Babai News

`रगतको होइन, जनताको मनको शासन हुनुपर्छ।´ माधवकुमार

`रगतको होइन, जनताको मनको शासन हुनुपर्छ।´ माधवकुमार

`रगतको होइन, जनताको मनको शासन हुनुपर्छ।´ माधवकुमार

विराटनगर। नेकपा एकीकृत समाजवादीका अध्यक्ष र पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जनआन्दोलनलाई यथार्थको दृषटिकोनबाट मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको छ। उहाँले कुनै पनि व्यक्तिले मान्छे जम्मा पारेर आन्दोलन गर्नुलाई लोकप्रियता मान्न नसकिने धारणा राख्नुभयो। विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै माधव नेपालले भने, “जो सुकैले पनि जनतालाई भेला पार्न सक्छ, तर यसको वास्तविक मूल्याङ्कन गर्दा मुद्धाहरू समसामयिक छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण छ। त्यस्तै, अहिलेको समयका आवश्यकतासँग ती मुद्धाहरू मेल खान्छन् कि खाँदैनन् भन्ने कुरा पनि विचार गर्नुपर्छ।” पूर्व प्रधानमन्त्री नेपालले राजतन्त्रको पुनर्स्थापनाको सम्भावना पनि नकार्नुभयो। उहाँका अनुसार, नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन। “राजतन्त्रको पुनःस्थापना असम्भव छ, र यसको आवश्यकता पनि छैन,”…
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा

काठमाडौं: मंगलबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) दैनिक १८ घण्टा सञ्चालन हुने भएकाे छ । कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि हिजोसम्म दैनिक १४ घण्टा मात्रै रहेको थियो । आजदेखि सञ्चालन अवधि बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले नयाँ फ्लाइट सेड्युलसमेत निर्धारण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्यांगर एप्रोन’लगायत विस्तारको काम गरिरहेको हो। यी काम पूरा गर्न करिब १५ अर्ब रूपैयाँ खर्च हुने आयोजनाले जनाएको छ।
Read More
सांसद दीपक बोहराको निधन

सांसद दीपक बोहराको निधन

काठमाडौं : संविधानसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएको छ । पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा ओम अस्पतालमा मङ्गलबार बिहान निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनको शवलाई भैरहवा लैजाने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ।बोहरा रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए ।
Read More
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन्। औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन ओली आज मंगलबार बैंककतर्फ प्रस्थान गरेका हुन्। उनको बिदाइका लागि पत्नी राधिका शाक्यसहित सुरक्षाकर्मीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली थाइ एयरलाइन्समार्फत् बैंकक प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ओली थाइल्याण्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल लगायत २१…
Read More
इदको अवसरमा यूएईले दियो एक सय ६६ नेपालीलाई आममाफी

इदको अवसरमा यूएईले दियो एक सय ६६ नेपालीलाई आममाफी

काठमाडौं : यूएईले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका एकसय ६६ जना नेपालीलाई आममाफी दिएको छ । इदको अवसरमा यूएईले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरूलाई आममाफी दिएको नेपाल सरकार परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘रमजानको पवित्र महिना र इदको अवसरमा १६६ नेपाली कैदीहरूलाई उदारतापूर्वक आममाफी प्रदान गरेकोमा संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार प्रकट गर्दछ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
Read More
इद उल फित्रको अवसरमा सोमबार सार्वजनिक बिदा।

इद उल फित्रको अवसरमा सोमबार सार्वजनिक बिदा।

काठमाडौँ। इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्रको अवसर सोमबार गृह मन्त्रालयले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसबारेमा गृह मन्त्रालयले एक सूचना जारी गर्दै ईस्लाम धर्मावलम्बीलाई शुभकामना दिँदै सार्वजनिक विदा दिएको जानकारी गराएको छ। गृह मन्त्रालयको अनुसार, इद उल फित्रका दिन सार्वजनिक बिदा दिइने भएको छ, जसको उद्देश्य पर्वको महत्त्व र धार्मिक उत्सवमा सहभागिता सुनिश्चित गर्नु हो। सरकारको निर्णय अनुसार, उक्त दिनका लागि सार्वजनिक र निजी कार्यालयहरू बन्द रहनेछन्। धर्म, संस्कृति र समाजका विविध आयामलाई सम्मान गर्दै सरकारले यस निर्णयलाई स्वागत गर्दै इदको पावन अवसरमा समृद्धि र शान्तिको कामना पनि गरेको छ। सार्वजनिक बिदाको अवसरमा इस्लाम धर्मावलम्बीहरूले इदको…
Read More
बायर्न म्युनिख सेन्ट पाउलीविरुद्ध ३-२ को जितसँगै शीर्ष स्थानमा

बायर्न म्युनिख सेन्ट पाउलीविरुद्ध ३-२ को जितसँगै शीर्ष स्थानमा

बाँके। जर्मन बुन्डेसलिगाको शीर्ष स्थानको बायर्न म्युनिखले सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्दै ६ अंकको अग्रता बनाएको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा लिरोय सानेले २ गोल गरे भने ह्यारी केनले १ गोल गरेका थिए। सेन्ट पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे। बायर्नले १७ औं मिनेटमा ह्यारी केनको गोलबाट अग्रता लिएको थियो, जसको साथ उनको बुन्डेसलिगामा यो २२ औं गोल थियो। तर, २७ औं मिनेटमा सेन्ट पाउलीका इलियास सादले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। २८ औं मिनेटको द्रुत जोशका साथ, बायर्नले ५३ औं मिनेटमा लिरोय सानेको गोलबाट पुनः अग्रता पायो। त्यसपछि, ७१…
Read More
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद।

उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद।

उदयपुर। उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर ६ स्थित मूर्ति खोला किनारमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले ८ सय ९१ किलो ४ सय २३ ग्राम गाँजा विशेष सूचनाको आधारमा फेला पारेको हो। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार, जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोकशीलाबाट खटिएको टोलीले ३९ वटा बोरामा गाँजा लुकाइ राखिएको अवस्थामा बरामद गरेको हो। प्रहरीले अहिले उक्त गाँजालाई रामपुर ठोकशीलाको इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनामा गाँजा कसले लुकाएर राखेको हो भन्ने कुरा यकिन हुन सकेको छैन। प्रहरीले ओसारपसारमा संलग्नलाई पक्राउ गर्न खोजतलास जारी…
Read More
बालेनले पूर्वराजालाई हुलाकबाट पठाए जरिवाना पत्र ।

बालेनले पूर्वराजालाई हुलाकबाट पठाए जरिवाना पत्र ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पूर्व राजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवानाको पत्र पठाएका छन्। आइतबार बिहान जब काठमाडौँ महानगरको प्रहरी टोली पत्र लिएर निर्मल निवास पुगेको थियो। पुर्वराजा ज्ञानेन्द्र शाहको निवासबाट प्रहरीले पत्र बुझ्न अस्वीकार गरेपछि मेयर बालेनले उक्त पत्र हुलाकमार्फत पठाएको काठमाडौ महानगर पालिका सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेले जानकारी गराएका छन् । काफ्लेले भने, "निर्मल निवासले पत्र बुझ्न अस्वीकार गरेपछि केही समय अघि हुलाकमार्फत जरिवानाको पत्र पठाइएको छ।" शुक्रबार राजावादी प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा फोहर, तोडफोड र आगजनी गरेपछि काठमाडौँ महानगरपालिकाले पूर्व राजा शाहलाई आठ बुँदामा विभाजित गरी लिखित रूपमा  ७ लाख ९३ हजार रुपैयाँ जरिवाना पत्रमा तोकिएको…
Read More
राजावादी आन्दोलनको नेतृत्व अब जगमान गुरुङले सम्हाल्ने।

राजावादी आन्दोलनको नेतृत्व अब जगमान गुरुङले सम्हाल्ने।

काठमाडौ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङलाई अब राजावादी आन्दोलनको नेतृत्व दिने निर्णय गरिएको छ। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफ्नो अनुपस्थितिमा गुरुङले आन्दोलनको जिम्मेवारी सम्हाल्ने जानकारी दिएका छन्। उनले भने, "सरकारले मलाई नजरबन्दमा राखेको कारण मेरो अनुपस्थितिमा यो आन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नेछन्।" उनले आन्दोलनलाई निरन्तरता दिन सबै दल र संघसंस्थासँग सहयोगको अपिल पनि गरे। व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा, चैत ४ गते राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो, जसको नेतृत्व सुवेदीले गरेका थिए। साथै, प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डरको रूपमा नियुक्त गरिएको थियो।
Read More