Babai News

श्रमिकको पसिनाले देश अगाडि बढेको छ: प्रधानमन्त्री

श्रमिकको पसिनाले देश अगाडि बढेको छ: प्रधानमन्त्री

श्रमिकको पसिनाले देश अगाडि बढेको छ: प्रधानमन्त्री

बाँके। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण श्रमजीवीमा शुभकामना व्यक्त गरेका छन्। श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्दा व्यङ्ग्य सहनुपरेको चर्चा गर्दै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएको पनि उल्लेख गरेका छन् ओलीले छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन सिर्जना गर्न सफल बन्दै गएको पनि बताएका छन्।
Read More
सरकार र शिक्षकहरुबीच सहमति

सरकार र शिक्षकहरुबीच सहमति

काठमाडौं । सरकार र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ । बुधबार शिक्षा मन्त्रालयमा भएको वार्तापछि सहमति भएको हो। सहमति मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिने बुझिएको छ । वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्मक र सहमति नजिक पुगेको बताएका छन् । मंगलबार राति अबेरसम्म भएको वार्तामा शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो ।
Read More
ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । गर्बुजा नेपाली काँग्रेस म्याग्दीका सभापति समेत हुन् । उनी प्रत्यक्षबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
Read More
भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न : प्रधानमन्त्री

भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै  प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मुर्खहरुको डफ्फाले व्यवस्थाको विरोध गर्ने र जे मा पनि नकारात्मकता देख्ने गरेको उल्लेख गर्दै उहाँले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गर्नुभयो । “रातीमा चारवटा स्याल कराउँदा वनै भन्किए जस्तो हुन्छ । तिनले कराएर केही हुन्न । अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ ।”  
Read More
८.१४ अंकले घट्यो सेयर बजार

८.१४ अंकले घट्यो सेयर बजार

काठमाडौँ । बुधबार सेयर बजार ८.१४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६२३ अंकमा झरेको छ । दिनभर कारोबारका क्रममा आजको अधिकतम अंक २६४२ रह्यो । बजारको परिसूचक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३७ करोडको भयो । १०७ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने एउटाको स्थिर रहेको छ। अधिकांश सेक्टरका सूचक घटेका छन् ।
Read More
रेशम चौधरी रिहा

रेशम चौधरी रिहा

फाइल तस्वीर काठमाण्डाै : आज दिउँसो प्रज्ञा प्रतिष्ठान भवनमा जनमत पार्टीसँगको एकीकरण घोषणाको तयारी भइरहँदा पक्राउ पर्नुभएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेमश चौधरी रिहा हुनुभएको छ । प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्‍याइएका उनलाई  बुवा लालवीर र पत्नी रञ्जिताको जिम्मामा भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो । सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो ।  
Read More
प्रहरीलाई पत्र लेख्ने सर्वोच्चका अधिकृत पक्राउ

प्रहरीलाई पत्र लेख्ने सर्वोच्चका अधिकृत पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतबाट जारी भएको  पत्र प्रकरणमा नयाँ मोड आएको छ। उक्त पत्र जारी गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई सर्वोच्च अदालतको सुरक्षा इकाइले पक्राउ गरेको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ। यसअघि उक्त पत्र कसरी लेखियो भनेर सर्वोच्च प्रशासनले छानबिन गरेको थियो। उक्त पत्रचार विष्टले आफूखुसी लेखेको भेटिएपछि विष्टलाई पक्राउ गर्न सर्वोच्च प्रशासनले निर्देशन दिएको थियो। सर्वोच्च अदालतले उक्त पत्र सच्याएर प्रहरीलाई पठाउँदै छ। यसबारे आधिकारिक विज्ञप्ति केहीबेरमा जारी गरिने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए।  
Read More
नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने

नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् । वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो । एकता घोषणासभाकै दिन पार्टीका संरक्षक रेशमलाल चौधरीलाई गिरफ्तार गरेपछि नाउपा सरकारसँग रूष्ट बनेको हो । यता, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी छिट्टै छुट्ने बताएकी छिन् ।
Read More
चौधरी पक्राउ परेपछि स्थगित भयो जनमत : नाउपा एकता

चौधरी पक्राउ परेपछि स्थगित भयो जनमत : नाउपा एकता

काठमाडौँ :जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित भएको छ। नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि प्रज्ञाप्रतिष्ठानमा आयोजना भएको एकता कार्यक्रम स्थगित भएको जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले जनाएको छ। ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ। नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आजका लागि तय भएको एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।  
Read More
कोलकाताको बुर्रा बजार क्षेत्रमा एक होटलमा आगलागी : १४ जनाको ज्यान गयो

कोलकाताको बुर्रा बजार क्षेत्रमा एक होटलमा आगलागी : १४ जनाको ज्यान गयो

भारतकाे कोलकाताको सबैभन्दा व्यस्त बुर्रा बजार क्षेत्रमा रहेको एक होटलमा आगलागी हुँदा १४ जनाको ज्यान गएको छ । आगलागी भएको होटलको चौथो तलाबाट हाम फाल्ने क्रममा दुई जना घाइते भएका स्थानीय सुरक्षा निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएराति भएको आगलागीमा फसेका केहीको उद्धार गरिएको छ । विद्युत् शर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । तर विस्तृत अनुसन्धान गर्न विशेष टोली गठन गरिएको छ ।
Read More