Babai News

राजनीति

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता भएको हो ।भेटवार्तामा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल पनि उपस्थित थिए ।
Read More
संविधान र व्यवस्था विरोधी अराजक गतिविधि रोक्न सरकार प्रतिबद्ध छ- गृहमन्त्री लेखक

संविधान र व्यवस्था विरोधी अराजक गतिविधि रोक्न सरकार प्रतिबद्ध छ- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउ सम्बन्धमा सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा गृह मन्त्रालयको कार्यक्षेत्रसँग सुम्वन्धीत विषयमा उठेका विषयहरुको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले यस अघि अदालतबाट हुने गरेको पत्राचारलाई कार्यान्वयन गरेझै उक्त घटनामा पनि सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नरहेको व्यहोरा सदन समक्ष जानकारी गराउँदै भविष्यमा यसप्रकारका घटना नदोहोरिने तर्फ सबैलाई सजग र सचेत बनाएको बताए । उनले सर्वोच्च अदालतमा कार्यरत एक जना अधिकृतले सामान्य समझ र विवेक बाहिर गई गरेको अनधिकृत पत्र व्यवहारका कारण नागरिक…
Read More
पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो, अब त्यस्तो हुँदैन : गृहमन्त्री लेखक

पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो, अब त्यस्तो हुँदैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने भन्दै १० महिनामै परिवर्तन नहुने बताएका छन्। बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहेको भए पनि अहिले त्यस्तो नहुने दाबी गरे। ‘म मन्त्री बनेको १० महिना भइसक्यो, फेरि १० महिना धेरै पनि होइन,’ लेखकले भने, ‘धेरै यसकारण होइन की पहिला पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो, त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो।
Read More
प्रतिनिधिसभाको बैठक आजपनि बस्दै

प्रतिनिधिसभाको बैठक आजपनि बस्दै

काठमाडौं । आज संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्ने तालिका रहेको छ ।बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
Read More
ओलीको चारबर्ष अघि भर्चुअल र सिके राउतको अहिले असली शिलान्यास !

ओलीको चारबर्ष अघि भर्चुअल र सिके राउतको अहिले असली शिलान्यास !

राजविराज । चारवर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको अस्पताललाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दोस्रो पटक फेरी शिलान्यास गरेका छन् । सप्तरीको राजविराज १० स्थित बिरौलमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास केपी ओली र राउत मिलेर बुधबार दोस्रो पटक गरेका हुन् । २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । प्रतिष्ठानको भौतिक संरचना निर्माण कार्य अगाडि बढ्न नसकिरहेको बेला सप्तरी २ का प्रतिनिधिसभा सदस्य डा. राउतले काम अगाडि बढाउनुको साटो दोश्रो पटक शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीद्वारा शिलान्यास गरिएको योजनालाई पुनः डा. राउततले सिलान्यास गर्न लागेको…
Read More
देउवाले बोलाए पार्टीको पदाधिकारीको बैठक

देउवाले बोलाए पार्टीको पदाधिकारीको बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।देउवाले शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने गरि बैठक बोलाएका हुन् ।बैठकमा सरकारका काम, नीति तथा कार्यक्रम, बजेट, भारत-पाकिस्तान युद्ध तथा कांग्रेसको भातृसंगठन बारे छलफल हुने बताइएको छ ।
Read More
भारत र पाकिस्तानबीच तनाव बढेपछि सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक

भारत र पाकिस्तानबीच तनाव बढेपछि सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक

काठमाडौँ । भारत-पाकिस्तानबीच तनाव बढेसँगै राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सिंहदरबारमा केही समयअघि परिषद्को बैठक सुरु भएको हो । बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र परिषद्का सदस्य सचिव रामेश्वर दंगाललगायत सहभागी रहेका छन् ।भारतले पाकिस्तान नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि दुई छिमेकी देशबीच तनाव उत्कर्षमा पुगेको हो ।गत २२ अप्रिलमा कश्मीरको पहलगाम आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएपछि शुरु भएको तनाव अब युद्धमा परिणत…
Read More
उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता

उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेटवार्तामा आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जानकारी दिएको छ ।
Read More
प्रतिनिधिसभाको बैठक आजपनि बस्दै

प्रतिनिधिसभाको बैठक आजपनि बस्दै

काठमाडौं । आज संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्ने तालिका रहेको छ ।बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
Read More
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो- डा. स्वर्णिम वाग्ले

नीति तथा कार्यक्रम कर्मकाण्डी भयो- डा. स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभामा मंगलबार बोल्दै डा. वाग्लेले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका हुन् । उनले आफुले १२ वर्षदेखि चासो लिएर सुन्दै आएको नीति तथा कायर्क्रम कर्मकाण्डमै सीमित रहेको बताए ।उनले यो सरकारलाई के कुराले सम्झिने भन्दै रवि लामिछानेलाई थुनेको, रविन्द्र मिश्रलाई थुनेको भनेर सम्झिने भन्दै प्रश्न गरे ।सांसद डा. वाग्लेले निरन्तरतामा क्रमभंगता गर्न सक्दा मात्रै नीति तथा कार्यक्रमको उपादयता हुने बताउदै नीति तथा कार्यक्रम सुनिसकेपछि आफूले ‘थाकेको सरकारले जाँगर नल्याइ ल्याएको पूरानै कार्यसूची’ भनेर प्रतिक्रिया दिएको उल्लेख गरे ।डा. वाग्लेले अहिले…
Read More