काठमाडौं बैशाख ४ । निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।

मंगलवार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसके पनि सांसदहरुको लापरवाहीले बैठक बस्न सकेन । सांसदहरु तोकिएको समयभन्दा १५ मिनेट पछिसम्म पनि पुग्न नसकेपछि बैठक स्थगित गरिएको हो ।

बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्नेमा ८ जना मात्रै भएपछि मन्त्री श्रेष्ठ समितिको बैठकबाट बाहिरिनु भएको थियो । मन्त्री श्रेष्ठपछि मन्त्रालयका सचिव र कर्मचारी पनि बैठक छोडेर बाहिरिएका थिए । समितिका सभापतिसहितका सांसदहरुले समयको ख्याल नगर्दा बैठक स्थगित भएको हो ।

समितिको आजको बैठकमा नेपाल सरकार ९मन्त्रीस्तर० बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरुको विवरण ९उद्देश्य एवं उपलब्धि सहित०, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरुको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरुको विवरण ९तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरु० का बारेमा छलफल हुने कार्यक्रम रहेको थियो ।

Facebook Comments Box