बिर्तामोड, १ फागुन : साँघुरो जित निकाल्दै भद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई १-० गोलको अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । स्थानीय डोमलाल राजवंशी रंगशालामा भएको खेलमा भद्रपुरको जितका लागि सुजता पालुङवाले गरेको गोल नै निर्णायक गोल बन्यो । उनले पहिलो हाफको २०औँ मिनेटमा गोल गरेकी थिइन् । खेलको प्लेयर अफ दी म्याच भद्रपुरकी सुजता पालुङवा घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् । यस संगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो सेमिफाइनल खेल…
झापा माघ २९ ।। पाथीभरमा केबलका निर्माणको विरोधमा उत्रिएको समूह र सरकार बीचको वार्तामा सहमति नजुटेपछि आन्दोलनरत समूहले पुन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। यही शनिबार र आइतबारको वार्ताले कुनै निष्कर्ष निकाल्न नसकेपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएको समूहले ललितपुरबाट फेरि आन्दोलन घोषणा गरेको हो । केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भो आवद्ध ११ वटा संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् । सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले माघ २९ गतेदेखि अर्को चरणको आन्दोलन घोषणा गरेका हुन् । उनीहरूले माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आईएमई बैंकसहित चन्द्र ढकाल नेतृ्त्वको…
रोङ माघ २६ ।। इलामको रोङ गाउँपालिका वडा नं ६ जिर्मलेमा दोस्रो जिर्मले फुटबल लिग २०८१ आजबाट सुरु भएको छ । आज भएको उद्घाटन खेलमा खर्कगाउँ एफसीले पहिलो संस्करणको विजेता लामिटार एफसीलाई ३–२ गोल अन्तरले पाराजित गर्दै ३ अंक जोड्न सफल भएको छ । जिर्मले फुटबल लिग संचालक समितिका अध्यक्ष भुवन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा रोङ गाउँपालिकाका अध्यक्ष मणी कुमार तामाङ सुवास रहेका थिए । त्यस्तै पालिका उपाध्यक्ष विष्णुमाया खवास लगायत विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय समाजसेवी, खेलप्रेमीको आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित सम्पूर्णलाई वडा नम्बर ६ का वडाध्यक्ष सत्यम् राई चौरासेले शाब्दिक स्वागत गरेका थिए…
बिर्तामोड माघ २६ दोस्रो जिर्मले फुटबल लिग २०८१ आज शनिबारबाट शुरु हुदै छ । लिगको उद्घाटन खेल आज लामिटारको खेल मैदानमा दिनको ३ बजे डिफेन्डिङ च्याम्पियन लामिटार फुटबल क्लब र खर्क गाँउ बिच प्रतिस्पर्धा हुनेछ । स्थानिय स्तरमा लिगको अभ्यास गराउने, खेलाडि उत्पादन गर्ने, पर्यटन व्यावसायलाई प्रवर्धन गर्दै युवाहरुमा आपसि भाईचाराको सम्बन्ध कायम गर्ने उदेश्यले जिर्मले फुटबल लिग आयोजना गरेको वडाध्यक्ष सत्यम राईले जानकारी गराए । वडाध्यक्ष राईका अनुसार लिगमा वडाका १० वटा टिमको सहभागिता रहने छ भने खेल होम एण्ड अवेको आधारमा खेलाईने छ । लिगमा लामिटार एफसी, खर्क गाँउ एफसी, रेन्बो एफसी, जौबारी एफसी, जिर्मले एफसी, किरात फ्रेन्ड्स…
शान्तिनगर , माघ २५ । बुद्धशान्ति वडा नम्बर २ झापाको बुद्धशान्तिमा आज देखि सुरु दोस्रो बुद्धशान्ति गाउँपालिका वडास्तरिय नकआउट भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा बुद्धशान्ति १ लाई २/१ को सेटमा पराजित गर्दै बाई पाएर सोझै सेमिफानल खेलेको वडा नम्बर २ ले फाइनलमा स्थान बनाएको हो । पहिलो सेट १४/२५ ले गुमाउनु पुगेको वडा नम्बर २ ले दोस्रो २५/१९ ले र निर्णायक सेट १५/११ ले जित्न पुग्यो । अब उस्ले भोलि शनिबार हुने दोस्रो सेमिफाइनल वडा नम्बर ३ र ४ को बिजेता सङ्ग फाइनल खेल खेल्नेछ । साथै आज भएको उद्घाटन खेलमा वडा नम्बर…
बिर्तामोड, माघ २४ । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले शानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीमाथि शानदार जित निकाल्दै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । मानेभञ्ज्याङलाई ४–० को गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो । प्लानिङ ब्वाइजका लागि खेलको पहिलो मिनेटमा राजेश शाहले गोल गरे । त्यस्तै, १७ औँ मिनेटमा प्रताप राई, ५४ औँ मिनेटमा सरोज कार्की र ६५ औँ मिनेटमा अर्जुन राना मगरले गोल गरे । खेल अवधिभर प्लानिङ ब्वाइजले मानेभञ्ज्याङलाई दबाबमा राखेको थियो…
झापा । झापामा क्यान्सर रोगी उल्लेख्य रुपमा बढेको तथ्याङ्क सार्वजनिक भएको छ । झापामा आर्थिक वर्ष २०८०/०८१ मा क्यान्सरका दुई हजार ५ सय ८३ जना बिरामी फेला परेका थिए । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १७ प्रतिशतले बढेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चूडामणि लुइँटेलले जानकारी दिए । झापामा क्यान्सरका कारणले धेरैले ज्यान गुमाउनु परेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयसँग भएको तथ्याङ्क र जानकारी भन्दा पनि धेरै क्यान्सर राोगीहरु भmझापामा रहेको हुन सक्ने सूचना अधिकारी लुइँटेलले बताए । उनले भने– झापामा नाटकीय रुपमा क्यान्सर बढेको छ, पर्याप्त खोज र अनुसन्धान अझै गर्न जरुरी छ । उनले झापाको वास्तविक…
भद्रपुर माघ २३ ।। दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको सम्मानस्वरुप ‘गम्भीर राई स्मृति संस्करण’ का रुपमा सञ्चालन हुनेछ । आज भद्रपुरस्थित होटल एअरपोर्टको सभाहलमा भएको सम्झौतापत्रमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र सौर्य एअर तथा ओम साई पाथिभरा हस्पिटलका तर्फबाट अध्यक्ष दिपक पोखरेलले हस्ताक्षर गरे ।…
झापा माघ ।। आफैले बोकेको गोलियाले किचेर धनकुटामा एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो २.५० बजे धनकुटा चौबीसे –७ लोफादिन बस्ने २७ वर्षीय मौसम चेम्जोङको आफैले बोकेको काठको गोलियाले किचेर मृत्यु भएको हो । वडा नं .८ को बसन्तटारमा काठको गोलिया माथिबाट तल सडकमा झार्ने क्रममा चेम्जोङले बोकेको गोलियाले किचेर उनको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका चेम्जोङलाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।
बिर्तामोड, माघ २१ । मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ गोल अन्तरले हराउँदै नव प्रगति अन्तिम चारमा पक्का भएको हो । नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औँ मिनेटमा ओसन राईले गोल गरे । त्यस्तै, २४ औँ मिनेटमा मिक्सन दासले एक गोल थपे । काँकरभिट्टाका तर्फबाट प्रदिप बुढाथोकीले ३७ औँ र ६० औँ मिनेटमा गोल फर्काए । खेलमा नव प्रगतिले काँकरभिट्टालाई दबाबमा राखेको थियो । खेलको प्लेयर अफ द म्याच नव प्रगतिका…