Babai News

अपराध

रवीन्द्र मिश्रलगायतका नेताहरूको कानुनी प्रक्रियाको जिम्मेवारी राप्रपाले लिने

रवीन्द्र मिश्रलगायतका नेताहरूको कानुनी प्रक्रियाको जिम्मेवारी राप्रपाले लिने

काठमाडौँ । गत बर्षको चैत्र १५ गते तीनकुने घटनामा संलग्न भएको आरोपमा मुद्दा खेपिरहेका नेताहरूको कानूनी प्रक्रियाको जिम्मेवारी राप्रपाले लिने भएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अब राप्रपाले आफ्नै खर्चमा नेताहरूको कानूनी प्रक्रियाको जिम्मेवारी लिने भएको हो । अध्यक्ष राजेन्द्र लिङदेनले यसका लागि आवश्यक तयारी गर्न राप्रपासम्बद्ध कानून व्यवसायी सङ्गठन र अधिवक्ताहरूलाई आग्रहसमेत गरेका छन् । अहिले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका नेताहरू थुनामा छन् ।
Read More
तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न शिव सेना नेपाल मोरङका अध्यक्ष बस्नेत पक्राउ

तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न शिव सेना नेपाल मोरङका अध्यक्ष बस्नेत पक्राउ

काठमाडौँ । गत चैत्र १५ गते, जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिकाको तीनकुने क्षेत्रमा आगलागी र तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले शिव सेना नेपाल मोरङका अध्यक्ष अनिल बाबा भन्ने अनिल बस्नेतलाई नियन्त्रणमा लिएको छ । तिनकुनेमा 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल' द्वारा आयोजित प्रदर्शनमा क्रममा भएको घटनामा संलग्न रहेको आरोपमा ४७ बर्षिय बस्नेतलाई नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट दिन २ (दुई) को मिलान म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।
Read More
भक्तपुरबाट जुवातास खेलिरहेका १६ जना पक्राउ

भक्तपुरबाट जुवातास खेलिरहेका १६ जना पक्राउ

भक्तपुर । मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका-८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ४१ वर्षीय भिम प्रधान समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली मनहरा आँखा अस्पताल नजिकै चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने दोलखा घर भएका ४० वर्षीय धन बहादुर फुयालको मुस्ताङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर हरिसिद्धि बस्ने काभ्रे तेमाल घर भएका ३२…
Read More
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५  घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् । पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट…

तीनकुनेमा आगजनी र तोडफोडमा संलग्न थप एक जना पक्राउ

तीनकुनेमा आगजनी र तोडफोडमा संलग्न थप एक जना पक्राउ

काठमाडौँ । प्रहरीले गत चैत्र १५ गते तीनकुनेमा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षक माथि आक्रमण र दुर्व्यवहार गर्ने तथा सरकारी गाडी तोडफोड, आजगनी गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गुल्मी, रुरुक्षेत्र गाउँपालिका ६ घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका १० मनमैजु बस्ने ३९ बर्षिय मन बहादुर कालामगर रहेका छन् । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Read More
धितोपत्र बोर्डमा अख्तियारको छापा

धितोपत्र बोर्डमा अख्तियारको छापा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा छापा मारेको छ । अख्तियारको एक टोलीले बुधबार बिहान साढे ११ बजे ललितपुर, खुमलटारस्थित बोर्डको कार्यालय पुगेर कागजात नियन्त्रणमा लिएको छ । अख्तियारबाट खटिएको तीन सदस्यीय टोली दिनभर विभिन्न फाइलहरू अध्ययन गरेको र साँझ ४ बजे मात्र कार्यालयबाट बाहिरिएको बोर्डका एक कर्मचारीले जानकारी दिएका छन् ।बोर्डले आईपीओ अनुमति दिएका, अनुमतिका लागि प्रक्रियामा रहेका कम्पनिसँग कमिसन मागिएको विषय संसदमा उठेपछि तत्काल अख्तियारले एक्सन लिएको बुझिएको छ । २२ महिनायता करिब ८९ कम्पनीको आईपीओ अनुमति रोकेको बोर्डले ७ प्रतिशतसम्म कमिसन उठाउन बिचौलिया परिचालन गरेको भन्दै जलविद्युत् प्रवर्द्धकहरूले माग गरेपछि यो विषय बाहिर…
Read More
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने गुल्मी धुर्कोट गाउँपालिका-३ घर भएका २८ वर्षीय दिपेन्द्र महतलाई प्रहरीले पक्राउ गरेको छ । महतले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
Read More
भाटभटेनी सुपरमार्केटबाट २ लाख १७ हजार बराबरको चोरी गर्ने पक्राउ

भाटभटेनी सुपरमार्केटबाट २ लाख १७ हजार बराबरको चोरी गर्ने पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ नक्साल स्थित भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबाट रक्सी, चुरोट र सितन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३७ वर्षीय विमल श्रेष्ठ रहेका छन् ।श्रेष्ठले गत वैशाख २० गते भाटभटेनीको ग्रोसरी डिपार्टबाट २ लाख १७ हजार ९६६ रुपैयाँ बराबरको सामान चोरी गरी फरार भएका थिए ।उनलाई २१ गते भक्तपुरको ठिमीबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ
Read More
बाल मन्दिर जग्गा प्रकरणमा वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चल्ने

बाल मन्दिर जग्गा प्रकरणमा वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चल्ने

काठमाडौं । बाल मन्दिर जग्गा प्रकरणमा उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रिता वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चल्ने भएको छ ।महान्यायाधिवक्ताको कार्यालयले उक्त बाल मन्दिर जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय गरेको र अहिले प्रक्रिया सुरु भइसकेको बताइएको छ ।नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा हिनामिना भएको बताइएको छ । कौडीको मूल्यमा ७९ वर्षका लागि बाल मन्दिरको जग्गा भाडामा दिएर व्यक्तिगत रुपमा आर्थिक लाभ लिएको आरोप छ ।उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय र उच्च सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । यस प्रकरणमा यसअघि दुई तहको सरकारी वकिलको कार्यालयबाट…
Read More