बारबर्दिया, बैशाख ४ गते
बारबर्दिया नगरपालिका वडा नम्बर २ लाई बाल विवाह मुक्त वडा घोषणा अभियानलाई सहयोग पुर्याउने उदेश्यले वडा स्तरीय बाल अधिकार संरक्षण समिति र सारोकारवाला पक्षलाई अभिमुखिकरण गरिएको छ । आपतकालीन अवस्थामा बाल संरक्षण शिक्षा, प्रजनन् स्वास्थ्य अधिकार, यौनिक तथा लैंगिक हिंसाका मामिला व्यवस्थापन सम्बन्धी सोमबार अभिमूखिकरण गरिएको हो ।
बाल अधिकार समितिका पदाधिकारी, सदस्य तथा सरोकारवालाहरुको काम, कर्तब्य र अधिकार, बालबालिका दुरब्यबहारको जोखिममा पर्न सक्ने वा परेकाहरुलाई बाल अधिकार समितिले गर्नु पर्ने सिफारिश लगाएतको बिषयमा जानकारी गराईएको छ । सहभागिहरुलाई अभिमूखिकरण गर्दै जोखिममा परेका बालबालिकाहरुको उद्धार, सिफारिश बाल अधिकार समितिले गर्न, बालबालिकाहरुलाई दुरब्यबहारको रोकथाम र सचेतनाका कार्यक्रमहरु गर्नु पर्ने बारेमा जानकारी गराईको छ ।
बाल अधिकार समितिले समस्या समाधान हुने खालका कार्यक्रमहरु संचालन गर्नु पर्ने, सेवा मुलक कामहरु गर्नु पर्ने, बालबालिकाहरु दुरब्यबहारमा बिभिन्न किसिमबाट पर्न सक्ने भएकाले उहाँहरुको संरक्षणका लागि योजनाबद्ध तरिकाबाट कार्यक्रमहरु बस्ती स्तरमा संचालन गर्न, जोखिममा रहेका बालबालिकाहरुको तथ्याँक संकलनका लागि वडा स्तरबाट नै पहल लिनु पर्ने कुरालाई ध्यान दिनु पर्ने बिषयमा अभिमुखिकरण गरिएको छ ।
अभिमुखिकरण कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष रामफेरन थारुले बाल संरक्षण अभियानमा सबै पक्ष र सरोकारवाला निकाय एकजुट भएर काम गर्नु पर्ने बताउनु भएको छ । वडा नम्बर २ लाई विवाह मुक्त वडा घोषणा गर्ने अभियान अन्तिम तयारीमा रहेको बताउनु भएको छ । सम्पुर्ण सरोकारवाला पक्षहरुको साथ र सहयोगले गर्दा यस अवस्थामा मा पुगेको र सहयोगको निरन्तरताका लागि अपेक्षा पनि गर्नु भएको छ ।
बारबर्दिया नगरपालिकाको वडा नम्बर २, ५ र ७ लाई चालु अर्थिक बर्षमा नै बाल विवाह मुक्त वडा घोषणा गर्ने योजना रहेकोले बाल विवाह अन्त्यका लागि सबै सरोकारवालाहरु सक्रिय भएर अभियान संचालन गर्नु पर्ने बिषयमा छलफल गरिएको छ । बाल बालिका कुलत तथा दुरब्यसनी, परिरहेकोले यसको नियन्त्रण लागि पनि सबै जना सचेतना फैलाउनु पर्ने सहभागिहरुको भनाई रहेको थियो ।
प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा संचालित बालिका सशक्त परियोजना अन्तरगत भएको अन्तरक्रिया कार्यक्रममा बारबर्दिया वडा नम्बर २ का बाल अधिकार समितिका पदाधिकारी, बरघर, प्रहरी, विद्यार्थी बालबालिका, किशोरी समुह, बाल क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको परियोजनाकी सुपरभाईजर बिनिता चौधरीले जानकारी गराउनु भएको छ ।

Facebook Comments Box