होमेन्द्र थापा, बर्दिया
चैत ३० गते
बर्दियामा सवारी साधनको तीब्र गति नाम्न लिडार गनको प्रयोग गरिएको छ । सवारी दुर्घटनाको मुख्य कारण तीब्र गति भएको हुँदा नियम विपरीत तीब्र गतिमा चल्ने सवारी साधनलाई कारवाही गरी सचेत गराउन लिडार गनको प्रयोग गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालयबाट ल्याईएको लिडार गन बर्दियामा यही चैत २१ गते देखी प्रयोग गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बर्दियाको पुर्व पश्चिम राजमार्गमा पर्ने बाँसगढी र भुरीगाउँमा गरिएको चेकजाँचमा हालसम्म सानो ठुलो गरी १ सय बढी सवारी साधनहरु कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव निरीक्षक ओम बहादुर खड्काले बताउनु भयो । वहाँले सुरुको दिनमा ३५ वटा सवारी साधन कारवाहीमा परेको र हाल सवारी चालकहरु नै सचेत भएर गतिलाई नियन्त्रण गरेकोले दुर्घटना पनि कम भएको जानकारी दिनु भयो ।
सवारी दुर्घटना न्युनिकरण वा रोकथामको लागि ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाई गर्नुको साथै विभिन्न कार्यक्रमहरु गर्दैआईरहेको छ । २०७२ सालदेखी काठमण्डौंमा प्रयोग गर्न थालिएको लिडार गन बर्दियामा यस बर्षदेखी प्रयोग गर्न थालिएको छ । पछिल्लो समय सवारीको गति नाप्न लिडार गनको प्रयोग हुँदा बर्दियाली जनताले प्रशंसनीय काम भन्दै खुशी व्यक्त गरेकाछन् । यस प्रविधिको प्रयोगले सवारी चालकहरु सबै सचेत हुने हुँदा सवारी दुर्घटनामा कमी आउने स्थानीयले विश्वास लिएका छन ।
कुनै पनि सावारी साधनलाई फोकस गरेर लिडार गन सोझाईन्छ । त्यो सावरी साधन कती गतिमा आईरहेको छ भन्ने लिडार गनमा देखाउछ र त्यो सवारी साधनलाई रोक्न लगाई जरिवान गरिन्छ ।

Facebook Comments Box