नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा पर्ने नवलपरासी पूर्वको दुम्कीबासमा बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ। आज बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। कार्यालयका सूचना अधिकारी अनुसार विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन्। यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ। अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताए। रासस
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा शाह बिहीबार राति मृत फेला परेकी छन् । वीरगन्ज निवासी शाहको शव कलेजकै होस्टेल कोठामा झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ । प्रिसा शाह अर्को एक जना नेपाली छात्रासँग होस्टेलमा बस्दै आएकी थिइन् । शव फेला परेपछि कलेज प्रशासन, स्थानीय प्रहरी र नेपाली दूतावासका प्रतिनिधिहरू घटनास्थलमा पुगेका छन् । भुवनेश्वर प्रहरीले शव परीक्षण (पोस्टमार्टम) शाहको परिवार नआएसम्म नगर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिँदै तत्काल कूटनीतिक पहल थालेको जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत सरकार, ओडिसा राज्य सरकार तथा…
काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने गरेको आरोप लगाएका छन्। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै ओलीले कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरेर पद हत्याएर मनपरी गरिरहेको दाबी गरेका हुन्। उनले भने, ‘नेपालमा शासन सत्ता हातमा हुनेहरूमा संविधानको समाजवाद उन्मुख प्रणाली र श्रमको उचित सम्मान गर्ने सद्बुद्धि आओस्। कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने एवं कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरी सत्ता र पद हत्याई मनपरी गर्ने कुकृत्यको अन्त्य होस्।’
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । बुधवार रातिदेखि फेसबुकमा भाइरल भइरहेको सो भिडियोमा नेतृ यादवले नाचिरहेको क्रममा पेस्तोल पड्काएको देखिन्छ । उक्त भिडियो कहाँ कहिले खिचिएको हो भन्ने स्पष्ट भने भइसकेको छैन । प्रहरीले यसबारे अनुसन्धान अघि बढाइएको जनाएकाे छ । सप्तरीको बोदे बरसाईन नगरपालिका–५ की यादव जसपा नेपालका उपाध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्यकी मृगेन्द्र सिंह यादवकी छोरी हुन् । डा. यादव जसपा नेपालकी केन्द्रीय सदस्य हुन् ।
एजेन्सी : अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा जोर्डी अल्बाले खेलको सुरुवाती समयमा गोल गर्दै खेलमा इन्टर मायमीलाई फर्काएका थिए । तर मिडफिल्डर सबास्टियन बेर्हाल्टरले उत्कृष्ट प्रदर्शन गर्दै १ गोल र २ असिस्ट दिएपछि भान्कुभर जित दर्ता गर्न सफल रह्यो ।
बाँके। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण श्रमजीवीमा शुभकामना व्यक्त गरेका छन्। श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्दा व्यङ्ग्य सहनुपरेको चर्चा गर्दै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएको पनि उल्लेख गरेका छन् ओलीले छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन सिर्जना गर्न सफल बन्दै गएको पनि बताएका छन्।
काठमाडौं । सरकार र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ । बुधबार शिक्षा मन्त्रालयमा भएको वार्तापछि सहमति भएको हो। सहमति मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिने बुझिएको छ । वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्मक र सहमति नजिक पुगेको बताएका छन् । मंगलबार राति अबेरसम्म भएको वार्तामा शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । गर्बुजा नेपाली काँग्रेस म्याग्दीका सभापति समेत हुन् । उनी प्रत्यक्षबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।