सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट केही बढाउने लक्ष्यसहित बजेट निर्माणमा जुटेको छ । सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बजेटसंग सम्बन्धित निकाय, मन्त्रालयका सचिव र कर्मचारीहरुसंग छलफल अघि बढाएको छ । बजेटको तयारीका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले ३१ अर्ब ५९ करोडको अनुमानित सिलिङ मन्त्रालयहरूमा पठाइसकेको बताए । हरेक मन्त्रालयलाई चालु आर्थिक वर्षको बजेटभन्दा शून्य दशमलव ५ देखि ३ प्रतिशतसम्म बढाएर सिलिङ वितरण गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ ।यस पटक कर्णाली प्रदेश सरकारले संघीय सरकारबाट राजश्व बाँडफाड र वित्तीय समानीकरणतर्फको अनुदान बढेपछि सरकारकाले…
काठमाडौँ । भारतीय सेनाले गएराती पाकिस्तानले गरेको आक्रमणको जानकारी दिएको छ ।भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय ले गए राति पाकिस्तानी सेनाले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको बताएको छ ।भारतीय सेनाले लेखेको छ- 'पाकिस्तानी सशस्त्र बलले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर धेरै आक्रमणहरू गरेको छ । पाकिस्तानी सेनाले जम्मू कश्मीरको नियन्त्रण रेखामा पनि धेरै पटक युद्धविराम उल्लङ्घन गरेको छ ।'भारतीय सेनाले पाकिस्तानी ड्रोन आक्रमणहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पारिएको र युद्धविराम उल्लंघनको कडा जवाफ दिइएको बताएको छ ।बिहीबार राति करिब ११ बजे जम्मु कश्मिरको उरी सेक्टरमा भारी गोलाबारी भएको थियो र…
राशिफल आजको राशिफल बि.सं २०८२ वैशाख २६ गते शुक्रबार ई.सं २०२५ मे ९ नेपाल सम्बत ११४५ बछलाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल द्वादशी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, वज्र योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर २१ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर १८…
काठमाडौँ । कार दुर्घटनामा इन्डियन आइडल सिजन १२ का बिजेता गायक पवनदीप राजनको स्वास्थ्यमा सुधार भएको छ । उनका साथीले सामाजिक सञ्जालमा स्वास्थ्य अपडेट दिदै पवनदीप हाल आइसीयुबाट बाहिर आएको जानकारी दिएका हुन् ।मे ५ मा भएको कार दुर्घटनामा पवनदीपलाई धेरै गम्भीर चोटपटक लागेको र हात र खुट्टा भाँचिएको थियो । जसमध्ये केही फ्र्याक्चरको शल्यक्रिया गरिएको छ, जबकि बाँकी चोटपटकको उपचार आगामी केही दिनमा गरिने उल्लेख बताइएको थियो । रिपोर्टका अनुसार पवनदीप चढेको कार चम्पावतबाट दिल्ली आउँदैगर्दा उत्तरप्रदेशको अमरोहामा दुर्घटनामा परेको हो । राजमार्गमा रोकिएको क्यान्टरमा पछाडिबाट कार ठोक्किएको प्रहरीले बताएको रिपोर्टमा उल्लेख छ ।अहिले उनको नोयडास्थित फोर्टिस अस्पतालमा उपचार…
काठमाडौँ । प्रहरीले गत चैत्र १५ गते तीनकुनेमा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षक माथि आक्रमण र दुर्व्यवहार गर्ने तथा सरकारी गाडी तोडफोड, आजगनी गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गुल्मी, रुरुक्षेत्र गाउँपालिका ६ घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका १० मनमैजु बस्ने ३९ बर्षिय मन बहादुर कालामगर रहेका छन् । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ।का शीर्ष नेता तथा नेपाल–भारत प्रवुद्ध समूहका भारततर्फका तत्कालिन संयोजक भगतसिंह कोश्यारीले भेटवार्ता गरेका छन् ।नेपाल भ्रमणमा आएका कोश्यारीले आजदेखि उच्चस्तरीय राजनीतिक भेटवार्ता थालेका हुन् । उनी धार्मिक कार्यक्रमको लागि काठमाडौं आएको बताईएको छ ।नेपाल मामिलाका जानकार मानिने कोश्यारीले नेपाल बसाईको क्रममा केही उच्चस्तरको राजनीतिक भेटवार्तासमेत गर्ने बताइएको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता भएको हो ।भेटवार्तामा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल पनि उपस्थित थिए ।
पोखरा । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा हावाहुरीका कारण स्टयाण्डिङ्ग डबल प्याडल बोट पल्टिदा तालमा फसेका ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार गरेको छ ।बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण बोट तालको बिच भागमा पल्टिदा भारत घर बताउने २५ वर्षिय सोनु बर्मा, २२ वर्षिया नेहा शेखावत, २१ वर्षिय अरुण चौधरी, २४ वर्षिय पुनम चौधरी, २५ वर्षिय प्रविण दिक्षित, २४ वर्षिय श्याम प्रजापति र पोखराको गुरुङ्ग गाउँ बस्ने नेन्दबहादुर गुरुङ्ग फेवातालमा फसेका थिए ।सो लगत्तै उनीहरुको उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोरसहितको सुरक्षा फौज खटिएको हो ।…
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त ल्याब एकाइ स्थापना गरिएको छ । ल्याबको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरेको भन्दै प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । यस प्रयोगशालालाई पूर्ण क्षमताको केन्द्रीय प्रयोगशालाका रुपमा विकास गर्नु आवश्यक छ, उनले भने, यसमा हाम्रो सहयोगी भूमिका रहनेछ ।मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सहयोगी दाताहरुलाई प्रयोगशाला व्यवस्थित बनाउनका लागि सहकार्यका लागि समेत आग्रह गरे ।मन्त्री पौडेलले नेपालमा परीक्षण सम्भव नभएका क्यान्सरका जटिल परीक्षणका लागि प्रयोगशालामा गर्ने व्यवस्था मिलाएका…