बुद्धशान्ति , माघ १६ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ । आज भएको क्वाटर फाईनल खेलमा गौरादहले अर्जुनधारालाई र मेचिनगरले कचनकवललाई पराजित गरे सङ्गै सेमिफाइनलको समीकरण पूरा भएको हो । आज भएको पहिलो खेलमा गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई ७२ रनले पराजित गर्दै सेमीफाईनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर पहिले ब्याटिङको गरेको गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई २१६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । गौरादहका लागि सुरज न्यौपानेले ७५ र अर्जुन यादवले ३४ रन बनाएका थिए। ठूलो लक्ष्य पछ्याउने क्रममा अर्जुनधारा १९.५ ओभरमा…
बुद्धशान्ति , माघ १५। बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगितामा बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका सेमी फाइनलमा प्रबेश गरेका छन् । आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई १९८ रनले पराजित गर्दै सेमीफाईनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर पहिले ब्याटिङको गरेको बिर्तामोड नगरपालिकाले झापा गाउँ गाउँपालिकालाई विशाल २५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । बिर्तामोडका लागी कप्तान समीर कार्कीले ७६ र सुवान्स बजगाईले ६७ रन बनाएका थिए। ठूलो लक्ष्य पछ्याउने क्रममा झापा १३.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५४ रन बनाउन सफल भयो। बिर्तामोड लाई बिजय दिलाउन…
बिर्तामोड, माघ १५ । आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को खेलतालिका सार्वजनिक गरिएको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब खेल्ने आज पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेल आयोजक नव ज्योति युवा क्लब र रेड हर्स एफसी इलामबीच हुने क्लबका उपाध्यक्ष खेमराज श्रेष्ठले जानकारी दिए । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेलमा भारतको सिलिगुडी युनाइटेडले न्यु स्टार एफसी सुनसरीका विरुद्धमा खेल्नेछ । अन्तिम क्वार्टर फाइनल खेल प्लानिङ ब्वाइज काठमाडौँ र मानेभञ्ज्याङ एफसी दार्जिलिङबीच हुनेछ । नव ज्योति युवा क्लबको…
बुद्धशान्ति , माघ १४ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगितामा गौरादह र कचनकवल गाउँपालिका क्वाटर फाइनलमा प्रबेश गरेका छन् । आज भएको पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्दै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको गौरादहले बुद्धशान्तिलाई २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा बुद्धशान्तिले ८ विकेटको क्ष्यतिमा १७८ रन बनायो । गौरादहलाई जितका लागि सुरज न्यौपाने ५४,अर्जुन यादब ५० रन बनाएका थिए भने बुद्धशान्तिका लागि आदि हाङ फागोले ४०, कप्तान अर्पण कार्किले ३४ र पारस निरौलाले ३२…
बुद्धशान्ति, माघ १३ । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका T-20 क्रीकेट प्रतियोगिताको आजको खेलमा झापा गाउँपालिका र मेचिनगर नगरपालिका बिजयी भएका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका बिचको खेलको निर्णय सुपर ओभर बाट लिईएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको झापा गाउँपालिकाले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको शिवसताक्षी नगरपालिकाले अलआउट हुँदै समान १६३ रन बनाउन सफल भयो । शिवसताक्षीका लागि २८ बलमा ९४ रन बनाएका सुजन थपलियाको पारी जितमा परिणत हुन भने असफल भयो । अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा…
आयुष निरौला, बुद्धशान्ति माघ १२ । डिफेन्डिङ च्याम्पियन बिर्तामोड नगरपालिका र कन्काई नगरपालिका बुद्धशान्तिमा जारी दोश्रो संकरणको झापा जिल्ला अन्तरपालिका T-20 क्रीकेट प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेका छन् । आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले कमल गाउँपालिका लाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २१४ रन बनाएको थियो। २१५ रनको लक्ष्य पछ्याएको कमल गाउँपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १२७ रन मात्रै बनाउन सफल भयो । बिर्तामोडका लागि २७ बलमा ५४ रन बनाएका आदर्श सरिया म्यान अफ दि म्याच घोषित भए । त्यसैगरी दोश्रो खेलमा…
बिर्तामोड, माघ ११ । झापाको बुद्धशान्तिमा जारी दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरले दमक नगरपालिकालाई १० विकेटको फराकिलो अन्तरले हराएको हो । प्रतिकुल मौसमका कारण आज २० ओभरको खेललाई छोट्याएर १०–१० ओभरमा झारिएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको दमकले १० ओभरमा ६ विकेट गुमाउँदै भद्रपुर लाई ७५ रनको लक्ष्य दिएको थियो । दमकका लागि संगम बुढाथोकीले १६ बलमा २५ रन जोडे भने सचिन श्रेष्ठले १८ बल खेल्दै २० रन जोडेका थिए । अन्य खेलाडीले खासै राम्रो खेल्न सकेनन् । भद्रपुरका प्रवेश कामतीले…
बुद्धशान्ति, ११ माघ । दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिका खेल्दै छन् । त्यसैगरी भोलि बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ भने सोही दिन कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्नेछ । त्यस्तै, माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् । माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ । खेल बुद्धशान्ति-३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुनेछ भने प्रतियोगितामा झापाका १५ वटै पालिका सहभागी रहेको बर्खा प्रतिष्ठानका…
झापाको बुद्धशान्तिमा यहि माघ ११ गते देखि हुन लागेको दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका पुरुष क्रिकेट प्रतियोगिताका लागि बुद्धशान्ति गाउँपालिकाको खेलाडी छनोट गरिएको छ । आज खेल मैदान स्थलमा भएको छनोट खेलमा १५ जना खेलाडी छानिएको खेलकुद बिकास समिती बुद्धशान्तिका संयोजक पर्शुराम चेम्जोङले जानकारी दिएका छन् । अर्पण कार्किको कप्तानिमा पारस निरौला (उपकप्तान) , मन्जिल पौडेल , आदिहाङ फागो, प्रकाश खनाल,पर्शुराम पौडेल , प्रबिन कोइराला , रिजन आङ्देम्बे, टेकेन्द्र कार्की, पंकज तिम्सिना , सचिन लिम्बू, रिकेस आङदम्बे, आगल्स अधिकारि, असिम रिजाल, कौशल ढकाल छानिएको मुख्य प्रशिक्षक गोकुल पौडेलले जानकारी दिए । त्यसैगरी वैकल्पिकमा साजन गदाईली, प्रीन्स गुप्ता र आदर्श…
बिर्तामोड । झापा गोल्डकपको अध्यक्ष पदमा बिर्तामोडका केदार गिरी सर्वसम्मत चयन भएका छन् । अध्यक्षका प्रत्यासी बलराम कार्कीले उम्मेदवारी फिर्ता लिएपछी गिरी सर्बसम्मत अध्यक्ष चयन भएका हुन् । कार्यसमिति सर्बसम्मत बनाउन तीनदिनसम्म छलफल चलेको थियो । लामो रस्साकस्सीपछि अध्यक्षका उम्मेदवार कार्की पछि हटेका हुन् । अध्यक्षसँगै कार्यसमितिको सम्पुर्ण पदमा सर्बसम्मत नतिजा आएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) यसअघि नै निर्विरोध भएका थिए । पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक सदस्य थिए । कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । सचिवमा प्रकाश शिवाकोटीले उम्मेदवारी फिर्ता लिएर बुद्व…