Babai News

अन्तर्राष्ट्रिय

पाकिस्तानमा जारी पिएसएल टी-२० प्रतियोगिता युएईमा सारियो

पाकिस्तानमा जारी पिएसएल टी-२० प्रतियोगिता युएईमा सारियो

काठमाडौँ । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ । भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ । भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पिएसएलका खेलहरु रोकिएको थियो । जारी पिएसएलमा अब लिग चरणका चार खेल र प्लेअफका चार गरि ८ खेल खेल्न बाँकी रहेको छ ।
Read More
पाकिस्तानको ड्रोन आक्रमणलाई प्रभावकारी रूपमा निष्क्रिय गर्यौं- भारतीय सेना

पाकिस्तानको ड्रोन आक्रमणलाई प्रभावकारी रूपमा निष्क्रिय गर्यौं- भारतीय सेना

काठमाडौँ । भारतीय सेनाले गएराती पाकिस्तानले गरेको आक्रमणको जानकारी दिएको छ ।भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय ले गए राति पाकिस्तानी सेनाले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको बताएको छ ।भारतीय सेनाले लेखेको छ- 'पाकिस्तानी सशस्त्र बलले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर धेरै आक्रमणहरू गरेको छ । पाकिस्तानी सेनाले जम्मू कश्मीरको नियन्त्रण रेखामा पनि धेरै पटक युद्धविराम उल्लङ्घन गरेको छ ।'भारतीय सेनाले पाकिस्तानी ड्रोन आक्रमणहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पारिएको र युद्धविराम उल्लंघनको कडा जवाफ दिइएको बताएको छ ।बिहीबार राति करिब ११ बजे जम्मु कश्मिरको उरी सेक्टरमा भारी गोलाबारी भएको थियो र…
Read More
भारतमा सबै प्रकारका पाकिस्तानी कन्टेन्टमा प्रतिबन्ध

भारतमा सबै प्रकारका पाकिस्तानी कन्टेन्टमा प्रतिबन्ध

काठमाडौँ । भारतले सबै ओटीटी प्लेटफर्महरू, मिडिया स्ट्रिमिङ प्लेटफर्महरूलाई पाकिस्तानमा बनेका कुनै पनि सामग्रीलाई तत्काल प्रभावबाट स्ट्रिम गर्न बन्द गर्न निर्देशन दिएको छ । भारतको सूचना तथा प्रसारण मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा बनेका वेब सिरिज, चलचित्र, गीत, पोडकास्ट वा कुनै पनि प्रकारको सामग्री बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयले स्ट्रिमिङ प्लेटफर्महरूलाई सबै प्रकारका पाकिस्तानी कन्टेन्ट बन्द गर्न निर्देशन दिएको छ । भारत र पाकिस्तानबीच जारी तनाव र भारतद्वारा सञ्चालित अपरेशन सिन्दूरको बीचमा भारत सरकारले यो निर्णय गरेको हो ।यस अघि भारतले बिभिन्न पाकिस्तानी सेलिब्रेटीका युट्युबसहित अन्य सामाजिक सञ्जाल एकाउन्ट बन्द गरेको थियो ।
Read More
अमेरिकाद्वारा पाकिस्तानको लाहोरमा रहेका कर्मचारीहरूलाई ‘सुरक्षित स्थानमा’ सर्न निर्देशन

अमेरिकाद्वारा पाकिस्तानको लाहोरमा रहेका कर्मचारीहरूलाई ‘सुरक्षित स्थानमा’ सर्न निर्देशन

काठमाडौँ । अमेरिकाले पाकिस्तानमा रहेका आफ्ना कर्मचारीहरूलाई 'सुरक्षित स्थानमा' सर्न निर्देशन दिएको छ ।पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरुलाई भारतको हवाई आक्रमणलाई ध्यानमा राख्दै कर्मचारीहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएको हो । दुताबासले भनेको छ- 'वाणिज्य दूतावासले पनि प्रारम्भिक रिपोर्टहरू प्राप्त गरेको छ, पाकिस्तानी अधिकारीहरूले लाहोरको मुख्य विमानस्थल नजिकैका क्षेत्रहरू खाली गर्न सक्ने भएकाले यी क्षेत्रहरूमा रहेका अमेरिकी नागरिकहरूले सम्भव भएसम्म त्यहाँबाट अन्य ठाउमा जान सल्लाह दिइन्छ । 'अमेरिकाले सुरक्षित स्थानहरूमा सर्न, अमेरिकी सरकारी सहायतामा निर्भर नभएकाहरू त्यहाँबाट बाहिरिने योजना बनाउन, यात्रा कागजातहरू तयार राख्न र पाकिस्तानी अधिकारीहरूसँग सहकार्य गर्न आग्रह गरेको छ
Read More
पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त पारेको भारतको दाबी

पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त पारेको भारतको दाबी

काठमाडौँ । भारतले बिहीबार बिहान पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त पारेको छ । बुधबार राति अबेर पाकिस्तानी सेनाले १५ वटा भारतीय सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो । यसपछि भारतीय सेनाले यो ठूलो कारबाही गर्दै उचित जवाफ दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।भारतीय रक्षा मन्त्रालयले यस बारेमा जानकारी दिदै भनेको छ- 'मे ७ को राति पाकिस्तानले उत्तरी र पश्चिमी भारतका शहरहरूलाई निशाना बनायो । यसमा अवंतीपोरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालंधर, लुधियाना, आदमपुर, भटिंडा, चंडीगढ़, नल, फलोदी, उत्तरलाई र भुजमा ड्रोन र मिसाइलहरू प्रहार गरिएको थियो ।' रक्षा मन्त्रालयले आज बिहान पाकिस्तानले गरेको आक्रमणपछि, भारतीय सशस्त्र बलले पाकिस्तानका धेरै…
Read More
आइपिएलमा आज पञ्जाव र दिल्ली भिड्दै

आइपिएलमा आज पञ्जाव र दिल्ली भिड्दै

काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ ।आज पञ्जाव किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । पञ्जावको घरेलु मैदान धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ ।प्लेअफको दौडमा रहेका दुवै टिमका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ ।जारी आइपिएलमा पञ्जाव ११ खेलमा १५ अंकसहित तेस्रो स्थानमा रहेको छ र प्लेअफको दाबेदारी पेश गरिरहेको छ । त्यस्तै ११ खेलमा १३ अंक रहेको दिल्ली तुलनात्मक रुपमा अप्ठ्यारो अवस्थामा रहेको छ । दुवै टिमले यो खेल जितेर प्लेअफको यात्रालाई सहज बनाउने उद्धेश्यले मैदानमा उत्रिने छन् । यस सिजनमा दुवैको यो पहिलो खेल हो ।
Read More
कसरी हुन्छ नयाँ पोपको चयन ?

कसरी हुन्छ नयाँ पोपको चयन ?

काठमाडौँ । मे ७, २०२५ मा भ्याटिकनमा सुरु भएको पोप सम्मेलनको पहिलो दिन नयाँ पोप निर्वाचित हुन सकेनन् । पहिलो चरणमा १३३ कार्डिनलहरूले मतदान गरे, तर कुनै पनि उम्मेदवारले आवश्यक दुई तिहाइ बहुमत (८९ मत) प्राप्त गर्न सकेनन्।रोमन क्याथोलिक चर्चको सिस्टिन चैपलको चिम्नीबाट कालो धुवाँ निस्किरहेको थियो, जसले नयाँ पोप अझै छनोट नभएको संकेत गरेको थियो । सम्मेलन अब मे ८, २०२५ मा सरेको छ । आज चार चरणको मतदान हुनेछ, बिहान दुई र दिउँसो दुई । यो प्रक्रिया नयाँ पोप निर्वाचित नभएसम्म जारी रहनेछ ।सिस्टिन चैपलमा औपचारिक जुलुस र प्रत्येक कार्डिनलले गोपनीयताको शपथ ग्रहण गरेपछि, पहिलो चरणको मतदान राति…
Read More
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।एरोट्रान्स कम्पनीको हेलिकप्टर आज बिहान सहस्त्रधारा हेलिप्याडबाट हर्षिलका लागि उडेको बताइएको छ ।हेलिकप्टरमा पाइलट सहित सात जना सवार थिए, जसमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते छन् । विमानमा सवार चार जना मुम्बईका र दुई जना आन्ध्र प्रदेशका रहेको बताइएको छ ।उत्तराखण्डमा हाल चारधाम यात्रा चलिरहेको छ। केदारनाथ, बद्रीनाथ र गंगोत्री-यमुनोत्रीको दर्शन गर्न ठूलो संख्यामा तीर्थयात्रीहरू आइपुगेका छन् । केही मानिसहरू पैदल हिँडेर निस्किएका छन् भने धेरैजसो हेलिकप्टर सेवाबाट पुगिरहेका छन् ।
Read More
पाकिस्तानसँगको तनावले आइपिएललाई असर नगर्ने

पाकिस्तानसँगको तनावले आइपिएललाई असर नगर्ने

काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणपछि जारी इन्डियन प्रिमियर लिग (आईपीएल) प्रभावित नहुने भएको छ ।समाचार एजेन्सी एएनआईले बोर्डलाई उदृत गर्दै जारी आइपिएल यसअघि तोकिएको समयअनुसार नै जारी रहने जनाएको छ ।गत मार्च २२ देखि जारी आइपिएल अब अन्तिम चरणमा प्रवेश गरेको छ । यस सिजनमा ७४ खेल खेलाइनेछ । जसमध्ये मंगलबारसम्म ५६ खेल खेलिएका छन् । अब फाइनलसहित १८ खेल बाँकी छन् । फाइनल खेल मे २५ मा कोलकातामा हुने तालिका छ ।
Read More
टेस्ट क्रिकेटबाट रोहित शर्माको सन्यास घोषणा

टेस्ट क्रिकेटबाट रोहित शर्माको सन्यास घोषणा

काठमाडौँ । भारतीय कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । हाल मुम्बई इण्डियन्सबाट आइपिएल खेलिरहेका रोहितले तुरुन्तैदेखि लागु हुनेगरी टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।भारतले आगामी जुनमा इङल्याण्डमा टेस्ट सिरिज खेल्दैछ । सो सिरिजका लागि टिम छनौटको तयारी भइरहेका बेला रोहितले सन्यासको घोषणा गरेका हुन् । उनले एकदिवसीय क्रिकेट भने खेल्ने बताएका छन् । उनले गत बर्ष टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रियबाट पनि सन्यास लिइसकेका छन् ।सन्यासको घोषणा गर्दै रोहितले भनेका छन्- 'म टेस्ट क्रिकेटबाट सन्यास लिइरहेको छु । मेरो देशको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि पूर्ण सम्मानको कुरा हो । वर्षौंदेखिको सबै माया र समर्थनको लागि…
Read More