Babai News

राजनीति

धनराज गुरुङले दिए राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सांसद गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका हुन् । गुरुङले राजसंस्थालाई २०६२-०६३ को जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै–लखेट्दै लगेर ठूलो भीरबाट खसालिसकेको बताउदै अहिले सिनो बोकेर हिँड्नेको काँध गन्हाउने टिप्पणी गरे ।उनले भने- ‘मरेको बाघलाई दुई चार जनाले फेरि काँधमा बोकेर यो त जिउँदै छ भनेर आउँदैमा हामी पनि फेरि लहलहैमा लागेर यो त साँच्चिकै जिउँदै हो कि भनेर मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हो कि जस्तो मलाई…
Read More
योगेशको प्रचण्डलाई प्रश्न- कुलमान हटाउदा मुटुमा नै गोली लागेजस्तो किन भएको ?

योगेशको प्रचण्डलाई प्रश्न- कुलमान हटाउदा मुटुमा नै गोली लागेजस्तो किन भएको ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्दै कुलमान घिसिङलाई अहिलेको सरकारले हटाएकोमा मुटुमा नै गोली लागेजस्तो गरेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले काम गर्ने ट्युनिङ नमिलेपछि सरकारले कुलमान हटाएको उल्लेख गर्दै यस विषयमा प्रचण्डलाई मुटुमा नै गोली लागेजस्तो किन भएको ? भन्दै प्रश्न गरेका छन् । उनले भने- 'अहिले केपी शर्मा ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता, तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ ? एउटा सहसचिव लेभलको कर्मचारी हो, सरकारसँग उसको ट्युनिङ मिलेन, उसको एउटा बन्दोबस्ती भयो । प्रधानसेनापति हटाएजस्तो कुरा त होईन । यस्ताखाले…
Read More
जनार्दनको प्रश्न- गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो ?

जनार्दनको प्रश्न- गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो ?

काठमाडौं । नेकपा माओवादी केन्द्र का उपमहासचिव जनार्दन शर्माले रेशम चौधरीलाई नक्कली पत्र बनाएर किन जेल हालिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शर्माले चौधरीलाई नक्कली पत्र बनाएर किन जेल हालियो भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।उनले भने,‘रेशम चौधरीलाई नक्कली पत्र बनाएर किन पक्राउ गरियो ? गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो ? विश्वविद्यालयका भिसी किन खाली हुँदैछन् ? स्वास्थ्य बिमा किन भुक्तानी हुँदैन ? मध्यपहाडी लोकमार्गअन्गर्ततका पूल निर्माण कहिले पूरा हुन्छन् ? प्रश्न र जिज्ञासा हामीले सदनमा दैनिक राखिरहेका छौं
Read More
रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको छानबिन गर्न माग

रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको छानबिन गर्न माग

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको छानबिन गर्न माग गरेकी छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले आफुहरु सत्ता पक्षमै रहेको र सरकारप्रति विश्वास व्यक्त गर्दै चौधरीलाई कार्यक्रम स्थलबाट पक्राउ गरेको विषयको उचित छानबिन गारी घटनाको जानकारी गराउन माग गरेकी हुन् ।साथै उनले सरकारलाई एक जननेता कार्यक्रमस्थलबाट किन पक्राउ पर्छन भन्ने प्रश्न गरेकी छन् ।
Read More
सरकारको नीति तथा कार्यक्रममाथि छलफल यथावत्ः बैठक आज पनि बस्दै

सरकारको नीति तथा कार्यक्रममाथि छलफल यथावत्ः बैठक आज पनि बस्दै

काठमाडौँ । संघीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न १२: १५ बजे बस्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को  वार्षिक नीति तथा कार्यक्रममाथि ती दुवै सदनमा छलफल जारी छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ आफ्नो भनाइ राख्ने कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त  बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । सोमबारको प्रतिनिधि सभाको बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल…
Read More
प्रचण्ड र अर्थमन्त्रीबीच खुमलटारमा भेटवार्ता

प्रचण्ड र अर्थमन्त्रीबीच खुमलटारमा भेटवार्ता

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणलाई लिएर अर्थमन्त्री विष्णु पौडेल सक्रिय परामर्शमा जुटेका छन् । मंगलबार बिहान उनले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारस्थित निवासमा भेटवार्ता गरेका छन् । बजेटले समेट्ने प्राथमिकता, समावेशी विकास, राजस्व संरचना, सामाजिक सुरक्षा, कृषि, रोजगारी र संघीयताको प्रभावकारी कार्यान्वयन जस्ता विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।
Read More
नीति तथा कार्यक्रमको ढुक्कले प्रचार गर्न सांसदलाई एमालेको निर्देशन

नीति तथा कार्यक्रमको ढुक्कले प्रचार गर्न सांसदलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रममको ढुक्कले प्रचार गर्न सांसदलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले विपक्षीले गरेको विरोधको जवाफ दिन कुनै आवश्यक नरहेको भन्दै नीति तथा कार्यक्रमको ढुक्कले प्रचार गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट गरे। नीति तथा कार्यक्रममा स्पस्ट धारणा राख्न उनले सांसदलाई निर्देशन दिए । ‘लर्‍याङतर्‍याङ कुरा गरेर हुँदैन । त्यसको कुनै महत्व छैन । नीति तथा…
Read More
बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक

बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ। कांग्रेस संसदीय दलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ । दुवै बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । नेपाली कांग्रेसले शुक्रबार संसद्‍मा पेस भएको सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न दलको बैठक बोलाएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि संसद्‍मा छलफल हुनेछ।
Read More
मन्त्रिपरिषद् बैठक स्थगित

मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । आज बिहान बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक अन्तिम समयमा आएर अचानक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले १० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । सिंहदरबारमा हुने भनिएको मन्त्रिपरिषद् बैठकसँगै नव नियुक्त राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको हाे। प्राप्त जानकारी अनुसार विशेष कारण बस बैठक स्थगित भएको हो ।  
Read More
‘कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरेर पद हत्याए, : भीम रावल

‘कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरेर पद हत्याए, : भीम रावल

काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने गरेको आरोप लगाएका छन्। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै ओलीले कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरेर पद हत्याएर मनपरी गरिरहेको दाबी गरेका हुन्। उनले भने, ‘नेपालमा शासन सत्ता हातमा हुनेहरूमा संविधानको समाजवाद उन्मुख प्रणाली र श्रमको उचित सम्मान गर्ने सद्बुद्धि आओस्। कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने एवं कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरी सत्ता र पद हत्याई मनपरी गर्ने कुकृत्यको अन्त्य होस्।’
Read More