Babai News

अन्तर्राष्ट्रिय

भारतको मेघालयमा तिन नेपाली सहित चार जनाको विभत्स हत्या

भारतको मेघालयमा तिन नेपाली सहित चार जनाको विभत्स हत्या

  भारतको मेघालयमा तिन नेपाली सहित चार जनाको विभत्स हत्या भएको पाइएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका काउन्सेलर एसएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार हत्या गरिएका चारमध्ये तिन नेपाली र एक भारतीय नागरिक भएको पुष्टि भएको छ । एसएसपी चतुर्वेदीका अनुसार हत्या भएकामध्ये एकजना इलामका २३ वर्षीय रवि राई रहेका छन् । रवि राईको दिदी देवी राई समेत मेघालयमै रहेको कारण उनले भाइको शव पहिचान गरेकी हुन् । राई मेघालयकै कोइला खानीमा काम गर्ने गरेको प्रारम्भिक जानकारी आएको छ । हत्या गरिएकामध्ये अर्का एकजना मेघालयकै स्थानीय युवा रहेको पाइएको छ । बाँकी दुईजना भोजपुर र धरान ९सुनसरी०का युवा भनिएपनि हालसम्म पुष्टि भएको…
Read More
युरोकप फुटबलको सेमिफाइनल समीकरण पुरा

युरोकप फुटबलको सेमिफाइनल समीकरण पुरा

  जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । आज बिहान नेदरल्याण्ड्स र टर्कीबीचको क्वार्टरफाइनल खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको हो । २४ देशले भाग लिएको यस प्रतियोगितामा अब चार देश सेमिफाइनलमा पुगेका छन् । जसमा स्पेन, फ्रान्स, इङल्याण्ड र नेदरल्याण्ड्स रहेका छन् । क्वार्टरफाइनलमा स्पेनले आयोजक जर्मनी, फ्रान्सले पोर्चुगल, इंग्ल्याण्डले स्वीट्जरल्याण्ड तथा नेदरल्याण्ड्सले टर्कीलाई हराएर सेमिफाइनलमा पुगेका हुन् । अब सेमिफाइनलमा स्पेन र फ्रान्स तथा इङल्याण्ड र नेदरल्याण्ड्स भिड्ने छन् । युरोकप सेमिफाइनलका खेल जुलाई १० र ११ तथा फाइनल खेल जुलाई १५ मा हुनेछ । सेमिफाइनल र फाइनलका खेल नेपाली समय…
Read More
ब्राजिल कोपा अमेरिका को क्वाटरफाइनलबाटै  बाहिरियो

ब्राजिल कोपा अमेरिका को क्वाटरफाइनलबाटै  बाहिरियो

  एजेन्सी – ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाटै  बाहिरिएको छ । अमेरिकाको फिनिक्समा भएको कवातर उरुग्वेले टाइब्रेकरमा जित हासिल गर्दा ब्राजिल बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४-२ को जित दर्ता गर्यो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले टाइब्रेकरमा गोल गर्न सकेनन । उरुग्वेका कप्तान जोसे जिमिनेजले गोल गर्न नसकेपनि अन्तिम प्रहारमा म्यानुएल उगार्टेले गोल गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । त्यसअघि कोलोम्बियाले पानामालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । अब उरुग्वे र कोलोम्बियाले सेमिफाइनलमा खेल्नेछन् । अघिल्लो दिन…
Read More
टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स युरोकपको सेमिफाइनलमा

टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स युरोकपको सेमिफाइनलमा

  एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । यसअघि दिनको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । स्पेनले ड्यानी ओल्मोको गोलमा अग्रता लिएपनि फ्लोरिएन वर्ट्जले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गरे । तर अतिरिक्त ३० मिनेटको अन्तिम समयमा मिकेल मेरिनोले उत्कृष्ट हेडर गोल गर्दै स्पेनलाई अन्तिम…
Read More
जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरोकप को सेमिफाइनलमा प्रवेश

जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरोकप को सेमिफाइनलमा प्रवेश

  एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल बारेको हो । ११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्याएका हुन् । डयानी ओल्मोको क्रसमा हेडर प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन् । त्यसअघि निर्धारित समयको ५१औं मिनेटमा ड्यानी ओल्मोको गोलमा स्पेनले खेलमा अग्रता लिएको थियो । खेलको…
Read More
भारतीय क्रिकेट कन्ट्रोल बोर्डद्वारा टी–२० विश्वकप जित्ने  टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा

भारतीय क्रिकेट कन्ट्रोल बोर्डद्वारा टी–२० विश्वकप जित्ने टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा

  भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेको छ । बीसीसीआई सचिव जय शाहले सोसल मिडिया एक्समा पोस्ट गर्दै विश्वकप विजेता भारतीय टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आइसीसी पुरुष टि २० विश्व कप २०२४ जित्ने टीम इन्डियाको लागि १२५ करोडको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । टोलीले टूर्नामेंटभरि असाधारण प्रतिभा, दृढता र खेलकुद प्रदर्शन गरेको छ । यस उत्कृष्ट उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई !’
Read More
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि

आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । भारत जारी प्रतियोगितामा अपराजित रह्यो। भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनमात्रै बनाउन सक्यो। दक्षिण अफ्रिकाका हाइनरिक क्लासनले सर्वाधिक ५२ रन बनाए। २७ बल खेलका उनले दुई चौका र पाँच छक्का प्रहार गरे। क्विन्टन डी कक ३९, ट्रिस्टन स्टब्स ३१ र डेभिड मिलर २१ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।…
Read More
पटाका कारखानामा  विस्फोट, चार जनाको मृत्यु

पटाका कारखानामा  विस्फोट, चार जनाको मृत्यु

काठमाडौं। असार १५।। भारत स्थित दक्षिणी राज्य तमिलनाडुको एक पटाका बनाउने कारखाना शनिबार  विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।अन्य केही घाइते भएको अधिकारीले बताएका छन् । घटना चेन्नईबाट ५५३ किलोमिटर दक्षिणपश्चिममा रहेको विरुधुनगर जिल्लाको सतूर नजिकैको बन्दुवरपट्टी गाउँमा भएको जनाइएको छ । प्रहरीका अनुसार विस्फोट हुँदा दर्जनौँ व्यक्ति कारखानामा काम गरिरहेका थिए । विस्फोटका कारण कारखानामा आगो लागेको थियो । घटनालगत्तै आगो नियन्त्रणका लागि दमकल तथा उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।घटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
Read More
आईसीसी टि-२० विश्वकप २०२४  उपाधिका लागि  भारत र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दै।

आईसीसी टि-२० विश्वकप २०२४ उपाधिका लागि भारत र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दै।

– आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दैछन। दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो। भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ। दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो। यो विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको थियो। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई सेमिफाइनलमा ५६ रनमा समेटेर विश्वकपमा इतिहाससमेत बनाएको छ। पहिलो सेमिफाइनलमा…
Read More
इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा

झापा असार १४ । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई हराउँदै भारत आइसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो। भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६ ।४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो। इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले १९ बलमा २५ तथा कप्तान जस बटलरले १५ बलमा २३ रन बनाए। जोफ्रा आर्चरले १५ बलमा २१ तथा लियम लिविगंस्टनले १६ बलमा ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्। बलिङतर्फ भारतका लागि अक्षर पटेल र कुलदिप यादवले समान तीन तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए। त्यसअघि टस…
Read More