बैतडी । बैतडीमा शुक्रवार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। देहिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नं को बोलेरो जीप दशरथचन्द नगरपालिका वडा नम्बर ११ को नानीगाडमा दुर्घटनामा परेको हो। दुर्घटनामा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। चन्चलेको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो। यस्तै, पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेस कोली र दशरथचन्द नगरपालिका वडा नम्बर १० कि ३० वर्षीया कविता परियार घाइते भएका छन्। सबै घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जीप चालकसहित चार…
बाँके। साउदी प्रो लिगमा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गर्दै अल नासर क्लबलाई महत्वपूर्ण जित दिलाए। शुक्रवार किंगडम एरिनामा भएको खेलमा नासरले अंक तालिकाको दोस्रो स्थानमा रहेको अल हिलाललाई ३-१ ले हरायो। नासरको लागि अर्को गोल अलि अल हसनले गरे भने हिलालका लागि अली अल बुलाहीले एक गोल फर्काए। खेलको पहिलो हाफको इन्ज्युरी समयमा हसनले नासरको अग्रता दिलाए। दोस्रो हाफमा, ४७औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै नासरको अग्रता दोब्बर बनाए। ६२औं मिनेटमा बुलाहीले हिलालका लागि गोल गर्दै खेललाई २-१ बनाएका थिए। अन्ततः ८८औं मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै नासरको जित पक्का गरे। अब नासर २६ खेलबाट ५४ अंकका…
बाँके। राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिने निर्णय गरेको छ। केन्द्रीय सचिवालयको बैठकले यो निर्णय गरेको हो। उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेपछि सो पार्टीको सचिवालय बैठक बसेको थियो। बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ। यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउने निर्देशन पनि बैठकले दिएको छ।
बाँके। हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहिरहनेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।
बाँके। लखनउ सुपर जायन्ट्सले आजको इण्डियन प्रिमियर लिग (आइपिएल) खेलमा मुम्बई इण्डियन्सलाई १२ रनले पराजित गर्दै मुम्बईविरुद्धको आफ्नो अपराजित यात्रा कायम राखेको छ। २ सय ४ रनको चुनौती पछ्याएको मुम्बई इण्डियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन मात्र बनायो। मुम्बईका सूर्यकुमार यादवले ४३ बलमा ९ चौका र १ छक्काको मद्दतले ६७ रन बनाएका थिए। मुम्बई १७ रनमै २ विकेट गुमाएर दबाबमा परेको थियो, तर सूर्य र नमन धिरको ६९ रनको साझेदारीले टीमलाई संघर्षको अवस्था बाट बाहिर ल्यायो। धिरले २४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए। सूर्य र तिलक बर्मा बीचको ६६ रनको…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो । आदेश प्राप्त भएलगत्तै प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग फलदायी भेटघाट भएको बताएका छन् । थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भएको भेटपछि मोदीले यस्तो प्रतिक्रिया दिएका हुन् । छैटौँ बिम्स्टेक शिखर सम्मेलनका क्रममा बैंकक पुगेका प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्तासँगै दुई मुलुकका संस्थापनबीचको सम्बन्धमा सुधारको संकेत देखिएको हो। मोदीले भने, बैङ्ककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटघाट भयो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिन्छ । हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरूमा छलफल गर्यौं, विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा । बिमस्टेक सम्मेलनले विपद् व्यवस्थापन र समुद्री यातायातजस्ता क्षेत्रमा सकारात्मक नतिजा ल्याएको उल्लेख…
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत तुलसीपुरका न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । उच्च अदालतले यसै प्रकरणका अर्का अभियुक्त पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ। त्यसविरुद्ध परेका निवेदनमा बिहीबार नै सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि शुक्रबारलाई हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार साँझ अदालतले रवि र छवि दुवै जनालाई थुनामा पठाउने आदेश गरेको हो। यसअघि रूपन्देही जिल्ला अदालतले गत माघ १३ गते न्यायाधीश प्रह्लादकुमार योगीको इजलासबाट रविलाई एक करोड धरौटीमा रिहा गर्ने…
पाँचथर। पाँचथर जिल्ला प्रहरी कार्यालयले दुई छुट्टाछुट्टै घटनामा वनमा आगलागी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पहिलो घटनामा, गत चैत्र १६ गते फिदिम नगरपालिका वडा नम्बर ४ स्थित सिंहदेवी सामुदायिक वनमा आगलागी भएको थियो। यस घटनामा संलग्न भएको आरोपमा गणेश तामाङकी श्रीमती सुकमया तामाङलाई पक्राउ गरिएको हो। उनले बारीमा झिक्रा डढाउँदा आगो फैलिएको प्रहरीको भनाइ छ। त्यसैगरी, चैत्र १९ गते फिदिम नगरपालिका वडा नम्बर १० स्थित खमलटार मावि नजिकको जङ्गलमा भएको आगलागीमा संलग्न भएको आरोपमा दिलु खजुम र सजिता खजुमलाई पक्राउ गरिएको छ। उनीहरूले पनि बारीमा झारपात डढाउँदा आगो वनमा फैलिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दुवै घटनामा…