Babai News

शिक्षा

मानव बेचबिखन बिरुद्ध र सुरक्षित बैदेशिक रोजगार बारे कनकाईमा अभिमुखिकरण सम्पन्न……

मानव बेचबिखन बिरुद्ध र सुरक्षित बैदेशिक रोजगार बारे कनकाईमा अभिमुखिकरण सम्पन्न……

झापा।१६ श्रावण। (सिएम शर्मा / चन्द्र बस्नेत)। ।१० औ विश्व मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा झापाको कनकाई नगरपालिकामा सुरक्षित बैदेशिक रोजगार र मानव बेचबिखन बिरुद्ध अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ। करितास नेपाल , कनकाई नगरपालिका र ईलाका प्रहरी कार्यलय सुरङ्गाको आयोजना तथा लायन्स क्लब अफ कनकाई सुरुङ्गा , सुरङ्गा जेसिज , रोटरी क्लब अफ सुरुङ्गा , प्रजापति सामुदायिक वन , कनकाई अटोचालक समूह र बिरिङ्ग माई अटो चालक समुहको सहकार्यमा मंगलबार दुर्गापुर स्थित सगुन रेस्ट्रोमा  कार्यक्रम गरिएको हो । कार्यक्रममा सहजिकरण गर्दै ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रहरी जवान योगेन्द्र राज निरौलाले मानव बेचबिखन कसरी हुन्छ ? मानव बेचबिखन के…
Read More
एक बिद्यार्थी एक रुपैयाँ बचत अभियानमा आठ महिनामा १९ लाख बढी रकम जम्मा

एक बिद्यार्थी एक रुपैयाँ बचत अभियानमा आठ महिनामा १९ लाख बढी रकम जम्मा

  रोङ साउन १० ।। इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको एक बिद्यार्थी एक रुपैयाँ बाल बचत अभियानमा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गतेदेखि पालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको  दैनिक एक रुपियाँ बचत थालेको थियो । २०८१ असार मसान्तसम्म प्रतिबिद्यार्थी एक रुपियाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो । अध्यक्षसँग बिद्यार्थी बिद्यालयमा आधारित उधमशिलता कार्यबिधी –२०८० बनाएर गाउँपालिकाले २०८० असोज २५ गते कार्यपालिकाबाट स्र्वीकृत गरी लागु गरेको थियो । गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको दैनिक बचत…
Read More
बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि नेपाली विद्यार्थीहरु  स्वदेश फर्किए

बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किए

  काँकडभिट्टा साउन ६॥ बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन्। आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् । “पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो”, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने, “विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् ।” उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए। बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताए…
Read More
लायन्स क्लब अफ बिर्तामोड सिटीले  विद्यालयलाई  पंखा (सिलिङ फेन) बितरण

लायन्स क्लब अफ बिर्तामोड सिटीले विद्यालयलाई पंखा (सिलिङ फेन) बितरण

  मेचिनगर साउन ३॥लायन्स क्लब अफ बिर्तामोड सिटीले झापाको मेचीनगरस्थित अमर प्राथमिक विद्यालयलाई ६ थान पंखा (सिलिङ फेन) बितरण गरेको छ । मेचीनगर–१२ धानजनस्थित बिद्यालयका बिद्यार्थीहरुकालागि पठनपाठनमा सहजता पुर्याउने हेतुले बिद्यालयलाई पंख बितरण गरिएको लायन्स क्लब अफ बिर्तामोड सिटीका बर्ष सन् २०२४–२५का अध्यक्ष उपेन्द्र बानियाँले जानकारी दिनुभयो। उहाँले गर्मीको समयमा टिनको छानो भएको विद्यालयको भवनमा पंखा विना नै बिद्यार्थीहरु पठनपाठन गर्न बाध्य भईरहेको भन्ने जानकारी पाएपछि लायन्स क्लव अफ बिर्तामोड सिटीले तत्कालै ६ थान पंख लगेर विद्यालयलाई हस्तनान्तरण गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, शिक्षक, बिद्यार्थी र अविभावकहरुको उपस्थितिमा विद्यालयमका भएको पंखा बितरण कार्यक्रममा लायन्स क्लब अफ…
Read More
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सञ्चाल गरेको प्राविधिक शिक्षालयमा तालावन्दी

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सञ्चाल गरेको प्राविधिक शिक्षालयमा तालावन्दी

  बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं  २ बेलडाँगीमा रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको प्राविधिक  शिक्षालयमा  प्रशिक्षक र बिध्यार्थीहरुले प्रशासन शाखामा तालावन्दी गरेका छन पाँच महिनादेखि तवल नपाएपछि प्रशिक्षकहरुले तालावन्दी गरेका हुन् । करिव ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको संस्थापक प्रशिक्षक नविन किशोर बिमलीले जानकारी दिए । उनले शिक्षालयमा कार्यरत प्रशिक्षकको भुक्तानी रोकेपछि तालावन्दी गरेको बताए । सहमति अनुसार असार मसान्तभित्र तलव भुक्तानी गर्ने भनिएको थियो, उनले भने – अहिले साउन अन्तिम र भदौ पहिलो हप्ता भनिदैछ । प्रतिष्ठान नै अस्तव्यवस्त अवस्थामा पुगेको बताउदै विमलीले प्रशिक्षकहरुले सामूहिक राजीनामा दिइसकेको जानकारी दिए । पटक–पटक फोन…
Read More
एसईई परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि नि:शुल्क कक्षा सञ्चालन

एसईई परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि नि:शुल्क कक्षा सञ्चालन

  बिर्तामोड स्टडी पार्क इलाम शाखाले एसईई परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि नि:शुल्क कक्षा सञ्चालन गर्ने भएको छ । विद्यार्थीको शैक्षिक प्रगति र बालबालिकाको शिक्षाको क्षेत्रलाई मध्यनजर गर्दै स्टडी पार्कले कक्षा सञ्चालन गरेको निर्देशक सरोज पौडेलले जानकारी दिए । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको स्टडी पार्कले आफ्नो इलाममा रहेको शाखामा एसईईमा अनुत्तीर्ण विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको इलाम शाखा प्रमुख दिलिप पौडेलले बताए । बिर्तामोड स्टडी पार्कले लामो समयदेखि विद्यार्थीको पढाइको क्षेत्रमा रचनात्मक कामहरु गर्दै भाषाका प्रशिक्षणहरु गर्दै आएको छ । स्टडी पार्कले विदेश पढ्न जान चाहाने विद्यार्थीका लागि काउन्सिलङ  गर्ने गरेको छ । त्यस्तै केही समय अघि मात्र…
Read More
अभिभावक र विद्यार्थीेको रोजाईमा  न्यूटन एजुकेसन एकेडेमी

अभिभावक र विद्यार्थीेको रोजाईमा न्यूटन एजुकेसन एकेडेमी

    बिर्तामोड असार १८॥ झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमी अध्ययनका लागि अभिभावक र विद्यार्थीको मुख्य रोजाइमा  पर्ने गरेको छ । हरेक अभिभावकको चाहना आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हुन्छ । छोराछोरीको भविष्य सुन्दर बनाउन अभिभावक उत्कृष्ट र स्थापित विद्यालयको खोजीमा रहेका हुन्छन् । न्यूटन्स एजुकेशन एकेडेमीमा दक्ष शिक्षकबाट गुणस्तरीय माध्यमले पढाई हुने भएपछि विद्यार्थीको आकर्षण बढेको हो । बिधालयले एसईई परिक्षामा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । यस बर्षको एसईई परिक्षामा ९४ ।६९ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ भने गत बर्ष जिल्लामै उत्कृष्ट समेत भएको थियो । एकै छानामुनी कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने…
Read More
एसईई (२०८०) मा दुईभन्दा बढी विषयमा एनजी  ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

एसईई (२०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौं असार १४॥  माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको हाे । यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।    
Read More
एसइई परीक्षाको नतिजा सार्वजनिक  १८६ जना विद्यार्थीले ल्याए ४ जिपिए

एसइई परीक्षाको नतिजा सार्वजनिक १८६ जना विद्यार्थीले ल्याए ४ जिपिए

झापा असार १३ - माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएकाे छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीहरूमध्ये १८६ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन्। ४७ ।८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएकाे बाेर्डले जनाएकाे छ। बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। उनीहरूमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन्। ५२ ।१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएकाे बाेर्डले जनाएकाे छ। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल…
Read More
चलचित्र पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

चलचित्र पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

  बिर्तामोड असार ११॥ चलचित्र  पत्रकार संघ नेपाल झापा शाखाको आयोजना  नेपाल चलचित्रकर्मी  संघको प्रबर्दन र बिर्तामोड नगरपालिकाको आर्थीक सहयोगमा एक दिने चलचित्र पत्रकारिता सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रम झापा अध्यक्ष रमेश तिवारीको अध्यक्षता र बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रा  महतरा प्रसाईको, प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। चलचित्र पत्रकारिता  सम्बन्धी झापाका पत्रकारहरुलाई जानकारी दिने उदेश्यले आयोजना गरिएको तालिमको चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष समिर बलामी र चलचित्र पत्रकार शान्ति प्रियाले सहजिकरण गरेका  थिए। तालिमामा झापाका बिभिन्न संचार माद्यममा कामगर्ने ४० भन्दाबडी पत्रकारहरुको सहभागिता रहेको थियो। तालिमको उद्घाटन समारोहमा बोल्दै  अध्यक्ष बलामीले इन्टरनेटको प्रयोग बढेसँगै पत्रकारितामा चुनौती थपिएको र पछिल्लो…
Read More