बारा । बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फयू आदेश जारी गरिएको हो । एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । अवस्था थप तनावग्रस्त हुने भएपछि प्रशासनले कर्फ्यू जारी गरेको हो ।
काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श्रद्धाञ्जली अपर्णको कार्यक्रम गरिएको छ । प्रधानमन्त्री सुशिला कार्कीसहित मन्त्रीहरुले विपिन जोशीप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् । सो अवसरमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेलसहितले विपिनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । आजै केहि बेरमा विपिनको शव धनगढी लगिने भएको छ ।धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घर लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ । इजरायलले आइतबार औपचारिक रुपमा बिदाइ गर्दै विपिनको शव नेपाल पठाएको हो । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट…
काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले बिबिसी नेपाली सेवासँग कुरा गर्दै इजरायलको सेनाले विपिनको परिवारसहित आफुलाई उनी जीवित नरहेको जानकारी दिएको बताएका हुन् । राजदुत पण्डितले इजरायली सेनाले विपिनको बारेमा जानकारी दिदै हमासले दिएको जीवित बन्धकको सूचीमा उनको नाम नरहेको जानकारी दिएको बताए । साथै सेनाले केहि जानकारी आएमा फेरी जानकारी गराउने बताएको उनले बताए । राजदुत पण्डितले विविसीसँग भनेका छन्- 'हमासले छोड्ने सूची इजरायल सरकारलाई दिएको, विपिन जीवित नरहेको हमासले आफुहरुलाई जानकारी दिए भनेका छन् । भिडियो कन्फेरेन्स मार्फत विपिनको बहिनिसहित मलाई जानकारी दिएको…
काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५ विकेटले जितेर सिरिज ३-२ ले जितेको हो । फाइनल सरहको अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपाली टिमले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो । पाँच खेलको यस सिरिजमा पहिलो खेल मलेसियाले ३ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ५ विकेटले जितेको थियो । त्यस्तै तेस्रो खेल मलेसियाले १३ रनले जितेको थियो भने चौथो खेल नेपालले ६ विकेटले जितेको थियो…
सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउपालिका २ का प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले पार्टी छोडेको घोषणा गरेका छन् । पार्टी छोड्न एमालेका जिल्ला कमिटीका सदस्य, गाउँपालिका उपाध्यक्षलगायतका नेताहरु छन् भने काँग्रेसका क्षेत्रीय सभापति र क्रियाशील सदस्यहरु रहेका छन् । त्यस्तै माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अन्य सदस्यहरुले संयुक्त रुपमा पार्टी छोडेको घोषणा गरेका हुन् । उनीहरुले कांग्रेस-एमालेको गठबन्धन सरकारले जेनजी आन्दोलनका क्रममा युवाहरुहरुलाई कठोर र निर्मम रुपमा गोली हानी हत्या गरेको भन्दै संयुक्त रुपमा पार्टी छोडेको घोषणा…
बर्दिया- जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा पछिल्ला केही दिनयता जारी गरिएको कर्फ्यू हटाईएकाे छ । कर्फ्यू हटाई प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सदरमुकाम गुलरियाको केही क्षेत्रमा प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म आंशिक निषेधाज्ञा जारी गरेकाे हाे । यहि भदौ २३ गते गुलरिया बजार क्षेत्रमा उच्छृंखल समूहले सुरक्षाकर्मी र सरकारी कार्यालयमाथि गरेकाे आक्रमण र २४ गते जेन जेड (Gen-Z) समूहको देशव्यापी आन्दोलनका क्रममा गुलरिया नगरपालिका क्षेत्रमा आगजनी र तोडफोडका घटना भएकापछि कर्फ्यू लगाइएको थियो । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षामा सहयोग पुर्याएकोमा जिल्लावासीप्रति धन्यवाद व्यक्त समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा…
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन् । मोदीले कार्कीलाई बधाई दिदै नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । मोदीले भनेका छन्- 'नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ '। यस अघि भारत सरकारले शुक्रबार रातिनै नेपालमा अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो । शुक्रबार राति नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो अन्तरिम महिला प्रधानमन्त्री बनेकी हुन्…
बर्दियाको बिभिन्न क्षेत्रमा केही व्यक्तिहरूको समूहले ताेडफाेड गरेपछि अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाे छ । देश व्यापी रूपमा भाद्र २४ गते भएकाे जेनजी आन्दोलनकाे समर्थनमा सदरमुकाम गुलरिया सहित जिल्लाकाे विभिन्न पालिकामा र्याली निकालिएकाे थियाे । र्याली शान्तिपूर्ण ढंगले सम्पन्न भए पनि राति केही व्यक्तिहरूको समूहले गुलरिया नगरपालिका कार्यालय र संघीय सांसद संजय कुमार गौतमको घरमा तोडफोड र आगजनी गरेका थिए । स्थिति थप जटिल हुन नदिन जिल्ला प्रशासन कार्यालय बर्दियाले मंगलबार राती ११ : ०० बजे देखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो । कर्फ्यु जारी भएपछि गुलरिया बजार र आवागमन ठप्प बनेको छ। सुरक्षा नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाली सेनाले…