इनरुवा । सुनसरीको लौकही नाका तस्करीको मुख्य केन्द्र बन्दै गएको छ। कोशी गाउँपालिका वडा नम्बर १ स्थित लौकही नाका र अन्य सहायक नाकाबाट व्यापक तस्करी भइरहेको पाइएको छ। स्थानीय स्रोतका अनुसार, यहाँ तस्करीमा प्रहरीका केही सदस्यहरूको मिलोमतो रहेको आरोप छ। सुनसरीको सीमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले सुरक्षामा कडाइ गर्न नसकेपछि तस्करहरुले अवैध रुपमा भारतबाट नेपाल तर्फ सामाग्री भित्र्याउने गरेको स्थानीयको भनाइ छ। तस्करहरुले सुर्तीजन्य पदार्थ, मल, प्याज, चिनी, कपडा लगायतका खाद्य र नशाजन्य सामाग्री भन्सार छली गरि अवैधरुपमा नेपाल भित्र्याउँदै आएका छन्। अवैध रुपमा भैरहेको तस्करीले नेपाल सरकारको लाखौँ रुपैयाँको राजस्व चुहावट भइरहेको छ। पृथक राष्ट्रका सीमामा सुरक्षा व्यवस्थाका नाममा…
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भइरहेको टिप्पणी गरेका छन् । पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले संविधान बाहिर कोही पनि जान नसक्ने बताए । उनले भने, ‘पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको छ । संविधान कार्यान्वयन गर्ने सम्बन्धमा छिटोभन्दा छिटो कानून बनाउनुपर्छ भन्नेमा वर्तमान सरकार प्रतिबद्ध छ । पञ्चायत र राजतन्त्रसँग जोडेर नेपाली समाजमा जुन प्रचार गरिँदैछ, त्यो अपराध हो, हामी परिवर्तनकारी हौं, हामी लोकतन्त्रवादी हौं । यसका आधारमा हामीले आफ्ना दृष्टिकोण समाजमा राख्न सक्नुपर्दछ ।’
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले ०८४ मा नेपाली जनताले पुराना पार्टी र नेताहरुलाई ठूलो गाह्रो हुने चेतावनी दिएका छन्। शनिबार चितवनमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले भने, "५४ हजार मतका साथ रविजीले जित्नुभएको छ। सरकार उहाँलाई लखेटे रहेको छ । पुराना दल र नेताहरू डराउन थालेका छन्। मलाई लाग्छ, आगामी चुनावमा नेपाली जनताले उनीहरूलाई ठूलो सजाय दिनेछन्।" डा. वाग्लेले सरकारको काम गर्ने प्रवृत्तिका बारेमा पनि विचार राख्दै भने, "सरकारले राम्रो काम गर्नेलाई सधैं छान्ने र लखेट्ने काम गरिरहेको छ। जीबी राईलाई आठ महिना बितिसक्दा पनि नाम मात्र लिइएको छैन। यसरी, सरकार राम्रो काम गर्नेहरूलाई…
बारा । जिल्ला प्रहरी बाराले ठूलो परिमाणमा लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ। बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २१ स्थित मोटरसाइकल चेक जाँच गर्दा ११.६८ किलो चरेस बरामद भएको हो। इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले विशेष सूचनाको आधारमा हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको मोटरसाइकललाई रोकेर जाँच गर्दा चरेस जस्तो पदार्थ फेला परेको थियो। उक्त मोटरसाइकल चालक मकवानपुरको थाहा नगरपालिका वडा ६ का ३८ वर्षीय दशरथ थिङलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी बाराले जनाएको छ। बरामद भएको चरेसको तौल प्लास्टिक सहित ११.६८ किलो रहेको पुष्टि गरिएको छ।
बाँके। नेपाल बार एशोसिएशनको २७ औं केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि मतदान आज बिहान ८ बजेदेखि सुरु भएको छ। वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार, मतदान प्रक्रिया ४ बजेसम्म जारी रहनेछ। यस निर्वाचनमा नयाँ नेतृत्व चयन गर्नका लागि दुई प्रमुख समूहका उम्मेदवारहरूको प्रतिस्पर्धा देखिन्छ। अध्यक्षको पदका लागि दुई प्रमुख उम्मेदवार बारको नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ। प्रा.डा. मिश्रको समूहमा महासचिवको पदका लागि वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला उम्मेदवार रहेका छन्, भने वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहमा अधिवक्ता…
बाँके। पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ। आफनो निवास काठमाडौँबाट शुक्रबार राति पक्राउ परेका लामिछानेलाई आज बिहान भैरहवा लगिएको हो। यती एयरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध विमानस्थलमा उनको अवतरण भएको थियो। अब उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ र विमानस्थलबाट उनलाई प्रहरी कार्यालयमा लगिएको छ। आज र भोलि सार्वजनिक बिदा भएकाले उनलाई सोमबार मात्रै रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। शुक्रवार, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृति पराजुलीले उक्त आदेश गरेका थिए। जिल्ला अदालत रुपन्देहीले…
बाँके। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली आज बिहान १०:१५ बजे बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीलाई थाइल्यान्डका उपप्रधानमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट र नेपालका राजदूत धनबहादुर वली र थाइल्यान्डका लागि नेपाली राजदूत सावापोङ सिरिसोर्नले बिदाइ गरे। प्रधानमन्त्री ओलीको भ्रमण दलमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई रहेका छन्। प्रधानमन्त्री ओलीको यो भ्रमण थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले गरेका मैत्रीपूर्ण…
बाँके। साउदी प्रो लिगमा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गर्दै अल नासर क्लबलाई महत्वपूर्ण जित दिलाए। शुक्रवार किंगडम एरिनामा भएको खेलमा नासरले अंक तालिकाको दोस्रो स्थानमा रहेको अल हिलाललाई ३-१ ले हरायो। नासरको लागि अर्को गोल अलि अल हसनले गरे भने हिलालका लागि अली अल बुलाहीले एक गोल फर्काए। खेलको पहिलो हाफको इन्ज्युरी समयमा हसनले नासरको अग्रता दिलाए। दोस्रो हाफमा, ४७औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै नासरको अग्रता दोब्बर बनाए। ६२औं मिनेटमा बुलाहीले हिलालका लागि गोल गर्दै खेललाई २-१ बनाएका थिए। अन्ततः ८८औं मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै नासरको जित पक्का गरे। अब नासर २६ खेलबाट ५४ अंकका…
बाँके। लखनउ सुपर जायन्ट्सले आजको इण्डियन प्रिमियर लिग (आइपिएल) खेलमा मुम्बई इण्डियन्सलाई १२ रनले पराजित गर्दै मुम्बईविरुद्धको आफ्नो अपराजित यात्रा कायम राखेको छ। २ सय ४ रनको चुनौती पछ्याएको मुम्बई इण्डियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन मात्र बनायो। मुम्बईका सूर्यकुमार यादवले ४३ बलमा ९ चौका र १ छक्काको मद्दतले ६७ रन बनाएका थिए। मुम्बई १७ रनमै २ विकेट गुमाएर दबाबमा परेको थियो, तर सूर्य र नमन धिरको ६९ रनको साझेदारीले टीमलाई संघर्षको अवस्था बाट बाहिर ल्यायो। धिरले २४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए। सूर्य र तिलक बर्मा बीचको ६६ रनको…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो । आदेश प्राप्त भएलगत्तै प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।