Babai News

नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

  बिर्तामोड, ०२ असोज : बिर्तामोड नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा भदौ २९ गते आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । 'स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी' विषयमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्तवना भएका थिए । विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश…
Read More
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

  झापा।। आज  असोज ३अर्थात्  १०औँ संविधान दिवस  २०७२ साल असोज ३ गते नेपालमा नयाँ  संविधान जारी भएको थियो । । संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । आज सरकारले सविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक बिदा समेत दिएको छ । ७ दशक लामो संघर्षपछि २०७२ सालमा संविधान जारी गर्नु कम चुनौतीपूर्ण थिएन । लामो संघर्षपछि देशले संविधान पाएको खुसीयालीमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सरकारले घर, कार्यालय तथा आफ्नो राष्ट्रिय झण्डा फहराएर संविधान दिवस हर्षोल्लासका साथ मनाउन आग्रह गरेको छ । साथै आज अपरान्ह ४ बजे संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिक कन्सर्टको समेत…
Read More
बिर्तामोड नगरपालिकाद्वारा उत्कृष्ट शिक्षक पुरस्कृत

बिर्तामोड नगरपालिकाद्वारा उत्कृष्ट शिक्षक पुरस्कृत

  बिर्तामोड, २ असोज : बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आज नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहका एक एक जना गरि ३ जना शिक्षकलाई राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१को अवसरमा पुरस्कृत गरिएको हो । पुरस्कृत हुने उत्कृष्ट शिक्षकहरुमा माध्यमिक तहबाट महेन्द्ररत्न माध्यमिक विद्यालयका शिक्षक तुलसीराम खरेल, निम्न माध्यमिक तहबाट विरअमरसिंह माध्यमिक विद्यालयका शिक्षक हेमकुमार उप्रेती र प्राथमिक तहबाट जनता प्राथमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद गौतम रहनु भएको छ । आवेदन परेका विभिन्न १७ वटा निवेदनमाथि २० वटा सूचकको आधारमा उत्कृष्ट शिक्षक छनोट गरिएको समितिका संयोजक पूर्व…
Read More
अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्दै फाल्गुनन्दका किसान

अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्दै फाल्गुनन्दका किसान

  पौवा सारताप ।। पूर्वी पहाडी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाका कृषकमा नगदेबाली अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य खेति  छाडेर यहाँका अधिकांश किसानहरू अकबरे खुर्सानीको व्यावसायिक खेती गरिरहेका छन् । फाल्गुनन्द गाउँपालिकाका सातवटै वडा नवमीडाँडा , ईम्बुङ, पौवासारताप, चिलिङदिन   फाक्तेप,आङसराङमा व्यावसायिक खुर्सानी खेती भइरहेको छ।  यहाँ उत्पादित अकबरे खुर्सानी स्थानीय बजार घुर्बीसे पञ्चमी, राके र फिदिम लगायतका  स्थानीय  बजारहरूमा बिक्री हुने गर्दछन् खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । पालिकामा उत्पादन भएको खुर्सानी स्थानीय बजारमा मात्र खपत हुँदैन । यसको माग भारतीय बजार देखि झापा बिर्तामोड र काठमाडौँसम्म पनि उत्तिकै छ । अकबरेको…
Read More
परियार र पौडेललाई उत्कृष्ट पत्रकारिता पुरस्कार

परियार र पौडेललाई उत्कृष्ट पत्रकारिता पुरस्कार

  बिर्तामोड असोज २।। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो  १४ औँ वार्षिक साधारणसभाकाे अवसरमा  झापाका दुई जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ । बुधबार बिर्तामोडमा आयाेजित  वार्षिक साधारणसभा कार्यक्रममा उनीहरूलाई नगद सहित  पुरस्कृत गरिएको हो । इजलास दैनिकका सम्पादक प्रदीप परियार र निष्कर्ष साप्ताहिकका सम्पादक विष्णु पाैडेललाई उत्कृष्ट सञ्चारकर्मीका रुपमा पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ छ । पुरस्कृत पत्रकारहरूलाई कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, संस्थाका अध्यक्ष सुवास भट्टराई र संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत संयुक्त रुपमा पुरस्कार प्रदान गरेका छन् ।
Read More
आजबाट सोह्र श्राद्ध  सुरु,आज प्रतिपदा तिथिको श्राद्ध गरिँदै

आजबाट सोह्र श्राद्ध  सुरु,आज प्रतिपदा तिथिको श्राद्ध गरिँदै

  बिर्तामोड। असोज २।। आजबाट सोह्र श्राद्ध  सुरु भएको छ । बुधबार आज प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध सुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । मूल वैदिक परम्पराअनुसारको तिथि पत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ । वैदिक परम्परामा तिथि टुट्दैँन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृ पक्षका रूपमा मनाउँछन् । यो बेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ । आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार…
Read More
पूर्वेली ढुवानीले गर्यो विधिवत रुपमा विश्वकर्मा पूजा

पूर्वेली ढुवानीले गर्यो विधिवत रुपमा विश्वकर्मा पूजा

  बिर्तामोड असोज १।।  पूर्वी नेपालको  ढुवानी व्यवसायमा अग्रस्थानमा  रहेको पूर्वेली ढुवानी सेवाले आज विधिवत रुपमा विश्वकर्मा पूजा सम्पन्न गरेको छ। बिर्तामोड –६ स्थित बुट्टाबारीमा २५ वढी ट्रक र अन्य सवारी साधन हरु  एकै स्थानमा राखेर भव्यरुपमा विश्वकर्मा पूजा  गरेको हो । रिबन फूलपाती बेलुन ले सजीसजाउ पारिएका गाडीलाई   पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्री (न्यौपाने) ले ब्राम्हण सहित मन्त्रोचारण गरी फुलपाती, अक्षताले पूजा आराधना गरेर  विश्वकर्माको पूजा गरेका हुन् । आज फलामबाट बनेका औजार तथा  सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । सुनसरीको इटहरीमा…
Read More
बिर्तामोडमा रात्रिकालिक होटल व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाईने

बिर्तामोडमा रात्रिकालिक होटल व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाईने

  बिर्तामोड, ३१ भदौ : बिर्तामोडका रात्रिकालिक होटल व्यवसाय सञ्चालनका विषयमा मापदण्ड बनाईने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको सर्वपक्षिय बैठकले सरोकारवाला पक्षसँग छलफल गरी आवश्यक मापदण्ड बनाएर जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।बिर्तामोडका होटल व्यवसायीले राति १२ बजेसम्म व्यापार गर्ने व्यवस्था मिलाईदिन आग्रह गर्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए । सोहि अनुरुप नगरपालिकाले ईलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायत विभिन्न पार्टी प्रतिनिधि र सरोकारवाला निकायसंगछलफल गरेको हो । बेठकले सबै सरोकारवाला पक्षबाट बजारको अनुगमन गर्ने, बजार क्षेत्रमा जोडिएका सिसि क्यामेराको…
Read More
कोशी प्रदेश स्तरीय पुरुष भेट्रान्स ब्याडमिन्टन सम्पन्न, बोगटी+चौधरी र गुरुङ+ठकुरीको जोडीलाई उपाधि

कोशी प्रदेश स्तरीय पुरुष भेट्रान्स ब्याडमिन्टन सम्पन्न, बोगटी+चौधरी र गुरुङ+ठकुरीको जोडीलाई उपाधि

  भद्रपुर भाद्र ३० ।। कोशी प्रदेशस्तरीय  पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले जितेका छन। आइतवार भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिंखडालाई हराउँदै बोगटी र चौधरीले उपाधि जितेका हुन् । सुरुवाती सेटमा १४–२१ को अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा २१–१७ र २१– १४ को पराजय भोगेपछि खापुङ र सिंखडा दोस्रोमा सीमित भए । उपाधिसँगै भेट्रान्स डबल्स विजेता बोगटी र चौधरीले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाए । उपविजेता बनेका खापुङ र सिंखडाले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाएको आयोजक…
Read More
नेपाल आयल निगमले इन्धनको मूल्य घटायो

नेपाल आयल निगमले इन्धनको मूल्य घटायो

  काठमाडौँ ।। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमले घटेको मूल्य आजै राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ ।
Read More