काठमाडौं चैत २३ : लगातार बढिरहेको सुनको भाउँ आज शुक्रबार घटेको छ । बिहिबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

त्यस्तै आज तेजावी सुन पनि तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १३ हजार ७७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १३ हजार २१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ८४।५० रुपैयाँ तोकेको छ। 

Facebook Comments Box