु.प.प्र ०२००१ ज ०५६७ नम्बरको विद्युतीय हाइस अनियन्त्रित भई सडकबाट ५०/६० मिटर तल खस्दा एकजनाको मृत्यु भएको र ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा बैतडी डिलासैनी गाउँपालिका–४ का ४५ वर्षीय हर्क बहादुर नेगीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु्र्‍याइएको थियो । उनको उपचारका क्रममा…
Read More
शुक्रवारसम्म नै देशका धेरै ठाउँको मौसम बदली हुने : हावाहुरी र पानी पर्ने सम्भावना

शुक्रवारसम्म नै देशका धेरै ठाउँको मौसम बदली हुने : हावाहुरी र पानी पर्ने सम्भावना

काठमाण्डौ : अबका तीन दिन पर्सि शुक्रवारसम्म नै देशका धेरैजसो ठाउँमा मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रमा हावाहुरी र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो । आज दिउँसो देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । यो क्रम तीन दिनसम्म नै रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही ठाउँमा हिमपातको पनि सम्भावना छ । महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी तथा स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । अहिले कोशी प्रदेशका थोरै ठाउँहरूमा…
Read More
उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

बेइजिङ । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ । राजधानी बेइजिङबाट करिब पाँच सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको लियाओयाङ सहरमा आगलागी भएको हो । “अप्रिल २९ को दिउँसो १२ः२५ बजे एउटा रेस्टुरेन्टमा आगलागी भएको थियो”, सिसिटिभीले भन्यो, “दिउँसो २ बजेसम्म यस घटनामा २२ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् ।” राष्ट्रपति सी जिनपिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र यसबाट सिकिएका पाठहरू ‘अत्यन्त गम्भीर’ भएको बताउनुभएको सिसिटिभीले जनाएको छ । उहाँले ‘घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टि व्यवस्था…
Read More