काठमाडौं,चैत २३– होक्काइडो नेपाल बिजनेस गु्रप एचएनबिजिले आफ्नो छैटौं शाखा इजाकाया होक्काइडो रेडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ ।
नेपालमा जापानिज फुड कल्चर भित्र्याउने अग्रणी संस्थाको रुपमा रहेको एचएनबिजिले सन् २०१९ देखि नेपालमा जापानिज खानाका रेस्टुरेन्टहरु सञ्चालन गर्दै आएको छ ।
पहिलो शाखाको रुपमा काठमाडौँको बुढानीलकण्ठस्थित पार्क भिलेज होटेल हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्ट सञ्चालनमा आएको थियो । त्यसपछि संस्थाले अन्य शाखाको रुपमा देक्काइडो फार्म हाउस बुढानीलकण्ठ, ओमाकासे नक्साल, होक्काइडो हाउस सानेपा र होक्काइडो बेन्तो हाउस बौद्ध सञ्चालनमा ल्याएको थियो । यो संस्थाले क्यूएक्सको रुपमा लबिम मल पूल्चोक र ली शेर्पा काठमाडौंमा अन्य शाखाहरु सञ्चालन गरेको छ । रेस्टुरेन्टलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नका लागि एचएनबिजिको रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्म सञ्चालनमा छ ।
यो गु्रप मातहात सञ्चालित होक्काइडो एकेडेमी अफ हस्पिटालिटीले दक्ष जनशक्ति उत्पादनका लागि काम गर्दै आएको छ । एचएनबिजिको गुणस्तर कायम गर्नका लागि सेन्टर किचन पनि सञ्चालनमा छ ।
जापानिज फुड कल्चरको प्रवर्द्धन गर्दै रेस्टुरेन्टहरू मार्फत जापानी खानाका पारखीको सेवामा समर्पित यो समूहमा १७० जना बढीको टिमले काम गरिरहेको छ ।
जापानको होक्काइडोमा नेपाली फुड कल्चरलाई विस्तार गरेका अर्जुन अधिकारी नेतृत्वको समूहले सोही प्रेरणाका कारण नेपालमा जापानको फुड कल्चर विस्तारमा लागेका बताएको छ ।
व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूको समूह होक्काइडो नेपाल बिजनेस गु्रप नेपालको समृद्धिसँग हातेमालो गर्ने उद्देश्यले फरक सोचका साथ रेस्टुरेन्ट व्यवसायमा लागेको बताउँछ ।
मुख्यगरी उत्पादन, उद्यमी र लगानीलाई आफ्नो प्राथमिकतामा राखेका छन ।

Facebook Comments Box