Babai News

Day: २०८२ असार १८, बुधबार

सत्तिघाटको पुल सुरक्षित रहेको प्रशासनको स्पष्टिकरण,   भ्रामक प्रचार नगर्न आग्रह

सत्तिघाटको पुल सुरक्षित रहेको प्रशासनको स्पष्टिकरण, भ्रामक प्रचार नगर्न आग्रह

बर्दियाकाे राजापुर नगरपालिका र कैलाली जिल्ला जाेड्ने कर्णाली नदीको सत्तिघाट पुल नभासिएकाे र हिँड्न सुरक्षित रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले स्पष्ट पारेकाे छ । प्रशासनले सामाजिक सञ्जालमा साे पुल भासिई असुरक्षित रहेको भन्दै गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रचार पूर्ण रूपमा भ्रामक भएको प्रष्ट पारेकाे हाे । असार १५ गते केही व्यक्तिहरूले टिकटक तथा फेसबुकजस्ता सामाजिक सञ्जालमा पुल भासिएकाे भिडियो अपलोड गरेपछि प्रशासनले ध्यानाकर्षण पत्र जारी गर्दै उक्त भिडियाेमा देखाईएकाे दृश्यहरू विगत वर्षकाे र यस वर्ष कुनै समस्या नरहेकाे बताएकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतद्वारा जारी पत्रमा झूठो र भ्रामक जानकारीसहित भिडियो अपलोड गरी त्रास फैलाउने…
Read More