Babai News

सूर्य थापाले आन्दोलनरत शिक्षक र प्रहरीलाई संयमित हुन आग्रह

सूर्य थापाले आन्दोलनरत शिक्षक र प्रहरीलाई संयमित हुन आग्रह

सूर्य थापाले आन्दोलनरत शिक्षक र प्रहरीलाई संयमित हुन आग्रह

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले आन्दोलनरत शिक्षक र प्रहरीलाई संयमित हुन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शिक्षा विधेयक संसदको यही अधिवेशनबाट टुंग्याउने गरी काम भइरहेको बताएका हुन् । शिक्षा विधेयकबारे भइरहेको अहिलेसम्मको कामबारे शिक्षामन्त्रीले पनि सदनलाई जानकारी गराउनुपर्ने बताएका छन् । उनले भने, ‘शिक्षा विधेयकबारे उपसमितिमा सबै पक्षको सहमतिमा एकसरो छलफल भइरहेको छ । र, केही विवाद भइरहेको दफाहरूमा काम भइरहेको छ । शिक्षा विधेयक हिजो आन्दोलनको क्रममा सम्झौता गर्ने, आफ्नो कार्यकाल भरी कानमा तेल हालेर सुत्ने, कुनै काम नगर्ने सरकारहरूले अहिले शिक्षा विधेयक लिएर जानुस् भन्ने काम भइरहेको छ ।’ उनले उपसमितिमा भइरहेको…
Read More
हतकडीसहित भागेकी महिला भारतमा पक्राउ, २ प्रहरी निलम्बित

हतकडीसहित भागेकी महिला भारतमा पक्राउ, २ प्रहरी निलम्बित

काठमाडौं । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिला भारतमा पक्राउ परेकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयबाट आइतबार फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले मानव बेचबिखन मुद्दामा पक्राउ परेर म्याद थपका सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी दमाईलाई भारतकाे पलियाबाट पक्राउ गरिएको जानकारी दिए । हतकडीसहित थुनुवा भागेपछि दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।
Read More
अमरेश सिंहको आरोप- ‘गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच छ’

अमरेश सिंहको आरोप- ‘गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच छ’

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले नेपाली काँग्रेसका महामन्त्री गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको दाबी गरेका छन् । केही दिनअघि महामन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको बेडरुमसम्मै बिचौलियाहरूको पहुँच रहेको आरोप लगाएका थिए । प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले महामन्त्री थापाको बेडरुमसम्म सर्वोच्चबाट भ्रष्टाचारी प्रमाणित व्यक्ति पुग्ने गरेको दाबी गरेका छन् । उनले भने, ‘काँग्रेसमा महामन्त्रीले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नुभयो । आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने, सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाइसकेको व्यक्ति उहाँको बेड रुममा छ । कैद र जरिवाना दुवै पाइसकेको उहाँको बेड रुममा छ । अहिलेसम्म काँग्रेसले उसलाई हटाउन सकेको छैन…
Read More
नेपाली राजदूत र भारतीय विदेशमन्त्रीबीच भेट, पहलगाम घटनाप्रति समवेदना र द्विपक्षीय सम्बन्धबारे छलफल।

नेपाली राजदूत र भारतीय विदेशमन्त्रीबीच भेट, पहलगाम घटनाप्रति समवेदना र द्विपक्षीय सम्बन्धबारे छलफल।

बाँके। भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेट गरेका छन्। उक्त भेटमा हालै जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएकोप्रति समवेदना प्रकट गरिएको छ। भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै, “नेपाली राजदूत शर्मासँग भेट भएको बताएका छन् । पहलगाम आक्रमणमा एक नेपाली नागरिकको निधन भएकोप्रति उनले समवेदना व्यक्त गरेका हुन । साथै, उनले भनेका छन् , `हाम्रा द्विपक्षीय सम्बन्धमा भएका पछिल्ला विकासहरूबारे पनि छलफल भयो ।” राजदूत शर्माले पनि आफूले उक्त भेटमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट भारत सरकार र भारतीय जनताप्रति समवेदना प्रकट गरेको…
Read More
`१४ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु ।´ प्रधानमन्त्री ओली

`१४ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु ।´ प्रधानमन्त्री ओली

बाँके। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन दायाँबायाँ नहुने स्पष्ट पारेका छन्। शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले १४ महिनापछि सत्ता कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने ठोकुवा गरेका छन्। उनले भनेका छन् , "अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ।" प्रधानमन्त्री ओलीले सत्ता परिवर्तनको चर्चा चलिरहँदा आफूहरूबीचको समझदारी कायम रहेको संकेत गरे। हालसालै सत्तारूढ गठबन्धनभित्र खटपट भएको चर्चा चलिरहेको छ। शुक्रबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकमा सत्ता गठबन्धनबारे देउवासँग छलफल गर्ने बताएका थिए। यता, थाइल्यान्डबाट फर्किएका सभापति देउवाले पनि गठबन्धनमा केही समस्या देखिएको बताएका छन्। प्रधानमन्त्री…
Read More
प्रधानमन्त्री ओलीले संसदमा गर्ने सम्बोधन स्थगित

प्रधानमन्त्री ओलीले संसदमा गर्ने सम्बोधन स्थगित

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बर्खे अधिवेशनको पहिलो दिन संसदलाई गर्ने सम्वोधन स्थगित भएको छ। प्रधानमन्त्री ओलीले नै आज संसदमा गर्ने सम्वोधन स्थगित गरेका हुन्। अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा बोल्नेछन्। विपक्षी दलका नेता प्रचण्ड र सत्तारुढ दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएकाले ओलीले आज बोल्ने कार्यक्रम रोकिएको बताइएको छ। देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन्। आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो।
Read More
आफ्ना माग पूरा नभए काम बन्द गर्ने कर्मचारीहरूले दिए चेतावनी

आफ्ना माग पूरा नभए काम बन्द गर्ने कर्मचारीहरूले दिए चेतावनी

काठमाडौँ। राजपत्र अनंकित कर्मचारीहरूले आफ्ना माग पूरा नभए काम बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरूले राज्य व्यवस्था तथा सुशासन समितिबाट आफ्ना माग सुनुवाइ नभए सेवा प्रवाह रोक्ने चेतावनी दिएका हुन्। संघीय निजामती सेवा ऐनमा वृत्ति विकास, सेवाको सुरक्षा, पेसागत हित एवम् क्षतिपूर्तिसहितको नागरिक सेवाको व्यवस्था हुनुपर्ने लगायतका विभिन्न माग गर्दै आएका छन् माग पूरा गर्न दबाब दिने कर्मचारीहरूले शुक्रबार राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको आह्वानमा मागपत्र टाँसेर काम गरेका छन् । १८–२० वर्षसम्म बढुवा नहुँदा एउटै पदमा काम गर्नुपर्ने बाध्यता, कमजोर सेवाको सुरक्षा, आन्तरिक प्रतिस्पर्धामा समेत विभेद भएको कर्मचारीको गुनासो छ । पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई…
Read More
तोलामा १ हजारले घट्यो सुनको भाउ

तोलामा १ हजारले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Read More
एमसीसी परियोजना नरोकिने

एमसीसी परियोजना नरोकिने

काठमाडौं । नेपालसहित चार मुलुकमा एमसीसी परियोजना नरोकिने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलोन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज)ले खर्च कटौतीका लागि एमसीसी परियोजना बन्द गरिने भनेर एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो । तर, सम्झौता भएर काम पनि सुरु भइसकेका नेपालसहित  सेनेगल, मङ्गोलिया र आइभरी कोष्टमा परियोजना बन्द नहुने एमसीसीका एक कर्मचारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार जनाएको छ । नेपाल र सेनेगलको प्रसारण लाइन परियोजना, मङ्गोलियाको फोहोर पानी प्रशोधन गर्ने परियोजना र आइभरी कोष्टको विद्यालयसम्बन्धी परियोजनाले निरन्तरता पाउनेछन् । “यो विकासका लागि व्यापार र पूर्वाधारमा केन्द्रित परियोजना हो । यो अमेरिकाको हितमा पनि छ,” ती कर्मचारीले…
Read More
“जातीय पहिचानको कुरा छाडेका छैनौं” : प्रचण्ड

“जातीय पहिचानको कुरा छाडेका छैनौं” : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा नछाडेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित नेवा: राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिनुभयो । उहाँले संघीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गराउनु भयो । ‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो। हामीले जातीय पहिचानको कुरा छाडेका छैनौं । भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ,' अध्यक्ष प्रचण्डले भन्नुभयो । त्यस्तै अध्यक्ष प्रचण्डले वैशाख ६ गते काठमाडौंमा हुने नेवा: मुक्ति मोर्चाको सम्मेलनलाई आन्दोलनको रूपमा अगाडि बढाउने…
Read More