काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् । वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो । एकता घोषणासभाकै दिन पार्टीका संरक्षक रेशमलाल चौधरीलाई गिरफ्तार गरेपछि नाउपा सरकारसँग रूष्ट बनेको हो । यता, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी छिट्टै छुट्ने बताएकी छिन् ।
काठमाडौँ :जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित भएको छ। नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि प्रज्ञाप्रतिष्ठानमा आयोजना भएको एकता कार्यक्रम स्थगित भएको जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले जनाएको छ। ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ। नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आजका लागि तय भएको एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।
भारतकाे कोलकाताको सबैभन्दा व्यस्त बुर्रा बजार क्षेत्रमा रहेको एक होटलमा आगलागी हुँदा १४ जनाको ज्यान गएको छ । आगलागी भएको होटलको चौथो तलाबाट हाम फाल्ने क्रममा दुई जना घाइते भएका स्थानीय सुरक्षा निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएराति भएको आगलागीमा फसेका केहीको उद्धार गरिएको छ । विद्युत् शर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । तर विस्तृत अनुसन्धान गर्न विशेष टोली गठन गरिएको छ ।
डोटी : डोटीमा बिद्युतीय हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मंगलबार राति करिब ११ :३० बजेतिर जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा दुर्घटनामा भएको हो । कैलालीको धनगढीबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको सु.प.प्र ०२००१ ज ०५६७ नम्बरको विद्युतीय हाइस अनियन्त्रित भई सडकबाट ५०/६० मिटर तल खस्दा एकजनाको मृत्यु भएको र ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा बैतडी डिलासैनी गाउँपालिका–४ का ४५ वर्षीय हर्क बहादुर नेगीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु्र्याइएको थियो । उनको उपचारका क्रममा…
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनलाई कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । चौधरीलाई त्यहाँबाट डिल्लीबजार कारागार लगिएको छ । रेशमका भाइ मीठूलाल चौधरीले रेशम पक्राउ परेको जानकारी दिए । जनमत पार्टी र नागरिक उन्मुक्तिबीच बुधबार एकता गर्ने तयारी थियो । त्यसकै लागि चौधरी कमलादी पुगेका थिए ।
काठमाडौं । सत्तापक्षीय दलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा बालुवाटारमा केही बेरअघिबाट सत्तापक्षीय दलको बैठक सुरु भएको हो। सरकारले यही वैशाख १९ गते संसद्मा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफलका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक बोलाएका हुन्। प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन् ।
काठमाडौँ । नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । संघको मंगलबार राजधानीमा सम्पन्न छैटौँ साधारण सभाले सिग्देलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा भागवत सिम्खडा, सचिवमा भरतप्रसाद तिमल्सिना, उपसचिवमा अमित बस्ती, कोषाध्यक्षमा राजु थपलिया निर्बिरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक डिल्लीराम सुवेदीले बताए । यसैगरी संघको सदस्यहरूमा ऋषिराज उपाध्याय, उपदेश कुँवर, सुनिता भट्टराई र विदित श्रेष्ठ निर्वाचित भयो । साधारण सभाको उद्घाटन गदै नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले विश्वभर फैलिएका वैदिक सनातन हिन्दु धर्मावलम्बीका लागि पशुपतिनाथ, बौद्ध धर्मावलम्बीका लागि गौतम बुद्ध जन्मिएको स्थल लुम्बिनी र विश्वको सर्वोच्च…
काठमाडौं । भारत र पाकिस्तानबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ । जम्मू–कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले थप सैन्य कारबाहीको योजना बनाइरहेको पाकिस्तानले आरोप लगाएको छ । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले रोयर्टससँगको अन्तर्वार्तामा कुनै पनि बेला ठूलो कदम भारतले चाल्न सक्ने भएकाले आफ्नो सेना तयारी अवस्थामा राखिएको बताएको बीबीसीले जनाएको छ । उहाँले केही रणनीतिक निर्णयहरू गरिएको समेत दाबी गर्नुभएको छ । यी सबैको बीचमा प्रश्न उठिरहेको छ कि के भारत र पाकिस्तान युद्धको नजिक उभिएका छन् र के भारतले आगामी केही दिनमा पाकिस्तानमाथि कुनै प्रकारको कारबाही गर्न सक्छ ? यस्तै संकेत पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आफ्नो पछिल्लो बयानमा…
काठमाण्डौ : अबका तीन दिन पर्सि शुक्रवारसम्म नै देशका धेरैजसो ठाउँमा मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रमा हावाहुरी र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो । आज दिउँसो देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । यो क्रम तीन दिनसम्म नै रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही ठाउँमा हिमपातको पनि सम्भावना छ । महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी तथा स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । अहिले कोशी प्रदेशका थोरै ठाउँहरूमा…
काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र शिक्षक र सरकारबीच हुन लागेको वार्ता भाँड्न उद्धत रहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको अभिव्यक्तिबाट उहाँहरू सरकारसँगको वार्ता संसद्मार्फत् भाँड्न चाहनुहुन्छ भन्ने पुष्टि हुन्छ ।’ ‘सरकार समस्या समाधानका लागि वार्ता गर्न तयार हुने, विषयवस्तु छिटो हल गर्न मेहनत गर्ने, अनि उहाँहरू मन्त्री किन संसद्मा हाम्रो प्रस्तावमा छलफल गर्न आएन भनेर भ्रम छर्न खोज्ने,’ उनले भने, ‘निष्कर्ष उन्मुख बनेको वार्ताको वातावरणलाई संसद् भित्र ल्याएर राजनीति गर्न खोज्ने उहाँहरूको प्रयत्नप्रति हामी दुःख व्यक्त गर्न चाहन्छौँ ।’