Babai News

अन्तर्राष्ट्रिय

भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविरामका लागि सहमत भए- ट्रम्प

भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविरामका लागि सहमत भए- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामको लागि सहमत भएको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मार्फत भारत र पाकिस्तान लामो वार्तापछि पूर्ण र तत्कालदेखि युद्ध विराम गर्न सहमत भएको जानकारी दिएका हुन् । उनले भनेका छन्- 'संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्ता पछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् । सामान्य ज्ञान र महान बुद्धिमत्ता प्रयोग गरेकोमा दुवै देशलाई बधाई छ । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद !' यस बारेमा भारत र पाकिस्तानले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।…
Read More
पाकिस्तानले थप आक्रमण गरे भारतले युद्धको रूपमा लिदै जवाफ दिने

पाकिस्तानले थप आक्रमण गरे भारतले युद्धको रूपमा लिदै जवाफ दिने

काठमाडौँ । पाकिस्तानसँग बढ्दो तनावका बीच भारत सरकारले ठूलो निर्णय गरेको छ । समाचार एजेन्सी पीटीआईले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै भविष्यमा हुने कुनै पनि आतंकवादी कार्यलाई भारतविरुद्धको युद्धको रूपमा व्यवहार गरिने निर्णय गरेको हो । भारत सरकारले भविष्यमा हुने कुनै पनि आतंकवादी आक्रमणलाई युद्ध छेड्ने प्रयासको रूपमा लिने र तदनुसार जवाफ दिने निर्णय गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी घटनापछि आतंकवादी लुक्ने ठाउँहरू नष्ट गर्न भारतीय सेनाले मे ७ मा पाकिस्तान अधिनस्थ जम्मू कश्मीरर पाकिस्तानमा रहेका नौ आतंकवादी लुक्ने ठाउँहरूमा…
Read More
भारत र पाकिस्तानबीचको तनाव कम गर्न साउदी अरेबियाले थाल्यो कुटनीतिक प्रयास

भारत र पाकिस्तानबीचको तनाव कम गर्न साउदी अरेबियाले थाल्यो कुटनीतिक प्रयास

काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धको अवस्था शुरु भएपछि साउदी अरबले यसलाई रोक्न कुटनीतिक फल शुरु गरेको छ । साउदी अरेबियाले शनिबार बिहान भारत र पाकिस्तानबीचको तनाव कम गर्ने प्रयास गरिरहेको बताएको हो । साउदी अरेबियाले कूटनीतिक माध्यम र वार्ता मार्फत दुई देशबीच जारी सैन्य द्वन्द्व अन्त्य गर्न आह्वान समेत गरेको छ । साउदी अरेबियाको विदेश मन्त्रालयले शनिबार एक संक्षिप्त विज्ञप्ति जारी गर्दै मन्त्री अल-जुबैरले साउदी नेतृत्वको निर्देशनमा मे ८ र ९ मा भारत र पाकिस्तानको भ्रमण गरेको र यो भ्रमण भारत र पाकिस्तान बीचको तनाव कम गर्न र दुई देशलाई वार्तामा संलग्न हुन प्रोत्साहित गर्न साउदी अरेबियाको प्रयासको एक…
Read More
भारतले भन्यो- पाकिस्तानले लडाकु विमान, ड्रोन र मिसाइल हमला गरिरहेको छ, हामी तनाव चाहदैनौं

भारतले भन्यो- पाकिस्तानले लडाकु विमान, ड्रोन र मिसाइल हमला गरिरहेको छ, हामी तनाव चाहदैनौं

काठमाडौँ । भारतले पाकिस्तानसँग जारी युद्ध बारे पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालय सचिव विक्रम मिश्रीले पाकिस्तानले द्वन्द्वलाई उक्साउने र बढाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । भारतले पाकिस्तानको कारबाहीको जवाफ दिइरहेको बताउदै सचिव मिश्रीले पाकिस्तानले भ्रम फैलाउन गलत सुचना दिइरहेको आरोप समेत लगाएका छन् । पाकिस्तानले भारतको वायुरक्षा प्रणाली एस-४०० ध्वस्त गरेको भन्ने झुटो सुचना फैलाएको बताउदै यस्ता गलत सूचनाको विश्वास नगर्न मिश्रीले अनुरोध गरेका छन् । भारत र पाकिस्तानबीच जारी द्वन्द्व जारी रहेका बेला शुक्रबार राति जम्मू कश्मीर, पञ्जाब र राजस्थानदेखि गुजरातसम्मका २६ क्षेत्रमा ड्रोन आक्रमण सुरु गरेको जानकारी दिइएको छ ।…
Read More

पाकिस्तानी गोलीबारीबाट भारतीय सरकारी कर्मचारीको मृत्यु

काठमाडौँ । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलीबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै भने- 'राजौरीबाट दुखद खबर । हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं । हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिए ।' उमर अब्दुल्लाहले राजौरी शहरमा पाकिस्तान तर्फबाट गोलीबारी भइरहेको बताए । उनले लेखेका छन्- 'आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी शहरलाई निशाना बनाइएको थियो । यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बन्यो र आक्रमणमा उनको मृत्यु भयो ।'
Read More
प्रधानमन्त्री शरिफले बोलाए परमाणु हतियार बारे निर्णय लिने अथोरिटीको बैठक

प्रधानमन्त्री शरिफले बोलाए परमाणु हतियार बारे निर्णय लिने अथोरिटीको बैठक

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शबाज शरिफले नेशनल कमाण्ड अथोरिटीको बैठक बोलाएका छन् । पिटीभी न्यूजका अनुसार प्रधानमन्त्री शरिफले शनिबार नेशनल कमाण्ड अथोरिटीको बैठक बोलाएका हुन् । पाकिस्तानले भारतविरुद्ध आक्रमण शुरु गरेको घोषणा गरेसँगै प्रधानमन्त्री शरिफले  अथोरिटीको बैठक बोलाएका छन् । अथोरिटीले पाकिस्तानको परमाणु हरियारको कमाण्ड, कन्ट्रोल र अप्रेशन बारे निर्णय लिने गर्दछ । यस अथोरिटीको अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने पाकिस्तानी विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, रक्षा मन्त्री र रक्षा उत्पादन मन्त्री सदस्य रहने गर्दछन् । त्यस्तै यस अथोरिटीमा सेनाका ज्वाइन्ट चिफ स्टाफ, सेना प्रमुख, नाभी प्रमुख र चिफ अफ एयर स्टाफ सदस्य रहने गर्दछन् । त्यस्तै सेनाका स्ट्राटेजिक प्लान डिभिजनका निर्देशक र पाकिस्तानको…
Read More
बिहीबार राति पाकिस्तानले ३००-४०० ड्रोनबाट आक्रमण गर्‍यो- भारत

बिहीबार राति पाकिस्तानले ३००-४०० ड्रोनबाट आक्रमण गर्‍यो- भारत

काठमाडौँ । भारतले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारे जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले पाकिस्तानले गरेको आक्रमण बारे जानकारी दिदै पाकिस्तान तर्फबाट ३०० देखि ४०० ड्रोन प्रहार गरेको बताएकी छन् । कुरेशीले भनिन्, 'पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो ।' कर्नेल सोफियाले भनिन्, 'लेहदेखि सर क्रिकसम्मका ३६ स्थानमा ३००-४०० ड्रोनहरूले घुसपैठ गर्ने प्रयास गरे । भारतीय सुरक्षा बलले काइनेटिक र गैर-काइनेटिक माध्यम प्रयोग गरेर यी धेरै ड्रोनहरूलाई खसाले । यति ठूलो मात्रामा हवाई घुसपैठको सम्भावित उद्देश्य वायु रक्षा प्रणाली परीक्षण गर्नु र गुप्तचर जानकारी सङ्कलन…
Read More
‘अप्रेशन सिन्दूर’ को नाममा फिल्म बनाउन बलिवुड निर्माताको होडबाजी, दर्जनौं निवेदन दर्ता

‘अप्रेशन सिन्दूर’ को नाममा फिल्म बनाउन बलिवुड निर्माताको होडबाजी, दर्जनौं निवेदन दर्ता

काठमाडौँ । पाकिस्तानसँग युद्ध बलिवुडका लागि सिनेमा बनाउने लोकप्रिय विषय हो । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच अघोषित युद्ध जारी रहेका बेला भारतले पाकिस्तानविरुद्ध गरेको अप्रेशनको नाम 'अप्रेशन सिन्दूर' चर्चामा रहेको छ । भारतीय सेनाले पहलगाममा आफ्ना पति गुमाएका पहिलाहरुलाई समर्पित गर्दै पाकिस्तानविरुद्धको कारवाहीलाई 'अप्रेशन सिन्दूर' नाम दिएको छ । यसैबीच बलिवुडका फिल्म निर्माता र निर्देशकहरुले 'अप्रेशन सिन्दूर' को नामबाट सिनेमा बनाउन होडबाजी चलिरहेको छ । भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म विभिन्न राज्यमा पाँच दर्जन भन्दै 'अप्रेशन सिन्दूर' नामका लागि निवेदन दिएको उल्लेख छ । त्यस्तै 'मिशन पहलगाम' का लागि पनि कैयौं निवेदन परेको मिडिया रिपोर्टमा उल्लेख छ । इन्डियन मोसन…
Read More
रक्षा अपरेशनको प्रत्यक्ष कभरेज नगर्न मिडियालाई भारत सरकारको निर्देशन

रक्षा अपरेशनको प्रत्यक्ष कभरेज नगर्न मिडियालाई भारत सरकारको निर्देशन

काठमाडौँ । भारतीय रक्षा मन्त्रालयले सबै मिडिया, डिजिटल प्लेटफर्म र सबै नागरिकलाई युद्धको अवस्थाको 'रियल टाइम' रिपोर्ट नगर्न निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सबै मिडिया च्यानलहरू, डिजिटल प्लेटफर्महरू र व्यक्तिहरूलाई रक्षा अपरेशनहरू र सुरक्षा बलहरूको आवागमनको प्रत्यक्ष कभरेज वा वास्तविक-समय रिपोर्टिङबाट टाढा रहन सल्लाह दिएको हो । मन्त्रलायले संवेदनशील वा स्रोत-आधारित जानकारीको खुलासाले परिचालन प्रभावकारितालाई खतरामा पार्न सक्ने र जीवनलाई खतरामा पार्न सक्ने भन्दै कारगिलयुद्ध, २६/११ आक्रमण, र कान्दहार अपहरण जस्ता विगतका घटनाहरूले समयपूर्व रिपोर्टिङको जोखिमलाई प्रमाणित गरेको उल्लेख गरेको छ । मन्त्रालयले केबल टेलिभिजन नेटवर्क (संशोधन) नियम, २०२१ को धारा ६(१)(प) अनुसार, आतंकवाद विरोधी…
Read More
भारत-पाकिस्तान तनाव: कस्तो रह्यो जम्मू-कश्मीरमा रातभरको अवस्था ?

भारत-पाकिस्तान तनाव: कस्तो रह्यो जम्मू-कश्मीरमा रातभरको अवस्था ?

काठमाडौँ । भारतीय अधिकारीहरूले पाकिस्तानले जम्मू कश्मीरको उधमपुर, कश्मीरका धेरै क्षेत्रहरू र पञ्जाबको पठानकोटमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्, जसलाई निष्क्रिय पारिएको छ।भारतले लगाएका यी आरोपहरूलाई पाकिस्तानले अस्वीकार गरेको छ । बिहीबार राति अबेर, भारतीय सैन्य प्रवक्ताले एक विज्ञप्तिमा पाकिस्तानले १६ भारतीय रक्षा प्रतिष्ठानहरूमा रकेट र क्षेप्यास्त्रले आक्रमण गरेको दाबी गरे, जसलाई आधुनिक उपकरणको सहयोगमा निष्क्रिय पारिएको थियो ।नियन्त्रण रेखा नजिकै पुंछ क्षेत्रमा गए राति पनि भारी गोलाबारी जारी रह्यो, जसमा एक जनाको मृत्यु भयो र एक महिला घाइते भइन् । स्थानीय पुँछका प्रहरी अधिकारीले बताएअनुसार गोलीबारीमा लोहल बेलाका नागरिक मुहम्मद अब्रारको मृत्यु भएको छ भने बेलियनकी शाहिदा…
Read More