काठमाण्डौ – सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई पत्राचार गर्दै असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्नेबारेमा जानकारी गराएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा प्रकाशन भइसकेकोले असार १ गतेदेखि नै पढाइ शुरू हुने भनिएको छ । विगतमा एसईई नतिजा प्रकाशन हुन ३ महिनासम्म लाग्थ्यो । यसपालि भने १ महिनामै नतिजा आइसकेको छ । यसअघि असारमा नतिजा प्रकाशन गरेर साउनपछि मात्रै कक्षा ११…
काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेको छ । चाँदीको भाउ घटेर आज ताेलाकाे ४ हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिनुहुने जनाइएको छ । यसैगरी राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३ः१५ बजे बस्दैछ ।
काठमाडौँ । इरान र अमेरिकाबीच जारी युद्ध रोक्न सहमति प्रयास भएको छ । रिपोर्टका अनुसार पाकिस्तानले दुवै देशसमक्ष युद्धविरामको प्रस्ताव राखेको छ । प्रस्तावलाई अस्थायी रूपमा ‘इस्लामाबाद सम्झौता’ नाम दिइएको बताइएको छ । यसलाई दुई चरणमा अघि बढाउने योजना रहेको छ, जसअनुसार पहिलो चरणमा तत्काल युद्धविराम लागू गरिनेछ भने दोस्रो चरणमा १५ देखि २० दिनभित्र अन्तिम सम्झौता टुंग्याइनेछ । पाकिस्तानका सेना प्रमुख असिम मुनीरले अमेरिकी र इरानी नेतासँग रातभर छलफल गरेको जनाइएको छ । प्रस्तावमा होर्मुज जलडमरू पुनः खोल्ने विषय पनि समेटिएको छ, जसले विश्वव्यापी तेल आपूर्ति सहज बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । यसअघि पनि ४५ दिनको अस्थायी…
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी भएका छन् । पाण्डेले ५१४ मत प्राप्त गर्दै अध्यक्षमा जित हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी आङदोर्जी लामाले ४१३ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए । यसैगरी, मंगल शाही नीतिगत उपमहासचिवमा र सन्तोष शाह आन्तरिक उपमहासचिवमा विजयी भएका छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम र सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित भएको…
सुर्खेत । कर्णालीमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । प्रहरीले सुर्खेत बसपार्कबाट पाँच जना यातायात मजदुर पक्राउ गरी मुद्दा चलाएको बिरोधमा कर्णालीमा सञ्चालन भएको सबै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीहरूले शुक्रबारदेखि सबै सार्वजनिक यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन् । उनीहरुले प्रहरीले सार्वजनिक सवारीका चालक तथा मजदुरलाई दुःख दिएको आरोप लगाएका छन् । यातायात व्यवसायीहरूले निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनहरूलाई नियन्त्रणमा लिनुपर्नेमा त्यसतर्फ कुनै कडाइ नगरी उल्टै सार्वजनिक सवारीमाथि मात्र दबाब सिर्जना गरिएको बताएका छन् । कर्णाली प्रदेशका विभिन्न जिल्लामा रातो प्लेटका सवारी साधनले यात्री बोक्ने गर्दछन् । यातयात व्यवसायीले रातो प्लेटका सवारी साधनलाई…
काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । बुधबार काठमाडौँ विश्वको सबैभन्दा प्रदुषित दोस्रो शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले (बिहान ११ बजे) काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको दोस्रो शहर बनेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स १९७ रहेको छ । जसलाई चिन्ताजनक मानिन्छ । काठमाडौँ भन्दा अगाडी भारतको दिल्लीको २१६ रहेको छ । वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि…
काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ । मतगणना अन्तिम चरणमा पुगेको समयमा समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार (बिहान ७ बजेसम्म) अहिलेसम्म एक करोड ७ लाख ३० हजार ५५१ मत गणना भएको छ । निर्वाचन आयोगले आज समानुपातिकको पनि मतगणना सम्पन्न हुने जानकारी दिएको छ । जसमा रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४७.९ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले…
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने संवैधानिक दायित्वअनुसार आयोग पूर्ण रूपमा क्रियाशील रहेको जानकारी दिएका छन् । आयोगका अनुसार यही फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुनेछ । मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य सामग्री सबै मतदान केन्द्रमा पुर्याइसकिएको छ । मतदान केन्द्र निर्माण, व्यवस्थापन, पहुँचको व्यवस्था, लैंगिक तथा अपाङ्गमैत्री संरचना र कर्मचारी परिचालनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । मतदाताले निर्धक्क रूपमा आफूले चाहेको उम्मेदवार…
राजापुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गरेका छन् । बर्दियाका राजापुर नगरपालिका—१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका—५ टीकापुर पार्कसँग जोड्ने कर्णाली नदीस्थित दौलतपुरघाट झोलुङ्गे पुलको बुधबार शिलान्यास गरेका हुन् । शहरी विकास मन्त्रालय मातहत रहेको स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सस्पेन्स बृज डिभिजनमार्फत निर्माण हुने पुलको लम्बाइ ४८२.२० र चौडाइ १.६० मिटर रहेको छ । पुल निर्माणबाट दौलतपुर र टीकापुर क्षेत्र दुवैतर्फका करिब २ हजार घरधुरी लाभान्वित हुनेछन् । पुलको मध्य भागमा फोटो खिच्न मिल्ने गरी आवश्यक संरचना पनि…