Babai News

Day: २०८२ बैशाख १८, बिहीबार

कोशी प्रदेश लगानी सम्मेलन सुरु

कोशी प्रदेश लगानी सम्मेलन सुरु

विराटनगर । ‘लगानी गर्न समयानुकूल वातावरण छ ’ भन्ने सन्देश दिने ध्येयले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ आजदेखि यहाँ सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
Read More
‘कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरेर पद हत्याए, : भीम रावल

‘कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरेर पद हत्याए, : भीम रावल

काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने गरेको आरोप लगाएका छन्। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै ओलीले कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरेर पद हत्याएर मनपरी गरिरहेको दाबी गरेका हुन्। उनले भने, ‘नेपालमा शासन सत्ता हातमा हुनेहरूमा संविधानको समाजवाद उन्मुख प्रणाली र श्रमको उचित सम्मान गर्ने सद्बुद्धि आओस्। कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने एवं कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरी सत्ता र पद हत्याई मनपरी गर्ने कुकृत्यको अन्त्य होस्।’
Read More
जसपा नेतृले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल, प्रहरीले थाल्यो अनुसन्धान

जसपा नेतृले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । बुधवार रातिदेखि फेसबुकमा भाइरल भइरहेको सो भिडियोमा नेतृ यादवले नाचिरहेको क्रममा पेस्तोल पड्काएको देखिन्छ । उक्त भिडियो कहाँ कहिले खिचिएको हो भन्ने स्पष्ट भने भइसकेको छैन । प्रहरीले यसबारे अनुसन्धान अघि बढाइएको जनाएकाे छ । सप्तरीको बोदे बरसाईन नगरपालिका–५ की यादव जसपा नेपालका उपाध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्यकी मृगेन्द्र सिंह यादवकी छोरी हुन् । डा. यादव जसपा नेपालकी केन्द्रीय सदस्य हुन् ।
Read More
इन्टर मायमी च्याम्पियन्स कपको सेमिफाइनलबाटै बाहिरियो

इन्टर मायमी च्याम्पियन्स कपको सेमिफाइनलबाटै बाहिरियो

एजेन्सी : अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा जोर्डी अल्बाले खेलको सुरुवाती समयमा गोल गर्दै खेलमा इन्टर मायमीलाई फर्काएका थिए । तर मिडफिल्डर सबास्टियन बेर्हाल्टरले उत्कृष्ट प्रदर्शन गर्दै १ गोल र २ असिस्ट दिएपछि भान्कुभर जित दर्ता गर्न सफल रह्यो ।
Read More
सुनको मूल्यमा भारी गिरावट, एकैदिनमा ४६ सयले घट्यो

सुनको मूल्यमा भारी गिरावट, एकैदिनमा ४६ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर १ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको १ लाख ८८ हजार १ सयमा कारोबार भएको थियो ।
Read More
श्रमिकको पसिनाले देश अगाडि बढेको छ: प्रधानमन्त्री

श्रमिकको पसिनाले देश अगाडि बढेको छ: प्रधानमन्त्री

बाँके। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण श्रमजीवीमा शुभकामना व्यक्त गरेका छन्। श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्दा व्यङ्ग्य सहनुपरेको चर्चा गर्दै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएको पनि उल्लेख गरेका छन् ओलीले छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन सिर्जना गर्न सफल बन्दै गएको पनि बताएका छन्।
Read More